Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
अन्तर्राष्ट्रिय Archives - Page 4 of 35 - Gyaan Ghar Skip to main content

Gyaan Ghar

Advertisement

अन्तर्राष्ट्रिय

श्रीलङ्काको संसद् भङ्ग, नोभेम्बर १४ मा निर्वाचनको घोषणा

श्रीलङ्काको संसद् भङ्ग, नोभेम्बर १४ मा निर्वाचनको घोषणा

काठमाडौँ । श्रीलङ्काका राष्ट्रपति अनुरा कुमार दिसानायकेले संसद् विघटन गरेका छन् । राष्ट्रपति दिसानायकेले आगामी नोभेम्बर १४ मा आम निर्वाचन गर्ने गरी संसद् विघटन गरेका हुन् । श्रीलङ्कामा पछिल्लो संसद् अधिवेशन अगस्ट २०२० मा बोलाइएको थियो । संसद् विघटन निर्धारित समयभन्दा ११ महिना अगाडि भएको छ । राष्ट्रपति चुनावको अभियानका क्रममा नै दिसानायकेले आफू विजयी भए तत्काल संसद् विघटन गर्ने स्पष्ट पारेका थिए । गत शनिवार भएको निर्वाचनको नतिजापछि राष्ट्रपति बनेका ५६ वर्षीय दिसायनाकेले संसद् भङ्ग गरेर निर्वाचनको मिति तोकेका हुन् । श्रीलङ्काको नवौँ राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेपछि उनले आफू लोकतन्त्र जोगाउन र नेताहरूको सम्मान पुनर्स्थापनाका लागि सक्दो प्रयास…
Read More
को हुन् श्रीलङ्काका नयाँ राष्ट्रपति दिसानायके ?

को हुन् श्रीलङ्काका नयाँ राष्ट्रपति दिसानायके ?

काठमाडौँ । श्रीलङ्काको राष्ट्रपतिमा वामपन्थी अनुरा कुमारा दिसानायके निर्वाचित भएका छन् । सन् २०२२ मा अर्थतन्त्र धराशायी भएपछि भएको निर्वाचनमा उनले यो जित हासिल गरेका हुन् । दोस्रो चरणको मतगणनापछि दिसानायकेले निकटतम प्रतिद्वन्द्वी सजित प्रेमदासलाई पराजित गर्दै यो जित दर्ता गरेका हुन् । पहिलो चरणमा कुनै पनि उम्मेदवारले जित्नका लागि आवश्यक ५० प्रतिशतभन्दा बढी मत प्राप्त गरेका थिए । त्यसपछि निर्वाचन अधिकृतहरूले मतदानका क्रममा मतदाताको दोस्रो प्राथमिकताको मत गणना गरेका थिए । त्यसपछि दिसानायके विजयी घोषित भए । वर्तमान राष्ट्रपति रनिल विक्रमासिङ्घे तेस्रो स्थानमा रहे । सन् २०१९ मा भएको निर्वाचनमा ३ प्रतिशत मात्र मत पाएका दिसानायकेका लागि यो अप्रत्याशित…
Read More
वामपन्थी नेता अनुरा कुमारा दिसानायके श्रीलङ्काका नयाँ राष्ट्रपति 

वामपन्थी नेता अनुरा कुमारा दिसानायके श्रीलङ्काका नयाँ राष्ट्रपति 

काठमाडौँ । श्रीलङ्काको नवनिर्वाचित राष्ट्रपतिमा वामपन्थी नेता अनुरा कुमारा दिसानायके शपथ लिएका छन् । नेशनल पिपुल्स पावर (एनपीपी) गठबन्धनका प्रमुख समेत रहेका ५५ वर्षीय दिसानायाकले सोमबार पद तथा गोपनीयताको शपथ लिएको श्रीलङ्काको मिडिया डेली मिररले उल्लेख गरेको छ । दिसानायाके श्रीलङ्काको नवौँ कार्यकारी राष्ट्रपति बनेका हुन् । शनिवार सम्पन्न मतदानपछि पहिलो चरणको मतगणनामा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन सकेनन् । पहिलो राउन्डमा अनुरा दिसानायकेले ४२.३१ प्रतिशत र उनका प्रतिद्वन्द्वी सजित प्रेमदासाले ३२.७६ प्रतिशत मत प्राप्त गरे । यसै कारण निर्वाचन आयोगले दोस्रो चरणको मतगणना सुरु गरेपछि साँझ अनुरा दिसानायके श्रीलङ्काको नवौँ राष्ट्रपतिमा निर्वाचित भएका हुन् । श्रीलङ्काको…
Read More
दिल्लीकी मुख्यमन्त्री आतिशीले किन राखिन खाली कुर्सी ?

दिल्लीकी मुख्यमन्त्री आतिशीले किन राखिन खाली कुर्सी ?

