Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
समाचार Archives - Page 18 of 84 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

समाचार

ओलीले गिरीबन्धु टी-स्टेटको जग्गा आफूले बेचेर काँग्रेसलाई भन्नुभएछ- देउवा

ओलीले गिरीबन्धु टी-स्टेटको जग्गा आफूले बेचेर काँग्रेसलाई भन्नुभएछ- देउवा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गिरीबन्धु टी-स्टेटको जग्गा बिक्री गर्ने निर्णय एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री भएको बेलामा गरेको आरोप लगाएका छन् । बिहीबार प्रजातान्त्रिक विचार समाजको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले आफूले बेचेको जग्गा काँग्रेसले बेच्यो भनेर आरोप लगाएको भन्दै ओली जस्तो नेताले यस्तो कुरा बोल्न नसुहाउने टिप्पणी गरेका हुन् । ओलीले बुधवार एमालेको संसदीय दलको बैठकमा गिरीबन्धु टी-स्टेटको जग्गा काँग्रेसले ७० बिघा बेचेको आरोप लगाएपछि काँग्रेस सभापति देउवाको यस्तो टिप्पणी आएको हो । देउवाले भने- 'नेपालको राजनीतिमा ओलीजीले बोलेको कुरा बाहिर आएको गिरीबन्धु टी स्टेटको बारेमा, काँग्रेसको पालामा भएको भनेर, आफूले निर्णय गर्नुहुन्छ, काँग्रेसलाई भन्नुहुन्छ, कहिले कुन…
Read More
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत

काठमाडौँ । सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत पाएका छन् । नेपाली काँग्रेस र नाउपाका बहुमत सांसदहरूको नाराबाजीका बिच मुख्यमन्त्री सोडारीले विश्वासको मत लिएका हुन् । आजको विश्वासको मतको मतदानमा काँग्रेस र नाउपाका ५ सांसदले बहिष्कार गरेका थिए । उनीहरूले प्रदेश प्रमुखले संविधान विपरीत मुख्यमन्त्री नियुक्ति गरेको भन्दै विरोध गरेका थिए । आजको मतदान प्रक्रियामा २८ सांसद सहभागी रहेका थिए । सबै २८ मत विश्वासको मतको पक्षमा परेको थियो ।   एकीकृत समाजवादीका सोडारी एमाले र माओवादीको समर्थनमा यही वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । ५३ सदस्यीय प्रदेशसभामा नेपाली काँग्रेसका १८, माओवादी केन्द्रका सभामुखबाहेक १०, एमालेका ११, नागरिक…
Read More
कांग्रेसद्वारा सुदूरपश्चिमको प्रदेशसभा अवरोध, बैठक स्थगित

कांग्रेसद्वारा सुदूरपश्चिमको प्रदेशसभा अवरोध, बैठक स्थगित

धनगढी । नेपाली काँग्रेसले सुदूरपश्चिमको प्रदेश सभा बैठक अवरोध गरेको छ । मुख्यमन्त्री दिर्घबहादुर सोडारीले विश्वासको मत लिने बोलाइएको प्रदेश सभाको बैठकमा काँग्रेसका सांसदहरूले अवरोध गरेपछि बैठक स्थगित भएको छ । काँग्रेसका सांसदहरूले प्रदेश प्रमुखले संविधान विपरीत मुख्यमन्त्री नियुक्ति गरेको र सभामुखले जबरजस्ती प्रदेश सभा बैठक सञ्चालन गर्न खोजेको भन्दै प्रदेश सभामा अवरोध गरेर नाराबाजी गरेका थिए । काँग्रेसको अवरोधपछि सभामुखले ३० मिनेटका लागि बैठक स्थगित गरेका छन् ।
Read More
प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौँ । आज प्रतिनिधिसभाको बैठक बस्दै छ । सङ्घीय संसद् सचिवालयले आ बस्ने बैठकको सम्भावित ९ वटा कार्यसूची तय गरेको छ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा आइतबार पारित हुन नसकेको धन्यवादको प्रस्ताव पनि कार्यसूचीमा समावेश गरिएको छ ।  बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण एवम् मन्त्री तथा राज्यमन्त्री नियुक्ति सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ ।  यस्तै प्रतिनिधिसभा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्ने, प्रधानमन्त्री प्रचण्डले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले गरेको सम्बोधनको प्रति टेबुल गर्ने कार्यसूची तय गरिएको…
Read More
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै

