health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्व राजा ज्ञानेन्द्र शाहलाई ठूल्ठूला मूर्ति चोर र वंश मास्ने ‘भाइ मारा’ को आरोप लगाएका छन् । शुक्रवार माओवादी केन्द्र मेलम्ची नगरपालिकाको तेस्रो नगर सम्मेलनलाई सम्बोधन गर्दै उनले पूर्व राजा ज्ञानेन्द्रलाई धेरै चुरीफुरी नगर्न चेतावनी दिएका हुन् ।
उनले भने- ‘धेरै चुरीफुरी नगरे हुन्छ । धेरै मूर्खता पहिला पनि भइसकेको छ । अर्को मूर्खता गरे भने नेपाली जनता, नेपालका राजनीतिक दल उदार हुँदैनन् । त्यति भयानक दरबार हत्याकाण्ड गर्ने मान्छेहरू त उनको परिवारभित्र थिए नि । सबैले बुझेका छन् नेपाली जनताले । त्यसको प्लानर को हुन् भन्ने नेपाली जनताले बुझेका छन् ।’
उनले अहिलेको परिस्थिति खतरनाक भइनै सक्यो भन्ने चाही नरहेको तर दुस्साहस भने भएको टिप्पणी गरेका छन् । प्रचण्डले उक्त दुस्साहसलाई माओवादीले ‘इटको जवाफ पत्थरले दिने’ चेतावनी समेत दिए । प्रचण्डले देशको ठुला–ठुला मूर्ति चोर र वंश नास गर्ने ‘भाइ मारा’ नेपाली जनताले बिर्सिए भन्ने भ्रममा नपर्न ज्ञानेन्द्रलाई सुझाव दिए ।
उनले भने- ‘यो जुन नौटङ्कीहरू देखाइँदै छ । राजा, महाराजाको बारेमा । २५० वर्षसम्म राजा, महाराजाले यो देशलाई कहाँ पुर्याए ? नेपाली जनताले बिर्सिएको छ ? मूर्ति चोर को हुन् ? नेपालका ठूल्ठूला मूर्ति चोरहरू अहिले राजा ? भाइ मारा को हो ? आफ्नै वंश मास्नेले अहिले आएर फेरि धाक लगाउन मिल्छ ? सुन तस्कर को हो ? नेपाली जनताले बिर्सियो भन्ठानेको ?’
प्रचण्डले आफू पहिलो पटक प्रधानमन्त्री भएको बेला दरबार हत्याकाण्डको फेरि एकचोटी छानबिन हुनुपर्छ भनेको भन्दै आफूले ५ वर्ष शासन गर्न नपाउँदा त्यो काम अधुरै रहेको बताए । उनले भने, ‘मैले पहिलाचोटी प्रधानमन्त्री हुँदा दरबार हत्याकाण्डको फेरि एकचोटी छानबिन गर्नुपर्ने छ भनेको थिएँ । मैले त्यति बेला ५ वर्ष शासन गर्न पाएको भए फेरि एकचोटी छानबिन गरेर भाइ मारा र राजद्रोही यिनीहरूलाई इतिहासको कठघरामा ठेगान लगाउने विचार थियो ।’