health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

काठमाडौँ, २३ फागुन । नेकपा माओवादी केन्द्रका पुनर्गठित सरकारमा अधिकांश पुरानैले निरन्तरता पाएका छन् ।
पुराना मन्त्री मध्ये नारायणकाजी श्रेष्ठ भने गृह मन्त्रालयबाट सरुवा भएर परराष्ट्र मन्त्रालयको जिम्मेवारीमा पुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको एउटै कार्यकालमा श्रेष्ठले तीन तीन मन्त्रालयको जिम्मेवारी पाएका छन् । जसअनुसार सुरुमा नेकपा एमाले र माओवादीको गठबन्धन हुँदा उपप्रधानमन्त्रीसहित भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारीमा थिए, त्यो भत्किएर काँग्रेस–माओवादीको अर्को गठबन्धन भयो । त्यसमा उनी भौतिकबाट सरुवा भएर गृह मन्त्रालयको जिम्मेवारीमा पुगे ।
अहिले काँग्रेससँग गठबन्धन तोडेर एमालेसँग पुनः गठबन्धन हुँदा श्रेष्ठ परराष्ट्र मन्त्रालयको जिम्मेवारी लिने अवस्थामा पुगेका छन् । उनले आजै परराष्ट्र मन्त्रीको हैसियतमा शपथ ग्रहण गर्दै छन् ।
साथै, माओवादीले सबै मन्त्रीहरूलाई दोहोराउँदै पर्यटन मन्त्री सुदन किराँती भने यो पटक आउट हुने एक्ला मन्त्री भएका छन् । उनले सम्भवतः नदोहरिने सङ्केत पाएर हुन सक्छ हिजो नै पुलचोकस्थित मन्त्री क्वाटरबाट झिटी झाम्टा लिएर बाहिरिएका थिए । किराँतीले जिम्मेवारी लिएको पर्यटन मन्त्रालयमा हितबहादुर तामाङ आउने सम्भावना देखिएको छ ।
तर, यसअघि काँग्रेसको गठबन्धनमा रहेका तीन मन्त्री भने पुनः दोहरिने भएका छन् । जसअनुसार श्रेष्ठसहित सूचना तथा सञ्चार मन्त्री रेखा शर्मा, ऊर्जा तथा जलस्रोत मन्त्री शक्ति बस्नेत दोहरिएका छन् ।