Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
Breaking News 1 Archives - Page 29 of 52 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

Breaking News 1

गिरीबन्धु टी स्टेटको जग्गा प्रकरणमा ओली सरकारले गरेको निर्णय सर्वोच्चद्वारा बदर

गिरीबन्धु टी स्टेटको जग्गा प्रकरणमा ओली सरकारले गरेको निर्णय सर्वोच्चद्वारा बदर

काठमाडौँ, २४ माघ । गिरीबन्धु टी स्टेटको हदबन्दी भन्दा बढीको जग्गा सट्टाभर्ना गर्न दिने भनी तत्कालीन ओली सरकारले गरेको निर्णय सर्वोच्च अदालतले बदर गरेको छ । गिरिबन्धु टी स्टेटलाई मन्त्रिपरिषद्ले २०७८ साल वैशाख १३ गते ३४३ बिगाहा जग्गा प्रदेश–१ भित्रै सट्टापट्टा गर्न दिने निर्णय सर्वोच्च अदालतको संवैधानिक इजलासले कानुनी प्रावधान अनुकूल नदेखिएको र अपरिपक्व प्रकृतिको देखिएको भन्दै १३ वैशाख २०७८ सालमा ओली सरकारले गरेको निर्णय बदर गरेको थियो ।  उक्त निर्णय खारेजीको माग गर्दै अधिवक्ता ओमप्रकाश अर्याल, ओमप्रकाश मिश्र र भक्तराज भारती समेतले सर्वोच्चमा मुद्दा दायर गरेका थिए। सर्वोच्च अदालतले फैसलामा भनेको छ, ‘विवादित निर्णय भूमिसम्बन्धी ऐन, २०२१ को दफा १२(ग)…
Read More
माल्दिभ्सका राष्ट्रपतिले संसदलाइ जानकारी दिँदै भने, ‘मे १० सम्म भारतीय सेनाले देश छाडने छन्’

माल्दिभ्सका राष्ट्रपतिले संसदलाइ जानकारी दिँदै भने, ‘मे १० सम्म भारतीय सेनाले देश छाडने छन्’

माले, २४ माघ । मालदिभ्सका राष्ट्रपतिले मार्च १० मा भारतीय सेनाको पहिलो टोलीले देश छाडने जानकारी गराएका छन् । राष्ट्रपति चुनाव जिते पछि पहिलो पटक राष्ट्रपति मोहम्मद मुइज्जुले संसद्मा भाषण दिँदै सो जानकारी गराएका हुन । उनका अनुसार भारतीय सैनिकले मे १० सम्ममा मालदिभ्स छोड्ने बताएका छन् । यति मात्र होइन, उनले आफ्नो भारत विरोधी अडान दोहोर्‍याए र देशले आफ्नो सार्वभौमसत्तामा कुनै पनि बाह्य हस्तक्षेप हुन नदिनेसमेत बताएका छन् । सम्बोधनका क्रममा मुइज्जुले भने कि भारत र मालदिभ्सले मे १० सम्ममा भारतीय सैनिकहरू आफ्नो देश फर्कने सहमतिसमेत गरेका छन्। उनले मार्च १० सम्ममा ३ उड्डयन प्लेटफर्ममध्ये १ छाड्ने छन् भने…
Read More
क्रिकेट विश्वकप लिग-२ को सिरिजको खेल तालिका सार्वजनिक

क्रिकेट विश्वकप लिग-२ को सिरिजको खेल तालिका सार्वजनिक

काठमाडौँ, २३ माघ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइसिसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणीय सिरिजको खेल तालिका सार्वजनिक गरेको छ । नेपालसहित नामिबिया र नेदरल्याण्ड सहितको  क्रिकेट विश्वकप कप लिग-२ अन्तर्गतको यो सिरिज फेब्रुअरी १५ अर्थात् फागुन ३ देखि २४ अर्थात् फागुन १२ गते सम्म काठमाडौँमै हुँदै छ ।  सिरिजको पहिलो खेल नेपाल र नामिबिया बिच फागुन ३ गते हुने छ भने भने दोस्रो खेल नेदरल्याण्डस र नामिबियाबीच फागुन ५ गते हुने छ । त्यस्तै तेस्रो खेल नामिबिया र नेदरल्याण्डसबीच फागुन ७ गते हुने छ भने चौथो खेल नेपाल र नामिबियाबीच फागुन ९ गते हुने छ । त्यस्तै…
Read More
लम्की चुहाका शिक्षा अधिकृतमाथि दलियो कालो मोसो