काठमाडौँ । भारतको दिल्लीकी मुख्यमन्त्री आतिशी मरलानले आजदेखि आफ्नो कार्यभार सम्हालेकी छन् । तर कार्यभार सम्हाल्ने क्रममा उनले मुख्यमन्त्रीको कुर्सी खालि राखेर अर्को कुर्सिमा बसेपछि विवादित बनेकी छन् । आतिशीले दिल्लीको मुख्यमन्त्रीको रूपमा आफूले अरविन्द केजरीवाललाई नै मान्ने भन्दै चार महिना उनको नाममा आफूले मुख्यमन्त्री चलाउने बताएकी छन् । उनले राम १४ वर्ष वनवास जाँदा भारतले रामको खराउ मागेर सत्ता चलाए जस्तै आफूले खाली कुर्सी राखेर चार महिना मुख्यमन्त्री चलाउने बताएकी छन् । आतिशीको यो कदमको भारतीय जनता पार्टीले आलोचना गरेको छ । भाजपा सांसद मनोज तिवारीले दिल्लीको मुख्यमन्त्रीको पदभार ग्रहण गरे लगत्तै आतिशीको भनाइको खिल्ली उडाएका छन् । तिवारीले आतिशीले…
Read More
लेबनानमा पेजर विस्फोट कसरी गराइयो ?

लेबनानमा पेजर विस्फोट कसरी गराइयो ?

काठमाडौँ । लेबनानमा पेजरमा भएको शृंखलाबद्ध विस्फोटको विश्वभर चर्चा भइरहेको छ । १२ जनाको ज्यान गएको र करिब २८ सय घाइते भएको यस घटनापछि लेबनानी सुरक्षा अधिकारीहरूले इजरायलको गुप्तचर एजेन्सी मोसादले पेजरहरूमा धेरै थोरै मात्रामा विस्फोटक पदार्थ प्रयोग गरेको दाबी गरेका छन् । जसका कारण यी श्रृङ्खलाबद्ध विस्फोटहरू भएका थिए । घाइते हुनेमा धेरै हिजबुल्लाह लडाकु र लेबनानका लागि इरानका राजदूत पनि छन् । हिजबुल्लाहले यस हमलाको लागि इजरायललाई दोष दिएको छ र इजरायलविरुद्ध बदला लिने पनि बताएको छ । यसरी गराइयो विस्फोट ? मिडिया रिपोर्टका अनुसार लेबनानी अधिकारीहरूले यस आक्रमणको तयारी धेरै महिनादेखि भइरहेको विश्वास गर्छन् । हिजबुल्लाहले ताइवानी…
Read More
दिल्लीमा केजरीवालको राजीनामापछि आतिशीले गरिन सरकारको दाबी पेस

दिल्लीमा केजरीवालको राजीनामापछि आतिशीले गरिन सरकारको दाबी पेस

काठमाडौँ । भारतको दिल्ली राज्यका मुख्यमन्त्री अरविन्द केसरीवालले राजीनामा दिएका छन् । केसरीवालले राज्यका उपराज्यपाललाई आफ्नो राजीनामा बुझाएका हुन् । केसरीवालले राजीनामा दिएसँगै आम आदमी पार्टीकी नेतृ आतिशी मार्लेनाले मुख्यमन्त्रीको दाबी समेत पेस गरेकी छन् । केजरीवाल र आतिशी दुवैले उपराज्यपाललाई सँगै भेट गरेको आम आदमी पार्टीले जानकारी दिएको छ । यस अघि आजै बसेको आम आदमी पार्टीको विधायक दलको बैठकले आतिशीलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो । कथित मदिरा घोटाला प्रकरणमा जेलमा रहेका केजरीवाल सर्वोच्च अदालतले जमानत दिएपछि बाहिर आउनासाथ मुख्यमन्त्रीबाट राजीनामा दिने र फेरी जनताबाट निर्वाचित भएपछि मात्र मुख्यमन्त्री बन्ने घोषणा गरेका थिए । ४३ वर्षीय आतिशी हालको…
Read More
सुनिता र बुचले राष्ट्रपति निर्वाचनमा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनबाट मतदान गर्ने

सुनिता र बुचले राष्ट्रपति निर्वाचनमा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनबाट मतदान गर्ने

