27
Jan
म्यानहट, अमेरिका, १२ माघ । शुक्रवार, म्यानहट्टन सङ्घीय अदालतले पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्ध यौन उत्पीडन र मानहानिको मुद्दामा आफ्नो फैसला सुनाएको छ। पूर्व राष्ट्रपति ट्रम्प २०२४ मा राष्ट्रपति पदका उम्मेदवारी अन्तिम अवस्थातर्फ पुग्दा उनलाई यो सजाएँ सुनाइएको हो । अब अदालतको आदेश अनुसार ट्रम्पले लेखक ई जीन क्यारोललाई मानहानि क्षतिपूर्तिको रूपमा ८३.३ मिलियन डलर दिनु पर्नेछ । क्यारोलले मानहानिको लागि १० मिलियन डलरको को माग गरेकी थिइन, तर त्यो भन्दा धेरै अदालतले ८३.३ मिलियन डलर क्षतिपूर्तिको आदेश दिएको हो। ट्रम्पले निर्णयपछि आफ्नो वक्तव्यमार्फत उक्त निर्णयलाई हास्यास्पद भन्दै त्यस विरुद्ध अपिल गर्ने बताएका छन् । समाचार अनुसार ज्युरीले करिब…