Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
अन्तर्राष्ट्रिय Archives - Page 3 of 35 - Gyaan Ghar Skip to main content

Gyaan Ghar

Advertisement

अन्तर्राष्ट्रिय

इजरायलले गर्‍यो हमासले अपहरण गरेका ३३ बन्धकहरूको सूची, विपिन जोशी परेनन्

इजरायलले गर्‍यो हमासले अपहरण गरेका ३३ बन्धकहरूको सूची, विपिन जोशी परेनन्

काठमाडौँ (एजेन्सी) - इजरायल सरकारले हमास विद्रोहीद्वारा अपहरण गरिएका ३३ बन्धकहरूको नाम सार्वजनिक गरेको छ। युद्ध विराम सम्झौताको पहिलो चरणमा इजरायलले ती बन्धकहरूलाई मुक्त गर्ने तयारी गरेको एजेन्सीले जनाएका छन्। यो सूचीमा समावेश बन्धकमध्ये सबैभन्दा कान्छा र पाका व्यक्ति छन्, जसलाई अक्टोबर ७ २०२३ मा अपहरण गरिएको थियो। प्रकाशित सूचीअनुसार नौ महिनाको उमेरमा अपहरण गरिएका कफिर बिबास छन्। त्यस्तै, ८६ वर्षका श्लोमो मान्जुर अपहरण गरिएका सबैभन्दा वृद्ध व्यक्ति छन्। उनीहरू पहिलो चरणमा रिहा हुने बन्धकहरूमा सूचीमा रहेको एजेन्सीहरूले दाबी गरेका छन्। इजरायलले हालसालै युद्ध विरामको घोषणा गरेको थियो। युद्ध विरामको घोषणा कार्यान्वयन आइतबारबाट हुने जनाइएको थियो। हमासद्वारा अपहरित बन्दीहरूको सूची सार्वजनिक हुँदा नेपाली युवा…
Read More
भारतीय योग गुरु रामदेव र आचार्य बालकृष्णविरुद्ध पक्राउ पुर्जी

भारतीय योग गुरु रामदेव र आचार्य बालकृष्णविरुद्ध पक्राउ पुर्जी

काठमाडौँ – भारतीय योग गुरु तथा पतञ्जलि योग पीठका संस्थापक रामदेव र आचार्य बालकृष्णविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। केरला औषधी नियन्त्रण विभागले रामदेव र आचार्य बालकृष्णविरुद्ध औषधी ऐन आकर्षित गर्दै पक्राउ पुर्जी जारी गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। केरला औषधी नियन्त्रण विभागले दायर गरेको यो मुद्दामा औषधी र जादुमय उपचार (आपत्तिजनक विज्ञापन) ऐन, १९५४ उल्लङ्घन गरेको आरोप लगाइएको छ। यो ऐनले औषधीको चमत्कारिक लाभ वा उपचारसम्बन्धी भ्रामक दाबी प्रतिबन्ध आकर्षित गर्छ। अदालतले बाबा रामदेवलाई पेशीको लागि बोलाए पनि उपस्थित नभएका कारण पक्राउ पुर्जी जारी गरेको हो। अदालतले यस्तो उल्लङ्घनलाई गम्भीर रूपमा लिएको देखिन्छ। विशेष गरी सार्वजनिक स्वास्थ्यसँग सम्बन्धित ठुला संस्थाहरूका…
Read More
वातावरणवादी चिन्तित हुने अमेरिकाले डढेलोमा फालिरा’छ ‘गुलाबी रङ्ग’

वातावरणवादी चिन्तित हुने अमेरिकाले डढेलोमा फालिरा’छ ‘गुलाबी रङ्ग’

काठमाडौँ, १ माघ । पछिल्लो एक सातादेखि अमेरिकाको क्यालिफोर्निया राज्यको जङ्गलमा लागेको डढेलोले ठुलो क्षति पुर्‍याएको छ ।   यो आगलागीले धेरै बस्तीमा समेत क्षति पुर्‍याएको छ भने अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या २४ पुगेको छ । हालसम्म ११.६० लाख करोड डलर देखि १३ लाख करोड डलर रुपैयाँ आर्थिक क्षति हुने अनुमान गरिएको छ।   आगलागी नियन्त्रणका लागि राहत र उद्धार टोली चौबीसै घण्टा खटिरहेका छन् । फायर इन्जिन, ग्राउन्ड टोली र आकाशमा उडिरहेका हेलिकप्टरबाट आगो नियन्त्रणका लागि हर सम्भव प्रयास भइरहेको छ । यी प्रयासहरूमध्ये, हेलिकप्टरबाट खसेको गुलाबी रङ्गको पदार्थले सबैभन्दा बढी ध्यान आकर्षित गरिरहेको छ ।   आउनुहोस् जानौँ…
Read More
 सिरियाका पूर्व राष्ट्रपतिलाई विष हालेर मार्ने प्रयास !