लम्की चुहाका शिक्षा अधिकृतमाथि दलियो कालो मोसो

गगन अयडी धनगढी, २२ माघ । कैलालीमा एक सरकारी कर्मचारीमाथि कालो मोसो दलिएको छ।  लम्की चुहा नगरपालिकाका शिक्षा अधिकृत गौरीकान्त न्यौपानेमाथि कालो मोसो दलिएको हो। विभिन्न ६ वटा आरोप लगाउँदै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यकर्ताले शिक्षा अधिकृतमाथि कालो मोसो दलेका हुन्। उनीमाथि नगरपालिका भित्र रहेका विद्यालय व्यवस्थापन समिति तथा शिक्षकहरूसँग अभद्र व्यवहार गरेको, शिक्षकहरूबाट कमिसन लिएको, खेलकुद सामाग्री खरिदमा कमिसन लिएको, बिदाको दिनमा सार्वजनिक सवारी साधनको दुरुपयोग गरेको लगायतका आरोप लगाएका छन्।  इलाका प्रहरी कार्यालय लम्कीका प्रहरी नायव निरीक्षक अशोक खड्काले घटनाका विषयमा अनुसन्धान भइरहेको बताएका छन्।
Read More
सङ्घीय संसद्को हिउँदे अधिवेशन आजबाट, यस्तो छ सम्भावित कार्यसूची

सङ्घीय संसद्को हिउँदे अधिवेशन आजबाट, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौँ, २२ माघ । सङ्घीय संसद्को हिउँदे अधिवेशन आजबाट सुरु हुदैँछ । सङ्घीय संसद्को तेस्रो अधिवेशनको पहिलो बैठक संङघीय संसद् भवन, नयाँबानेश्वरमा बस्नेछ । बैठक दिउँसो ४ बजेबाट सुरु हुनेछ ।  सोमबार देखी सुरु हुने प्रतिनिधिसभाको पहिलो बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने छन् । संङघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार सभामुख घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्र तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउने छन् ।  सो पछि सभामुख घिमिरेले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्ने माननीय सांसदहरूको मनोनयनको…
Read More
रुस नियन्त्रित क्षेत्रमा युक्रेनी हमला, २८ को मृत्यु

रुस नियन्त्रित क्षेत्रमा युक्रेनी हमला, २८ को मृत्यु

मस्को, २२ माघ । रुसले कब्जा गरेको पूर्वी क्षेत्र लुहान्स्कको लिसिचान्स्क सहरमा रहेको एउटा बेकरीमा युक्रेनी सेनाले गरेको गोलाबारीमा कम्तीमा २८ जनाको मृत्यु भएको छ । रुसी नागरिक रक्षा, आपत्कालीन तथा प्रकोप राहत मन्त्रालयले मृतकमध्ये कम्तीमा एक बालक रहेको जनाएको छ । रुसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाका अनुसार युक्रेनले अमेरिकाले आपूर्ति गरेको हाई मोबिलिटी आर्टिलरी रकेट सिस्टम प्रयोग गरेर भवनमा आक्रमण गर्दा दर्जनौँ नागरिकहरू भवन भित्र रहेको थिए । रुसी आपत्कालीन मन्त्रालयले जारी गरेको एक भिडियोमा मृत शरीरहरू फेला पारेका थिए र रगतले लतपतिएका मानिसहरूलाई एक तले भवनको भग्नावशेषबाट बाहिर निकालिरहेको देखिन्थ्यो । भवनमा एड्रियाटिक नामको रेस्टुरेन्ट रहेको देखिन्छ,…
Read More
क्यानडाविरुद्ध तथा लिग-२ खेल्ने राष्ट्रिय क्रिकेट टिमको घोषणा

क्यानडाविरुद्ध तथा लिग-२ खेल्ने राष्ट्रिय क्रिकेट टिमको घोषणा

काठमाडौँ, २२ माघ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले क्यानडाविरुद्धको सिरिज तथा आइसिसी पुरुष सीडब्लुसी लिग-२ का लागि टिमको घोषणा गरेको छ । क्यानले क्यानडाविरुद्धको टिममा यू-१९ कप्तान देव खनाल, हेमन्त धामी, रिजन ढकाल,आकाश चन्द र सूर्य तामाङ जस्ता युवा खेलाडीलाई अवसर दिएको छ । त्यस्तै अनिल शाहले लामो समयपछि टिममा कम ब्याक गरेका छन् । त्यसै गरी सीडब्लुसी लिग-२ का लागि सूर्य तामाङ र रिजन ढकाललाई टिममा समावेश गरेको छ । नेपालले क्यानडाविरुद्ध फेब्रुअरी ८ र १२ मा दुई खेल खेल्ने छ भने लिग-२ का खेल फेब्रुअरी १५ देखि २४ सम्म काठमाडौँमै खेल्ने छ । लिग-२ त्रिकोणात्मक सिरिज हुने…
Read More
उपनिर्वाचनका सम्बन्धमा उपप्रधानमन्त्री खड्कासँग निर्वाचन आयोगको छलफल

