12
Jan
काठमाडौँ पौष २७ । अखिल नेपाल प्रगतिशील लेखक सङ्घले नियमित रूपमा सञ्चालन गर्दै आएको साहित्यिक पदयात्राको चौथो भाग, पौष २७ गते सम्पन्न भएको छ । नुवाकोटको ककनी देखि गुर्जेभन्ज्याङ्सम्म चलेको पदयात्रामा विभिन्न साहित्यकार,लेखक, कवि, गीतकारहरूको सहभागिता रहेको थियो । नयाँ र पुराना पुस्ताका सृष्टाहरुको कलामा निखरता तथा प्रस्फुटित गर्ने त्यसका साथै साहित्यिक गतिविधिमा प्रोत्साहित गर्ने उद्देश्यका साथ सञ्चालित पदयात्रामा आठ वर्षीय सान्वी तथा सुहेम , १२ वर्षीय सङ्घर्षको समेत सहभागिता रहेको थियो । पदयात्राको अवधिमा भीष्म जोशी, ऋतु के.सी., समष्टि बुढा, ध्रुव बस्याल, सान्वी जोशी, मालता बेल्बासेले कविता, हेमराज आश्रम, समीर सिंह, कविता चौधरी, नेत्र राना, साहिल थापा, पूजा बेल्बासे, मदन…