health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
काठमाडौँ । नेकपा एकीकृत समाजवादी चरम गुटबन्दीको सिकार भएको महाधिवेशनदेखि पदाधिकारी निर्वाचनसम्म आउँदा प्रस्ट भएको छ । महाधिवेशनमा सहमतिमै केन्द्रीय समिति र पदाधिकारी चयन गर्ने भन्दै निर्णय गरे पनि अन्ततः पदाधिकारीको चयन मतदानबाट गरिएको छ ।
यसरी गरिएको मतदानले एकीकृत समाजवादीको पदाधिकारी चयन गरे पनि अब यो पार्टीमा देखिएको गुटबन्दीले पार्टी भविष्यमा कसरी अगाडी बढ्ला भन्ने प्रश्न उठेको छ । गुटबन्दीकै कारण पार्टीमा प्रभावशाली मानिएकी युवा नेतृ रामकुमारी झाँक्री पराजित भएको आङ्कलन गरिँदै छ ।
माधव नेपाल पक्षले पदाधिकारी निर्वाचनमा आफ्नो पक्षको चिट नै बाँडेर भोट मागेका थिए । सो सूचीमा झाँक्रीको नाम थिएन । नेपालको राजनीतिमा युवा र प्रभाशाली नेतृको पहिचान बनाएकी झाँक्री नै एकीकृत समाजवादीको पदाधिकारीमा नअटाउने अवस्था आउनुले अब यो पार्टी कता जाँदै छ भन्ने सङ्केतको रूपमा बुझ्नुपर्ने विश्लेषण सुरु भएको छ । यो िबषयमा झाँक्री स्वयंले भने अहिलेसम्म कुनै प्रतिक्रिया दिएकी छैनन् ।
एकीकृत समाजवादीले जसरी आफ्नो महाधिवेशन गर्यो र अहिले जसरी पदाधिकारीको चयन गर्यो यसले उसको राजनीतिक भविष्यमा नै ठुलो प्रश्न उठाएको छ । सानो पार्टी अथवा राष्ट्रिय पार्टी समेत हुन नसकेको पार्टीमा यो तहको गुटबन्दीले पार्टीको अवस्था राम्रो नहुने सङ्केत गरेको छ । अझ अध्यक्ष स्वयं नै राष्ट्रिय स्तरको युवा नेतालाई पराजित गर्न र पार्टीको मुख्य धाराबाट बाहिर लैजान सक्रिय हुनुले अझ संशय पैदा भएको छ ।
योसँगै एकीकृत समाजवादीको पदाधिकारीमा अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे रहेका छन् । त्यस्तै उपाध्यक्षहरू डा. गङ्गालाल तुलाधर, जगन्नाथ खतिवडा, प्रकाश ज्वाला, भानुभक्त जोशी र जयन्ती राई रहेका छन् ।
त्यस्तै महासचिव घनश्याम भुसाल, उपमहासचिवमा मेटमणि चौधरी, रामकुमार खड्का, गरिमा शाह र राजेन्द्र राई निर्वाचित भएका छन् । त्यसै गरी सचिवमा शेरबहादुर कुँवर, सोमप्रसाद पाण्डे, श्रीनाथ बराल, सावित्रीकुमारी भुसाल र चन्द्रबहादुर शाही रहेका छन् ।