काठमाडौँ । अन्तरिक्ष स्टेसनमा फसेका अन्तरिक्ष यात्री सुनिता विलियम्स र उनका साथी बुच विल्मोरले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस) बाटै राष्ट्रपति निर्वाचनमा मतदान गर्ने भएका छन् । स्पेस स्टेसनबाट पत्रकार सम्मेलन गरेका सुनिता र बुचले अमेरिकी चुनावमा अन्तरिक्षबाट मतदान गर्ने बताएका छन् । भोटिङ सम्बन्धमा सोधिएको प्रश्नको जवाफमा बुचले भने, ‘आजबाटै भोटिङसँग सम्बन्धित निर्वाचन प्रक्रिया सुरु गरेको हो । यो महत्त्वपूर्ण कर्तव्य हो । नासाले हामी कसरी भोट गर्न सक्छौँ भनेर काम गरिरहेको छ ।' सुनिता विलियम सले आफू अन्तरिक्षबाट मतदान गर्न उत्साहित भएको बताइन् । ४०० किलोमिटर टाढा रहेको स्पेस सेन्टरबाट सुनिता र बुचले अमेरिकी चुनावमा मतदान गर्न हुलाक मतपत्रको…
Read More
जापानमा शक्तिशाली आँधी

जापानमा शक्तिशाली आँधी

काठमाडौँ । यस वर्षको सबैभन्दा शक्तिशाली आँधी ‘शानसान’ जापानमा पुगेको छ । सानसान बिहीबार बिहान ८ बजे दक्षिण पश्चिमी टापु क्युसु पुगेको थियो । मिडिया रिपोर्टका अनुसार आँधी २५२ किलोमिटर प्रति घण्टाको गतिमा चल्नुको साथसाथै मुसलधारे वर्षा भइरहेको छ । आँधीले धेरै क्षेत्रमा ठुलो क्षति पुर्‍याएको छ । जापानको टाइफुन नम्बर १० भनेर चिनिने शान्सानले २५०,००० भन्दा बढी घरको बिजुली काटेको जापानको मौसम विज्ञान एजेन्सीले जनाएको छ। जापानको क्योडो न्युजका अनुसार बिहीबार गामागोरीमा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । यसबाहेक २ जना घाइते भएका छन् । यस आँधीबाट देशभर १० लाख मानिस प्रभावित भएका छन्…
Read More
युरोपमा बृद्ध जनसङ्ख्या पढेपछि पेन्सन योजना फेर्दै सरकार

युरोपमा बृद्ध जनसङ्ख्या पढेपछि पेन्सन योजना फेर्दै सरकार

काठमाडौँ । युरोपका देशहरूले आफ्नो बुढ्यौली जनसङ्ख्याको लागि निवृत्तिभरणमा पहिले भन्दा बढी खर्च गर्नु परेको छ । यसैलाई मध्यनजर गर्दै कतिपय सरकारले अवकाशको उमेर बढाउन चाहेका छन् भने केही अन्य उपायहरू पनि विचार भइरहेको रिपोर्टमा उल्लेख छ । युरोपमा केही दशकयता वृद्ध वृद्धाको जनसङ्ख्या लगातार बढिरहेको छ । वर्तमान युरोप जनसङ्ख्याको पाँच भागको एक भाग ६५ वा माथिका छन् । यो अनुमान गरिएको छ कि २०५० सम्म, युरोपको एक तिहाइ जनसङ्ख्या ६५ वर्ष वा माथिको हुनेछ । विश्व स्वास्थ्य सङ्गठनले गत वर्ष चेतावनी दिँदै सन् २०२४ मा युरोपमा पहिलो पटक ६५ वर्षभन्दा माथिका मानिसको सङ्ख्या १५ वर्ष मुनिको जनसङ्ख्याभन्दा बढी…
Read More
हसिनाविरुद्ध अहिलेसम्म ३१ मुद्दा दर्ता, राष्ट्रसङ्घको निगरानीमा छानबिन हुने

हसिनाविरुद्ध अहिलेसम्म ३१ मुद्दा दर्ता, राष्ट्रसङ्घको निगरानीमा छानबिन हुने

काठमाडौँ । बङ्गलादेशका पूर्व प्रधानमन्त्री शेख हसिनाविरुद्ध थप ९ वटा मुद्दा दायर गरिएको छ । नयाँ सरकार गठन भएदेखि अहिलेसम्म हसिनाविरुद्ध ३१ मुद्दा दर्ता भएका छन् । जसमा २६ हत्या, ४ नरसंहार र एक अपहरणका मुद्दा दर्ता भएका छन् । बङ्गलादेशको पत्रिका डेली स्टारका अनुसार हालसम्म हसिनाविरुद्ध न्यायाधिकरणमा चार वटा मुद्दा दर्ता भएका छन् । यी चार घटनामध्ये तीन वटा घटना पछिल्लो समय विद्यार्थी आन्दोलनमा भएको हिंसासँग सम्बन्धित छन् । मोहम्मद अबुल हसन नामका एक व्यक्तिले हसिनाविरुद्ध सोमबार नरसंहारको उजुरी दिएका थिए । अबुल हसनका छोरा शहरयार हसन अल्वी विद्यार्थी आन्दोलनका क्रममा मारिएका थिए । यसअघि कक्षा ९ का विद्यार्थी…
Read More