health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

काठमाडौँ, १८ माघ । नेपाल पुलिस अपराजित रहँदै पीएम कपको फाइनलमा पुगेको छ । बिहीबार सम्पन्न लिग चरणको अन्तिम खेलमा नेपाल पुलिस क्लबले सुदूरपश्चिम प्रदेशलाई ७८ रनले पराजित गरेपछि प्रतियोगितामा अपराजित हुँदै फाइनल खेल्ने भएको हो ।
नेपाल पुलिस क्लबले दिएको १९९ रनको लक्ष्य पछाएको सुदूरपश्चिम प्रदेशले ३७.१ ओभरमा अलआउट हुँदै १२० रन बनाएको थियो । यस अघि पुलिस क्लबले पहिला ब्याटिङ गर्दै ४७.५ ओभरमा अल आउट भएर १९८ रन बनाएको थियो । मौसम खराब भएपछि यो खेल ४९-४९ ओभर खेलाइएको थियो ।
योजितसँगै पुलिस क्लबले प्रतियोगितामा आफ्ना सबै ९ खेलमा जित हासिल गर्दै १८ अङ्क हासिल गरेको छ । अब पुलिसले फाइनलमा शनिवार ९ खेलमा १४ अङ्क हासिल गर्दै दोस्रो स्थानमा रहेको त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ ।
यो हारसँगै सुदूरपश्चिम प्रदेश ९ खेलमा ८ अङ्कसहित छैटौँ स्थानमा रहेर प्रतियोगिता सकाएको छ ।