Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
इरानका सर्वोच्च नेता खामेनी कोमामा ! छोरालाई उत्तराधिकारी तोकिएको दाबी - Gyaan Ghar Skip to main content

Gyaan Ghar

Advertisement

इरानका सर्वोच्च नेता खामेनी कोमामा ! छोरालाई उत्तराधिकारी तोकिएको दाबी


तेहरान, ३ मङ्सिर । इरानका सर्वोच्च नेता खामेनीले अचानक आफ्ना छोरालाई उत्तराधिकारी चुनेर सारा विश्वलाई चकित पारेका छन् ।

 

खामेनीले आफ्नो राजगद्दी छोरा मोज्ताबालाई सुम्पेका छन् तर प्रश्न उठिरहेको छ किन ? केही अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले दाबी गरिरहेका छन् कि खामेनी ठिक छैनन् र हाल उनी कोमामा उपचाररत छन्।

 

त्यसैले खामेनीका छोरा मोज्ताबालाई इरानको सर्वोच्च नेताको कमान्ड दिइएको छ । मोजतबाले आफ्नो बुबा जीवित रहुन्जेल पदभार ग्रहण गर्न सक्ने छन्। तर, सर्वोच्चको नेतामा मोजतबा निर्वाचित हुने बारे अहिलेसम्म आधिकारिक जानकारी दिइएको छैन । यो कुरा अहिले गोप्य राखिएको छ ।

 

८५ वर्षीय आयातोल्लाह अलि खामेनी बिरामी भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा खबर छ । उनी गम्भीर रोगबाट पीडित छन् । त्यसैले उनले जिउँदै आफ्नो उत्तराधिकारी छानेका हुन । मोजतबा अलि खामेनीका दोस्रो छोरा हुन्।

 

को हुन् मोजतबा ? 

मोज्ताबा खामेनी इरानका सर्वोच्च नेता आयतोल्लाह अलि खामेनीका दोस्रो र कान्छो छोरा हुन्। उनले सन् १९८७ देखि १९८८ सम्म इरान–इराक युद्धमा भाग लिएका थिए । मोजतबाको जन्म सन् १९६९ मा मशहदमा भएको थियो । उनले स्नातक पछि धर्मशास्त्र अध्ययन गरे। यसपछि सन् १९९९ मा उनले कोममा पढेर मौलवी बनेका थिए ।

आफ्नो बुबा जस्तै उनी इस्लामिक मामिलामा जानकार छन्। सन् २००९ मा उनी इरानमा जारी विरोध प्रदर्शनलाई कडा दमनका कारण पहिलो पटक चर्चामा आएका थिए । यस प्रदर्शनमा धेरै मानिस मारिएका थिए।  अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार मोज्ताबा खामेनी इरानको अर्को सर्वोच्च नेता चुनिएका छन् । यो समाचार धेरै चर्चामा छ र यसले दूरगामी प्रभाव पार्न सक्छ।

 

कसरी निर्वाचित भए मोज्ताबा ? 
मोजतबाको चुनाव एकदमै गोप्य ढङ्गले गरिएको थियो, रिपोर्टमा इरानको एसेम्बली अफ एक्सपर्ट्सका ६० सदस्यले अलि खामेनीको मागमा बैठक बोलाएको दाबी गरिएको छ । यो बैठकमा के हो भन्ने कुरा पनि सदस्यहरूलाई थाहा थिएन । बैठकमा पुगेपछि तत्कालै गोपनीयताका आधारमा उत्तराधिकारी टुङ्गो लगाउन सदस्यहरूलाई निर्देशन दिइएको थियो । सभासद्लाई बैठक गोप्य राख्न चेतावनी दिइएको थियो । जसका कारण अहिलेसम्म यो खबर बाहिर आउन सकेको छैन ।


प्रतिक्रिया दिनुहोस

राजनीति

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

१२ असोज, काठमाडौँ । जेन-जी आन्दोलनमा भएको दमन र क्षतिको जाँचबुझ गर्न गठित आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृह...
चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

काठमाडौँ, चिनियाँ कम्पनीले मानिसजस्तै देखिने रोबोट बनाएको छ । अचम्मको कुरा के छ भने यो रोबोटले मानिसको सहयोग ब...
विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

छोटो अवधिमा गरिएका विगतका अध्ययनहरूको समीक्षा र दुई भिन्न वर्षका सेटेलाइट नक्साको अवलोकन गर्दा उक्त चार वट...
जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

 काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल विद्यावारिधि सङ्घको सहकार्यमा श्रावण  ८ गते "हाम्रो जीवनशैलीको रूपान्तरण स्वास्थ्य र...