 सिरियाका पूर्व राष्ट्रपतिलाई विष हालेर मार्ने प्रयास !

मस्को, १८ पुस । सिरियाबाट ज्यान जोगाएर परिवारसहित रुस भागेका पूर्व राष्ट्रपति बसर अल असदलाई मार्ने प्रयास गरिएको खुलासा भएको छ।   बेलायती पत्रिका ‘द सन’मा प्रकाशित एक रिपोर्टका अनुसार मस्कोमा बसर अल असदलाई विष खुवाएर मार्ने प्रयास गरिएको थियो तर उनी बालाबाल बाँचेका छन् । सिरियामा कु’ भएयता असद आफ्नो परिवारसँग रुसको राजधानी मस्कोमा छन् । लामो समयदेखि मध्यपूर्वमा उनीहरूको महत्त्वपूर्ण सहयोगी रहेको रुसले मस्कोमा असद परिवारलाई सुरक्षा दिएको छ । राष्ट्रपति भ्लादिमर पुटिनले असद र उनका परिवारका लागि एक गोप्य अपार्टमेन्टमा बस्ने व्यवस्था मिलाइ दिएका छन् ।   बेलायती ट्याब्लोइड ‘द सन’को रिपोर्टका अनुसार असदलाई उनको आफ्नै घरमा…
Read More
दक्षिण कोरियाका पूर्व राष्ट्रपति विरुद्ध पक्राउ पुर्जी जारी

दक्षिण कोरियाका पूर्व राष्ट्रपति विरुद्ध पक्राउ पुर्जी जारी

सियोल, १६ पुस । दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुक योल विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।   दक्षिण कोरियाको राजधानी सियोलको एक अदालतले पूर्व राष्ट्रपति युन सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।   युनले गत डिसेम्बर ३ मा लगाएको मार्सल लका कारण यो वारेन्ट जारी गरिएको योनहाप समाचार एजेन्सीले जनाएको छ ।   पूर्व राष्ट्रपति युनले डिसेम्बर ३ मा देशमा अप्रत्याशित रूपमा मार्सल ल लगाएका थिए । यसको चर्को विरोध मात्रै भएन, संसद्ले केही घण्टामा नै उनको सो कदम माथि रोक लगाएको थियो । संसद्ले रोक लगाएको ६ घण्टाभित्र आफ्नो निर्णय फिर्ता लिएको उनले घोषणा गरेका थिए…
Read More
इरानका सर्वोच्च नेता खामेनी कोमामा ! छोरालाई उत्तराधिकारी तोकिएको दाबी

इरानका सर्वोच्च नेता खामेनी कोमामा ! छोरालाई उत्तराधिकारी तोकिएको दाबी

तेहरान, ३ मङ्सिर । इरानका सर्वोच्च नेता खामेनीले अचानक आफ्ना छोरालाई उत्तराधिकारी चुनेर सारा विश्वलाई चकित पारेका छन् ।   खामेनीले आफ्नो राजगद्दी छोरा मोज्ताबालाई सुम्पेका छन् तर प्रश्न उठिरहेको छ किन ? केही अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले दाबी गरिरहेका छन् कि खामेनी ठिक छैनन् र हाल उनी कोमामा उपचाररत छन्।   त्यसैले खामेनीका छोरा मोज्ताबालाई इरानको सर्वोच्च नेताको कमान्ड दिइएको छ । मोजतबाले आफ्नो बुबा जीवित रहुन्जेल पदभार ग्रहण गर्न सक्ने छन्। तर, सर्वोच्चको नेतामा मोजतबा निर्वाचित हुने बारे अहिलेसम्म आधिकारिक जानकारी दिइएको छैन । यो कुरा अहिले गोप्य राखिएको छ ।   ८५ वर्षीय आयातोल्लाह अलि खामेनी बिरामी भएको…
Read More
श्रीलङ्कामा पहिलो पटक वामपन्थी गठबन्धनलाई दुई तिहाइ 

श्रीलङ्कामा पहिलो पटक वामपन्थी गठबन्धनलाई दुई तिहाइ 

श्रीलङ्कामा भएको संसदीय निर्वाचनमा राष्ट्रपति अनुराकुमारा दिसानायके नेतृत्वको सत्तारुढ गठबन्धन राष्ट्रिय जनशक्ति (एनपीपी) ले शानदार जित हासिल गरेको छ ।  मार्क्सवादी विचारधारा झुकाव राख्ने दिसानायकेको एनपीपी गठबन्धन १३७ सिटमा विजयी भएको हो । २२५ सदस्यीय संसद्मा एनपीपीले १३७ सिटमा जित दर्ता गरेको छ । पूर्व राष्ट्रपति रणसिंहे प्रेमदासका छोरा सजित प्रेमदासको नेतृत्वमा रहेको विपक्षी गठबन्धन एसबीजेले ३५ सिट जितेको छ । बिहीबार भएको निर्वाचनको मतगणना जारी रहँदा शुक्रबार बिहानसम्म राष्ट्रपति अनुरा कुमारा दिशानायके नेतृत्वको बामपन्थी गठबन्धन दुई तिहाई नजिक पुगेको हो।
Read More
इजरायलमाथि इरानको मिसाइल आक्रमण

