Gyaan Ghar

Advertisement

Breaking news 3

फर्पिङमा जुनकिरी स्कुलको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, ४१ घाइते

फर्पिङमा जुनकिरी स्कुलको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, ४१ घाइते

काठमाडौँ - काठमाडौँको दक्षिणकाली नगरपालिका-४ फर्पिङमा स्कुल बस दुर्घटना भएको छ। प्रहरीका अनुसार आइतबार दिउँसो साढे ३ बजे जुनकिरी इङ्लिस बोर्डिङ स्कुलको बा१क ५६६४ नम्बरको बस सडकबाट सय मिटर तल खसेको हो। दुर्घटनामा परी चालक ३५ वर्षीय रामकृष्ण थापामगर र दक्षिणकाली नगरपालिका-४ घर भएका ८ वर्षीय विद्यार्थी विपिन श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले बताए। बोहराका अनुसार चालक थापामगरको नगर अस्पताल दक्षिणकालीमा र विद्यार्थी श्रेष्ठको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा ४१ जना घाइते भएका छन्। घाइतेमध्ये पाँच जनाको बयोधा, तीन जनाको नगर अस्पताल दक्षिणकाली, पाँच जनाको कीर्तिपुर अस्पताल, तीन जनाको सहिद अस्पताल,…
Read More
समयमा संसद् नबोलाउने, अध्यादेशबाट सरकार चलाउने, यही हो लोकतन्त्र ? : चित्रबहादुर केसी

समयमा संसद् नबोलाउने, अध्यादेशबाट सरकार चलाउने, यही हो लोकतन्त्र ? : चित्रबहादुर केसी

काठमाडौँ – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अध्यादेशबाट सरकार चलाउनु अप्रजातान्त्रिक भएको बताएका छन्। बिहीबार प्रतिनिधिसभामा बोल्दै केसीले संसद् बोलाउन कसले छेकेको थियो? भन्दै प्रश्न गरे। ‘समयमा संसद् नबोलाउने, अध्यादेशबाट सरकार चलाउने? यही हो लोकतन्त्र? यसो गर्नु हुँदैन,’ उनले भने, ‘संसद् नचलाउने यो लोकतन्त्र होइन, अप्रजातान्त्रिक अभ्यास हो।’ सरकारले ६ वटा अध्यादेश प्रतिनिधिसभा पेस गरेको छ। ती अध्यादेश के हुने भन्ने अन्योल यथावत् छ। सत्तापक्षसँग राष्ट्रिय सभामा आवश्यक सङ्ख्या नपुगेपछि अध्यादेश असफल हुने त्रासमा सत्तापक्ष छ। सत्तापक्षले जनता समाजवादी पार्टीको साथ खोजिरहेको छ। तर, उक्त पार्टीले नि:शर्त अध्यादेशलाई समर्थन नगर्ने भएको छ। उसले मधेस प्रदेशको मुख्यमन्त्री माग गरे पनि त्यसमा सत्तापक्षमा…
Read More
प्रधानमन्त्रीबाट एचपिभी खोप अभियान शुभारम्भ

प्रधानमन्त्रीबाट एचपिभी खोप अभियान शुभारम्भ

काठमाडौँ, २२ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीबाट आजदेखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क एचपिभी खोप अभियान शुभारम्भ भएको छ ।   विश्व क्यान्सर दिवसको सन्दर्भ पारेर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज महाराजगन्जको शिवपुरी माध्यमिक विद्यालयमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले काठमाडौं महानगरपालिका-३ का स्वास्थ्यकर्मीलाई स्वास्थ्य किट प्रदान गरी अभियानको थालनी गरेका हुन् । आजदेखि आउँदो फागुन ६ गतेसम्म देशभरि एकै पटक सञ्चालन यो अभियान सञ्चालन हुँदै छ ।   देशभर विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरका करिब १७ लाख किशोरीलाई यो खोप दिन लागिएको छ ।
Read More
समुद्रमा मुनी वैज्ञानिकहरूले फेला पारे ‘डुबेको संसार

