01
Feb
काठमाडौँ, १८ माघ । नेपाल पुलिस अपराजित रहँदै पीएम कपको फाइनलमा पुगेको छ । बिहीबार सम्पन्न लिग चरणको अन्तिम खेलमा नेपाल पुलिस क्लबले सुदूरपश्चिम प्रदेशलाई ७८ रनले पराजित गरेपछि प्रतियोगितामा अपराजित हुँदै फाइनल खेल्ने भएको हो । नेपाल पुलिस क्लबले दिएको १९९ रनको लक्ष्य पछाएको सुदूरपश्चिम प्रदेशले ३७.१ ओभरमा अलआउट हुँदै १२० रन बनाएको थियो । यस अघि पुलिस क्लबले पहिला ब्याटिङ गर्दै ४७.५ ओभरमा अल आउट भएर १९८ रन बनाएको थियो । मौसम खराब भएपछि यो खेल ४९-४९ ओभर खेलाइएको थियो । योजितसँगै पुलिस क्लबले प्रतियोगितामा आफ्ना सबै ९ खेलमा जित हासिल गर्दै १८ अङ्क हासिल गरेको छ । अब पुलिसले…