16
Dec
मुकेश कुमार यादव /सिराहा, ३० मङ्सिर घटना : एक सिराहा नगरपालिका १५ का ४० वर्षीय देवेन्द्र यादवको कुटपिटबाट उनकी श्रीमती ३० वर्षीय संजिता कुमारी यादवको मृत्यु भयो। सामान्य घरायसी विवादमा समेत पटक–पटक कुटपिट खेप्दै आएकी थिइन्। यस पटक भने अति नै भयो। गत मङ्सिर ७ गते संजितामाथि देवेन्द्रले लात, मुक्का, इँटा, भाटा जे पायो त्यही लगातार प्रहार गरिरहे, जबसम्म सजिताको ढुकढुकी बन्द भएन। त्यस दिनको पिटाइले उनको प्राण पखेरु उड्यो। प्राण त्याग्नु अघि उनी रोइन, कराइन् , चिच्याइन्। ज्यान बचाउन उनी हार गुहार माग्दै थिइन्। तर पति नै व्याधा भएर उत्रेपछि उनको केही लागेन। सास्तीबाट छुटकारा दिलाउने त परै जाओस् कठै…