11
Mar
झापा, २८ फागुन । नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकार परिवर्तनको पछिल्लो शृङ्खलालाई ठुलो विषय नभई संसद्मा भएको केही गडबड र गज्याङगुजुङको संज्ञा दिएका छन्। 'सरकार बदलिन्छ, बदलिन दिनुस्,' सोमबार गृह नगर धुलाबारीमा आयोजित एक कार्यक्रममा शर्माले भने, 'समाजमा व्यापक निराशा छ, साझा मञ्चमा उभिएर यो निराशा हटाउनु सक्नु चाहिँ मुलुकको आवश्यकता हो।' महामन्त्री शर्माले राजनीतिक दलमा कायम शङ्का उपशङ्का र अविश्वास त्याग्नु पर्नेमा जोड दिए। 'संसद्मा केही गडबड र गज्याङगुजुङ भएको छ, त्यसकै कारण सरकार परिवर्तन भएको हो, ठुलो हलचल, नौलो र आश्चर्यजनक कुरा केही भएको होइन,' उनले भने, 'यसमा अलमलिएर समय बरबाद गर्ने छुट कसैलाई छैन, राजनीतिक…