समुद्रमा मुनी वैज्ञानिकहरूले फेला पारे ‘डुबेको संसार

काठमाडौँ, १८ माघ ।  वैज्ञानिकहरू निरन्तर नयाँ संसार र जीवनको खोजीमा लागिरहेका छन्। तिनीहरूको अन्वेषण अन्तरिक्षमा जारी छ, तर यो पहिलो पटक हो कि वैज्ञानिकहरूले पृथ्वीको मुनी नयाँ संसार फेला पारेका छन्। वास्तवमा, स्विट्जरल्याण्डका वैज्ञानिकहरूले प्रशान्त महासागरमा रहस्यमय ठाउँहरू पत्ता लगाएका छन्। जसलाई उनीहरूले ‘डुबेको संसार’ भनेका छन् ।   वैज्ञानिकहरूका अनुसार देखिने यी धब्बाहरू पृथ्वीको आवरण बन्ने समयमा बनेको हुनुपर्छ । यसको मतलब तिनीहरू लगभग ४ अरब वर्ष पहिले गठन भएको हुनुपर्छ। पृथ्वीको पहिलो आवरण बनाउँदा यसको क्रस्ट पनि बनेको हुन सक्ने अनुमान गरिएको छ । तर, वैज्ञानिकहरूले यसको पहिचानबारे केही भन्न अस्वीकार गरिरहेका छन् । उनी भन्छन् कि…
Read More
गीताको दर्शन के हो ?

गीताको दर्शन के हो ?

* * गोविन्दशरण उपाध्याय म गीता पढ्छु | गीता पढेर मनन गर्छु | मलाई गीता पढेर मन परेको हो | गीता पढेपछि मन पर्छ | गीताले कसैलाई जोर जवर्जस्ती गर्दैन | गीताले मार्गदर्शन गर्छ | मान्छेको बौद्धिक स्वतन्त्रतामा हस्तक्षेप गर्दैन | गीताले सधैं निर्णयको स्वतन्त्रता दिन्छ | गीताले गीतासँग असहमत हुने स्वतन्त्रता दिन्छ | गीताको केन्द्रीय विषयहरू विवेक, आस्था र कर्म हुन् | मान्छेसँग कर्मको विकल्प छैन | मान्छेसँग आस्थाको विकल्प छैन | मान्छेसँग बुद्धिको विकल्प छैन | ज्ञान, कर्म र भक्ति एकआपसमा जोडिएका छन् | ज्ञानका लागि, कर्मका लागि आस्था र आस्थाका लागि ज्ञान चाहिन्छ | तर कुनै आस्थामा…
Read More
७७औँ परिसंवाद कार्यक्रम सम्पन्न 

७७औँ परिसंवाद कार्यक्रम सम्पन्न 

माघ ११, काठमाडौँ । किसान अधिकार र कृषि साहित्य विषयमा ७७औँ परिसंवाद कार्यक्रम सम्पन्न भएको छ । प्रगतिशील लेखक सङ्घको आयोजनामा सम्पन्न भएको सो कार्यक्रमको विषयवस्तु प्रस्तोता किसान नेता भैरव रेग्मी हुनुहुन्थ्यो । माघ ११ गते सङ्घको बागबजारस्थित कार्यालयमा भएको कार्यक्रममा नेता रेग्मीले किसानलाई राज्य व्यवस्थाले अवहेलना गरिरहेको सन्दर्भमा ‘किसानका वेदनाहरू समेटेर साहित्यको सिर्जना गर्नुपर्ने’ बताउनुभयो – ‘प्रलेसजस्तो सांस्कृतिक मोर्चाले किसान अधिकारलाई सम्बोधन गर्दै बढी भन्दा बढी कविता, कथा, गीतहरूका साथै दार्शनिक रूपमा पनि चर्चा गर्नुपर्दछ ।’ किसानका उत्पादनलाई प्रयोग गर्ने तर प्रयोग गरिसकेपछि उनीहरूको श्रमलाई बिर्सनु दुःखद विषय भएको बताउँदै किसान नेता रेग्मीले ‘बिचौलिया संस्कृति बलियो हुँदै जाँदा देशका…
Read More
आगलागीको अफवाह पछि रेलबाट हाम फाल्दा मुम्बइमा मृत्युको हुनेकाे सङ्ख्या १३ पुग्यो

आगलागीको अफवाह पछि रेलबाट हाम फाल्दा मुम्बइमा मृत्युको हुनेकाे सङ्ख्या १३ पुग्यो

मुम्बई, १० माघ । महाराष्ट्रको जलगाउँमा एउटा अफवाहले १३ जनाको ज्यान लिएको छ ।   बुधवार साँझ उत्तर महाराष्ट्रको जलगाउँ जिल्लामा रहेको पुष्पक एक्सप्रेसमा आगलागी भएको अफवाह यति धेरै फैलियो कि यात्रुहरूले ट्रेनबाट हाम फालेर आफ्नो ज्यान बचाउनु नै राम्रो ठाने तर ज्यान जोगाउन खोज्दा उल्टै उनीहरूको ज्यान गयो ।   यात्रुले रेलको चेन तानेर बाहिर निस्कन थाले भने केहीले रेलबाट हाम फालेका थिए । केही यात्रुहरू ट्र्याकमा यता उता दौडन थाले । यसैबिच अर्को ट्र्याकमा आउँदै गरेको तीव्र गतिको कर्नाटक एक्सप्रेसले उनलाई नराम्ररी कुल्चियो । यस दुर्घटनामा हालसम्म १३ जनाको मृत्यु भएको जनाएको छ ।   यो दुर्घटना यति…
Read More
ट्रम्पले लगाए मेक्सिकोस्थित दक्षिणी सीमामा सङ्कटकाल

