Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
एकीकृत समाजवादीको बागलुङ जिल्ला कमिटी एमालेमा समाहित - Gyaan Ghar Skip to main content

Gyaan Ghar

Advertisement

एकीकृत समाजवादीको बागलुङ जिल्ला कमिटी एमालेमा समाहित


बागलुङ । नेकपा एकीकृत समाजवादीको बागलुङको पुरै जिल्ला कमिटी एमालेमा समाहित भएको छ । बिहीबार एक कार्यक्रमका बीच समायोजन कार्यक्रम गरेर एकीकृत समाजवादीका नेताहरूलाई एमालेले पार्टीमा भित्र्याएको हो ।

एकीकृत समाजवादी बागलुङ जिल्लाका सम्पूर्ण जनसङ्गठन र पेसागत सङ्गठनहरू पनि एमालेमा समाहित भएको एमालेले जनाएको छ । कार्यक्रम मा एकीकृत समाजवादी बागलुङका अध्यक्ष लाल बहादुर थापाले एमाले बागलुङका अध्यक्ष हिरा बहादुर केसीलाई माइन्यूट हस्तान्तरण गरेका थिए । एमालेका स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज किरण गुरुङले एकीकृत समाजवादीका जिल्ला अध्यक्ष लाल बहादुर थापा र केन्द्रीय सदस्य श्रीप्रसाद शर्मासहितको टिमलाई पार्टीमा स्वागत गरेका छन् ।

एमालेकी केन्द्रीय पोलिट्व्यूरो सदस्य एवं जिल्ला इन्चार्ज मन कुमारी केसी, जिल्ला अध्यक्ष हिराबहादुर केसी र सचिव गणेश बहादुर थापामगर तथा एकीकृत समाजवादीका केन्द्रीय सदस्य श्रीप्रसाद शर्मा, जिल्ला अध्यक्ष लालबहादुर थापा र सचिव भरत पुरी बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै समाहित भएको घोषणा गरेका छन् ।

एमालेमा समाहित भएका नेकपा एसका विभिन्न तहमा रहेका नेता कार्यकर्ताहरूलाई विधानका परिधिभित्र रहेर पूर्ववत् जिम्मेवारीमा पुनर्स्थापित गर्ने र नयाँ जिम्मेवारी दिनुपर्नेलाई पार्टीका स्थापित मूल्य, मापदण्ड र योग्यताका आधारमा उपयुक्त एवं यथोचित जिम्मेवारी प्रदान गर्ने गरी एकीकरण गरिएको विज्ञप्तिमा जनाइएको छ ।

एमालेका तर्फबाट मनकुमारी केसी, डा. सूर्य पाठक, इन्द्रलाल सापकोटा हिरा केसी र गणेश थापा तथा एकीकृत समाजवादीको तर्फबाट श्रीप्रसाद शर्मा, लालबहादुर थापा र भरत पुरी रहेको कार्यदल गठन गरेको छ ।

नेकपा एमालेका इन्चार्ज गुरुङले विशेष कारणले बाहिर रहेका कमरेडहरू आफ्नै घरमा फकिएको र दाजुभाइबिच भेट भएको बताउँदै अब पछाडि नफर्किएर कम्युनिस्ट आन्दोलनलाई थप उचाइमा पुर्‍याउन अगाडि बढ्नुपर्ने बताए ।

नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य श्रीप्रसाद शर्माले नेतृत्वले जुन उद्देश्यले एमालेबाट विद्रोह गरेर समाजवादीको जन्म भएको थियो त्यसको औचित्य प्रमाणित गर्न नसकेको कारण आफू एमालेमा फर्किएको बताए ।

जिल्ला अध्यक्ष लाल बहादुर थापाले अलग अलग रूपमा रहेर कम्युनिस्ट आन्दोलन अगाडि बढ्न नसक्ने भएकोले सिङ्गो जिल्ला कमिटीलाई एमालेमा समायोजन गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस

राजनीति

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

१२ असोज, काठमाडौँ । जेन-जी आन्दोलनमा भएको दमन र क्षतिको जाँचबुझ गर्न गठित आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृह...
चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

काठमाडौँ, चिनियाँ कम्पनीले मानिसजस्तै देखिने रोबोट बनाएको छ । अचम्मको कुरा के छ भने यो रोबोटले मानिसको सहयोग ब...
विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

छोटो अवधिमा गरिएका विगतका अध्ययनहरूको समीक्षा र दुई भिन्न वर्षका सेटेलाइट नक्साको अवलोकन गर्दा उक्त चार वट...
जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

 काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल विद्यावारिधि सङ्घको सहकार्यमा श्रावण  ८ गते "हाम्रो जीवनशैलीको रूपान्तरण स्वास्थ्य र...