काठमाडौँ । नेकपा एमालेले सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीलाई विश्वासको मत दिने भएको छ । मुख्यमन्त्री सोडारीले आज बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको छ । यसअघि यही वैशाख २१ र २२ गते मुख्यमन्त्रीले विश्वासको मत लिन बोलाइएको बैठक स्थगन गरिएको थियो । सत्ता साझेदार दल एमालेले आफूहरूको तयारी नपुगेको र थप छलफल गर्नुपर्ने अडान राखेपछि बैठक स्थगित गरिएको थियो । एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले केन्द्रको निर्देशनअनुसार मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने निर्णय भएको बताएका छन् । यही वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त सोडारीले संविधानअनुसार एक महिनाभित्र अर्थात् जेठ ५ गतेभित्र विश्वासको मत लिई सक्नुपर्छ ।…
Read More
सन्दीपमाथि लगाइएको क्यानको प्रतिबन्ध फुकुवा

सन्दीपमाथि लगाइएको क्यानको प्रतिबन्ध फुकुवा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गरेको छ । क्यानले पाटन उच्च अदालतको फैसला बमोजिम सन्दीपमाथिको निलम्बन फुकुवा गरेको अध्यक्ष चतुर बहादुर चन्दले जानकारी दिएका हुन् । पाटन उच्च अदालतले आजै सन्दीपलाई बलात्कार मुद्दामा सफाइ दिएको थियो ।
Read More
सन्दीपको मुद्दाको आज पनि पेसी

सन्दीपको मुद्दाको आज पनि पेसी

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनवाइ आज हुँदै छ । मङ्गलवार उच्च अदालत पाटनका न्यायाधीश सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको इजलासमा भएको सुनुवाइ वकिलहरूको बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो । यस मुद्दाको पेसी आजको लागि तोकिएको छ । बहस अन्तिम चरणमा रहेकाले मुद्दाको फैसला पनि आजै आउन सक्ने बताइएको छ ।  
Read More
सरकारी विद्यालयका शिक्षक र कर्मचारी राजनीतिक दलको सदस्य बन्न नपाउने

सरकारी विद्यालयका शिक्षक र कर्मचारी राजनीतिक दलको सदस्य बन्न नपाउने

काठमाडौँ । सरकारले सरकारी सामुदायिक तथा संस्थागतका विद्यालयका प्राध्यापक, शिक्षक वा कर्मचारीले राजनीतिक दलको सदस्य बन्न नपाउने प्रावधानको कार्यान्वयन गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारी शिक्षक र विद्यालयका कर्मचारीले राजनीतिक दलको सदस्य बन्न नपाउने प्रावधानको कार्यान्वयन गरिने घोषणा गरेका हुन् ।   
Read More
नीति तथा कार्यक्रम प्रस्तुत गर्ने संसद्को बैठकमा ओली अनुपस्थित

नीति तथा कार्यक्रम प्रस्तुत गर्ने संसद्को बैठकमा ओली अनुपस्थित

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएका छन् । संसद्को बैठकमा ओली अनुपस्थित भएको विषयमा धेरैले चासो राखेका छन् ।  स्रोतका अनुसार ओलीको स्वास्थ्य राम्रो नभएकोले संसद्मा अनुपस्थित रहेको बताइएको छ ।  उनलाई रुघाखोकी लागेको बुझिएको छ ।
Read More
काँग्रेसको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित

काँग्रेसको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौँ । नेपाली काँग्रेसले प्रतिनिधि सभाको बैठक अवरुद्ध गरेको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि बसेको बैठकलाई नेपाली काँग्रेसले अवरोध गरेको हो । बैठक सुरु हुनासाथ काँग्रेसका सांसदहरूले बेल घेराउ गर्दै नाराबाजी गरेका थिए ।  राष्ट्रपतिले नीति तथा कार्यक्रम पेस गरेपछि धन्यवाद दिने प्रस्ताव पारित गर्न बसेको बैठक काँग्रेसले अवरुद्ध गरेको छ । काँग्रेसले राष्ट्रिय सभामा सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन नगरेसम्म संसद्को कुनै कारबाही अगाडी बढ्न नसक्ने जनाएको छ । काँग्रेसको अवरोधपछि प्रतिनिधि सभाको अर्को बैठक जेठ ३ गते बिहान ११ बजे बस्ने…
Read More