इजरायलमाथि इरानको मिसाइल आक्रमण

काठमाडौँ । इरानले गए रातिदेखि इजरायलमा आक्रमण सुरु गरेको छ । गए राती इरानले इजरायलमाथि १८० भन्दा बढी ब्यालेस्टिक मिसाइल प्रहार गरेको थियो । तर, अहिलेसम्म यस आक्रमणबाट ठुलो क्षति नभएको दाबी गरिएको छ । मिडिया रिपोर्टका अनुसार यस आक्रमणबाट तेल अभिभमा २ जना सर्वसाधारण घाइते भएका छन् । यी आक्रमणहरू सम्पूर्ण इजरायलमा ३० मिनेटको लागि गरिएको थियो । यस अवधिमा इजरायलले आफ्ना सबै नागरिकलाई बम सेल्टरमा जान आग्रह गरिएको थियो । इजरायलको आक्रमणपछि इरानले नसरल्लाहको शहीदको यो पहिलो बदला भएको बताएको छ । इरानले यो सुरुवात मात्र भएको बताएको छ । इजरायलले बेरुतमा हिजबुल्लाहको मुख्यालयमा आक्रमण गरेर हिजबुल्लाह प्रमुख हसन…
Read More
हिजबुल्लाहको मुख्यालयमा इजरायलको आक्रमण

हिजबुल्लाहको मुख्यालयमा इजरायलको आक्रमण

काठमाडौँ । इजरायलले लेबनानमा हिजबुल्लाहको लक्ष्यमा हवाई आक्रमण जारी राखेको छ । इजरायलले शनिवार बिहान दक्षिणी बेरुतमा हिजबुल्लाहको स्थानमा हवाई आक्रमण गरेको थियो । इजरायली सेनाले एक विज्ञप्ति जारी गर्दै हिजबुल्लाहको मिसाइल इकाईका प्रमुख मोहम्मद अली इस्माइल आफ्नो आक्रमणमा मारिएको जनाएको छ । यसका साथै इजरायली आक्रमणमा मोहम्मद अली इस्माइलका सहायक हुसेन अहमद इस्माइल पनि मारिएका छन् । इजरायली सेनाले मोहम्मद इस्माइल इजरायलमा धेरै रकेट आक्रमणको पछाडि रहेको बताएको छ । यसअघि हिजबुल्लाहका मिसाइल र रकेट फोर्सका प्रमुख मोहम्मद काबिसी र अन्य धेरै शीर्ष कमान्डर पनि इजरायली आक्रमणमा मारिएका थिए । यसअघि इजरायलले शुक्रवार लेबनानमा ठुलो हवाई हमला गरेको थियो…
Read More
सुडानमा हैजाको प्रकोप, अहिलेसम्म ४३० को मृत्यु

सुडानमा हैजाको प्रकोप, अहिलेसम्म ४३० को मृत्यु

काठमाडौँ । सुडानमा पछिल्लो महिना हैजाको प्रकोपका कारण मृत्यु हुनेको सङ्ख्या ४३० नाघेको छ । देशमा जारी गृहयुद्धका बिच सुडानको स्वास्थ्य मन्त्रालयले हैजाका बिरामी झन्डै १४ हजार पुगेको जानकारी दिएको छ । सुडानको स्वास्थ्य मन्त्रालयले हैजाबाट मुक्ति पाउन हर सम्भव प्रयास गरिरहेको बताएको छ । सुडानका लागि अमेरिकी विशेष दूत टम पेरिलोका अनुसार देशमा द्वन्द्वको अवस्थाका कारण खाँचोमा परेकाहरूलाई स्वास्थ्य सेवा उपलब्ध गराउन निकै कठिन छ । गत वर्षदेखि हालसम्म यो द्वन्द्वमा डेढ लाखले ज्यान गुमाएका छन् । सुडानमा जारी द्वन्द्वका कारण उनीहरूले नियमित अवरोधको सामना गर्नुपर्ने चिकित्सा सहायता सङ्गठन डक्टर्स विदाउट बोर्डर्स (एमएसएफ) ले रिपोर्ट गरेको छ। अप्रिल २०२३…
Read More