Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
इजरायलमाथि इरानको मिसाइल आक्रमण - Gyaan Ghar

Gyaan Ghar

Advertisement

इजरायलमाथि इरानको मिसाइल आक्रमण


काठमाडौँ । इरानले गए रातिदेखि इजरायलमा आक्रमण सुरु गरेको छ ।

गए राती इरानले इजरायलमाथि १८० भन्दा बढी ब्यालेस्टिक मिसाइल प्रहार गरेको थियो । तर, अहिलेसम्म यस आक्रमणबाट ठुलो क्षति नभएको दाबी गरिएको छ । मिडिया रिपोर्टका अनुसार यस आक्रमणबाट तेल अभिभमा २ जना सर्वसाधारण घाइते भएका छन् ।

यी आक्रमणहरू सम्पूर्ण इजरायलमा ३० मिनेटको लागि गरिएको थियो । यस अवधिमा इजरायलले आफ्ना सबै नागरिकलाई बम सेल्टरमा जान आग्रह गरिएको थियो ।

इजरायलको आक्रमणपछि इरानले नसरल्लाहको शहीदको यो पहिलो बदला भएको बताएको छ । इरानले यो सुरुवात मात्र भएको बताएको छ । इजरायलले बेरुतमा हिजबुल्लाहको मुख्यालयमा आक्रमण गरेर हिजबुल्लाह प्रमुख हसन नसरल्लाहलाई मारे पछि यसको बदला स्वरूप आक्रमण गरेको बताएको छ ।

इजरायली सेनाका प्रवक्ता ड्यानियल हागारीले यस आक्रमणको परिणाम भोग्नुपर्ने बताएका छन् । उनले इजरायलले आफूहरूसँग इरानविरुद्ध कारबाही गर्ने योजना भएको र सही समय र स्थान तय गरेर कारबाही गर्ने बताएका छन् । अर्कोतर्फ अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाले इजरायललाई सहयोग गर्ने बताएका छन् ।

अर्कोतर्फ इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानले ठुलो गल्ती गरेको उल्लेख गर्दै उसले यसको मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् ।

यसैबिच अमेरिकी राष्ट्रपति जो बाइडेनले उपराष्ट्रपति कमला ह्यारिस र राष्ट्रिय सुरक्षा टोलीसँग भेटवार्ता गरेका छन् । उक्त बैठकमा इरानले इजरायलमाथि गरेको आक्रमणबारे छलफल भएको थियो । यस हमलाबाट इजरायललाई कसरी बचाउने र इजरायलमा अलपत्र परेका अमेरिकीलाई सहयोग गर्न कस्तो तयारी भइरहेको छ भन्ने विषयमा पनि छलफल भएको अमेरिकी मिडियाहरूले उल्लेख गरेका छन् ।

त्यस्तै इरानले इजरायलमाथि गरेको आक्रमणको फ्रान्स, बेलायत, जर्मनी र युरोपियन युनियनले विरोध गरेका छन् ।

यसअघि इरानले यसै वर्षको अप्रिलमा इजरायलमा हमला गरेको थियो तर अमेरिका, जोर्डन र अन्य देशको सहयोगमा इजरायलले इरानले प्रहार गरेको सयौँ मिसाइल र ड्रोनलाई पूर्ण रूपमा असफल बनाएको थियो । त्यसपछि अमेरिकाले इजरायललाई संयतता अपनाउन भनेको थियो, जसका कारण इजरायलले इरानका केही आणविक केन्द्र नजिकैको हवाई अड्डामा आक्रमण गरे पनि ती केन्द्रहरूलाई निशाना बनाएको थिएन ।


प्रतिक्रिया दिनुहोस

राजनीति

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

१२ असोज, काठमाडौँ । जेन-जी आन्दोलनमा भएको दमन र क्षतिको जाँचबुझ गर्न गठित आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृह...
चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

काठमाडौँ, चिनियाँ कम्पनीले मानिसजस्तै देखिने रोबोट बनाएको छ । अचम्मको कुरा के छ भने यो रोबोटले मानिसको सहयोग ब...
विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

छोटो अवधिमा गरिएका विगतका अध्ययनहरूको समीक्षा र दुई भिन्न वर्षका सेटेलाइट नक्साको अवलोकन गर्दा उक्त चार वट...
जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

 काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल विद्यावारिधि सङ्घको सहकार्यमा श्रावण  ८ गते "हाम्रो जीवनशैलीको रूपान्तरण स्वास्थ्य र...