उपनिर्वाचनका सम्बन्धमा उपप्रधानमन्त्री खड्कासँग निर्वाचन आयोगको छलफल

काठमाडौँ, २१ माघ  । प्रमुख  निर्वाचन आयुक्त दिनेश थपलियाले  रिक्त रहेका विभिन्न २५ पदमा  हुने उपनिर्वाचनका सम्बन्धमा आज उपप्रधानमन्त्री एवम् रक्षा मन्त्री पूर्णबहादुर खड्कासँग छलफल गरेका छन् । प्रमुख निर्वाचन आयुक्त थपलियाले आज सिंहदरबारस्थित रक्षा मन्त्रालयमा उपप्रधानमन्त्री खड्कासँग हालै सम्पन्न राष्ट्रिय सभा निर्वाचन र अब गर्नुपर्ने  उपनिर्वाचनका विषयमा छलफल गरेका हुन् । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य र रक्त स्थानीय तहको उपनिर्वाचनका लागि आयोगले सरकारसँग परामर्श गर्दै आएको छ । विभिन्न कारणले रिक्त रहेका ती पदमा आयोगले उपनिर्वाचन गराउन लागेको हो । निर्वाचन आयोगका अनुसार हाल प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा एक/एक पद रिक्त छ । इलाम निर्वाचन क्षेत्र-२ बाट निर्वाचित नेकपा (एमाले)का…
Read More
जापानलाई हराउँदै इरान एसियन कपको सेमिफाइनलमा

जापानलाई हराउँदै इरान एसियन कपको सेमिफाइनलमा

काठमाडौँ, २० माघ । इरान एसियन कपको सेमिफाइनलमा पुगेको छ । शनिवार सम्पन्न क्वाटर फाइनल खेलमा इरानले जापानलाई २-१ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो । इरानले खेलको ९६औँ मिनेटमा पाएको पेनाल्टी गोल गर्दै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ । इरानको जितमा मोहम्मद मोहेबी र अलिरेजा जहानबख्शले एक एक गोल गरेका थिए । त्यस्तै जापानका लागि हिदेमासा मोरिटाले एक गोल गरेका थिए । अब इरानले सेमिफाइनलमा कतार र उज्बेकिस्तानबिचको विजेतासँग खेल्ने छ । त्यस्तै जापान भने यो हारपछि प्रतियोगिताबाट बाहिरिएको छ ।
Read More
यू-१९ विश्वकप: आज नेपालले भारतको सामना गर्दै

यू-१९ विश्वकप: आज नेपालले भारतको सामना गर्दै

काठमाडौँ, १९ माघ । जारी यु–१९ क्रिकेट विश्वकपको सुपरसिक्स अन्तर्गत आज नेपालले भारतसँग खेल्दैँछ ।  नेपालले यस अघि सुपर सिक्स अन्तर्गतको खेलमा बङ्गलादेशसँग ५ विकेटको हार बेहोरेको थियो । सुपर सिक्सको पहिलो खेलमा भारतले पहिलो खेलमा न्यूजील्याण्डलाई पराजित गरेको थियो । भारत प्रतियोगिताको सेमिफाइनल नजिक रहेको छ । भारतसँगै सेमिफाइनलको दौडमा समूह १ बाट पाकिस्तान र बङ्गलादेश रहेका छन् ।  त्यस्तै नेपाल भने प्रतियोगिताबाट यसअघि नै बाहिरिएको थियो ।   सुपर सिक्सको समूह १ बाट नेपालसहित न्यूजील्याण्ड र आयरल्यान्ड  सेमिफाइनलको दौडबाट बाहिरिएका छन् । नेपालले समूह चरणमा अफगानिस्तानलाई पराजित गरेर २ अङ्क हासिल गर्दै सुपर सिक्समा पुगे पनि अफगानिस्तान सुपरसिक्समा…
Read More