ट्रम्पले लगाए मेक्सिकोस्थित दक्षिणी सीमामा सङ्कटकाल

वासिंगटन डिसी, ८ माघ । डोनाल्ड ट्रम्पले सोमबार, जनवरी २० मा क्यापिटल हिलमा अमेरिकी संसद्को ४७ औँ राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरे। ट्रम्पले सत्ता सम्हाल्ने बित्तिकै घरेलुदेखि विदेशसम्म अमेरिकी नीतिमा ठुलो परिवर्तन ल्याउने कुरा गरेका थिए ।   शपथपछिको ३० मिनेटको भाषणमा डोनाल्ड ट्रम्पले अमेरिका फर्स्ट नीतिअन्तर्गत जाने बताए । यसै क्रममा ट्रम्पले अमेरिका–मेक्सिको सिमानामा (दक्षिणी सीमा)मा सङ्कटकाल लगाउने कुरा गरेका छन् ।   उनका अनुसार अब यहाँबाट हुने सबै अवैध प्रवेशलाई प्रतिबन्ध लगाएको छ ।  सरकारले अपराध गर्ने विदेशीलाई स्वदेश फर्काउनेछ । अमेरिका–मेक्सिको सिमानाबाट आउने अवैध आप्रवासीको बढ्दो सङ्ख्या अमेरिकी राजनीतिमा ठुलो मुद्दा बनेको थियो  । ट्रम्पले अवैध आप्रवासी…
Read More
बजेटको २० प्रतिशत शिक्षामा लगाउन जरुरी छ: प्रचण्ड

बजेटको २० प्रतिशत शिक्षामा लगाउन जरुरी छ: प्रचण्ड

 गोरखा, ७ माघ । पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देश विकासको प्रमुख आधार शिक्षा भएकाले कुल बजेटको बिस प्रतिशत यो क्षेत्रमा विनियोजन गर्नुपर्ने बताएका छन् ।   सरस्वती माध्यमिक विद्यालय गोरखा नगरपालिका ८, आहाले गोरखाको स्वर्ण जयन्ती उद्घाटन गर्दै उनले यस्तो धारणा राखेका हुन् ।   आफू प्रधानमन्त्री हुँदा शिक्षा क्षेत्रमा उल्लेख्य बजेट वृद्धि गरिएको उल्लेख गर्दै उनले अध्यक्ष प्रचण्डले भर्खरै सम्पन्न पार्टी केन्द्रीय समितिको बैठकले पनि पार्टीको शिक्षा नीति थप प्रस्ट पारिएको बताए।   आफू प्रधानमन्त्री हुँदा निकै मेहनत गरेर शिक्षा विधेयक ल्याएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यसलाई चाँडोभन्दा चाँडो पारित गर्न जोडबल लगाउने प्रतिबद्धता व्यक्त…
Read More
रवि लामिछानेसहित २२ जनाविरुद्ध रुपन्देहीमा मुद्दा दर्ता

रवि लामिछानेसहित २२ जनाविरुद्ध रुपन्देहीमा मुद्दा दर्ता

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र रवि लामिछानेसहित २२ जनाविरुद्ध रुपन्देही जिल्ला अदालतमा मुद्दा दायर भएको छ। सुप्रिम सहकारीको रकम अपचलनको ठगी तथा सङ्गठित अपराध सम्बन्धी पूरक मुद्दा आइतबार रुपन्देही जिल्ला अदालतमा दर्ता भएको हो। जिल्ला सरकारी वकिल कार्यालयले २५६ पृष्ठ लामो अभियोग पत्रमा सुप्रिम सहकारीका बचतकर्ताहरूको ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ हिनामिना गरेको आरोपमा लामिछाने र गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष छविलाल जोशीसहितलाई मुद्दा दायर गरेको हो। यसअघि जिल्ला सरकारी वकिल कार्यालयले गत वैशाख ३ गते २८ जनाविरुद्ध सहकारी ठगीसम्बन्धी मुद्दा दर्ता गरेको थियो। त्यति बेला १ अर्ब ३ करोड बिगो माग गरिएकोमा हाल पूरक अभियोग पत्र दर्ता गर्दै वकिल कार्यालयले लामिछाने…
Read More