12
Dec
काठमाडौँ, २६ मङ्सिर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य ननसिंह महरले महासमिति बैठक (नीति महाधिवेशन) अघि जनताको मत सर्वेक्षण गर्ने भएका छन्। जनभावना अनुसार पार्टीलाई अगाडि बढाउनु पर्ने धारणा राख्दै आएका महरले आफूले नीति महाधिवेशनमा पनि जनताकै भावनालाई जोडदारका साथ उठाउने बताए। उनले नीति महाधिवेशनमा कुन-कुन विषय उठाउनु पर्ला भनेर प्रविधिको प्रयोग (गुगल फर्म)का माध्यमबाट पार्टीका क्रियाशील सदस्य, शुभेच्छुक र जनतासँग आगामी नीति कस्तो बनाउने भन्ने बारेमा सुझाव माग गरेका हुन्। नेता महरले ८ लाख ६६ हजार क्रियाशील सदस्य, शुभेच्छुकलगायत आमजनतासँग समेत,आगामी नीति कस्तो बनाउने भन्ने बारेमा सुझाव लिन आफूले गुगल फर्मको व्यवस्था गरेको बताए। ‘राजनीतिक दल कस्तो हुनुपर्छ भन्ने आम चासो हुन्छ। हामीले…