
24
Jan
* विजय मल्ल कहिले नबजेको मास्कोको विराट् घण्टा एक दिन तुफानी रातमा बज्छ । सुन ए दुनियाँवासी ! कहिल्यै नगर्जने मास्कोको विशाल तोप तिम्रो घोर निद्रामा गर्जन्छ । धरती काम्छ, चट्टानहरू फुट्छन् हिउँका आँधी मच्चिन्छन् विशाल गगनभेदी महलहरू चुरचुर भई धरतीमा गाँजिन्छन् । पर्ख, यो पत्थरमा पाइला नहाल । यस पत्थर–पत्थरमा आत्मा छन् । यहाँ नचिच्याऊ, यहाँ पाइला पाइलामा इतिहास छन् । यो १९०५ सन्को चट्टानको ढिक्का हो, यो उफ्रन्छ, यो दगुर्छ, यो हिँड्छ । नपत्याए सुन, यो जीवनको गाथा गाउँछ । ऊ, को आयो हेर, नेभा नदीको तीरबाट लाख लाख मानिसको जुलुस लिएर । यो विशाल काया को उठ्यो…