Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
समाचार Archives - Page 19 of 84 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

समाचार

सन्दीपको मुद्दा आज पनि हेर्दाहेर्दैमा

सन्दीपको मुद्दा आज पनि हेर्दाहेर्दैमा

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दा आज पनि हेर्दाहेर्दैमा परेको छ । आज उच्च अदालत पाटनका न्यायाधीश सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको इजलासमा सुनुवाइ भएको थियो । आज दुवै पक्षका वकिलहरूको बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो । 
Read More
सन्दीपको मुद्दामा आज सुनुवाइ हुँदै

सन्दीपको मुद्दामा आज सुनुवाइ हुँदै

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतको फैसलाविरुद्ध क्रिकेटर सन्दीप लामिछानेले उच्च अदालत पाटनमा दिएको पुनरावेदनमा आज सुनुवाइ हुने भएको छ । यसअघि पटक पटक सुनुवाइ स्थगित हुँदै आएको मुद्दाको सुनुवाइका लागि गत वैशाख २३ गते पेशी न्यायाधीश नृप ध्वज निरौला र दुर्गाप्रसाद ढुङ्गेलको इजलासमा तोकिएको थियो। उक्त दिन हेर्न नमिल्नेमा परेपछि आजका लागि पेशी तोकिएको हो ।  अघिल्लो पेसीमा इजलासले मुद्दालाई प्राथमिकतामा राखेर हेर्ने आदेश दिएको थियो । यसअघि वैशाख ३ गते उच्च अदालतले गौशाला २६ ले जन्म दर्तामा जन्म मिति सच्याउन दिएको निवेदन र जन्म मिति स्पष्ट खुल्ने कागजात झिकाउन आदेश दिएको थियो । न्यायाधीश द्वय मुनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद…
Read More
माधव नेपाल भन्छन्- गठबन्धन बदलिन सक्छ

माधव नेपाल भन्छन्- गठबन्धन बदलिन सक्छ

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले वर्तमान गठबन्धन बदलिन सक्ने बताएको छ । पार्टीको पोलिटब्युरो बैठकमा अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा सत्ता गठबन्धनको भविष्य बदलिन पनि सक्ने उल्लेख गरेका हुन् । उनले वर्तमान संसद्को संरचनाअनुसार निर्माण र सञ्चालनका लागि अहिलेको गठबन्धन बनाइएको र यो दीर्घकालीन नभएको उल्लेख गरेका छन् । प्रतिवेदनमा उनले भनेका छन्- 'यो समीकरण वर्तमान संसद्को संरचना अनुसार सरकार निर्माण र सञ्चालनका निम्ति बनाइएको हो। यो दीर्घकालीन होइन तात्कालिक राजनीतिक सहकार्य मात्र हो । त्यसैले तात्कालिक राजनीतिक परिस्थिति बदलियो भने यस्तो तात्कालिक राजनीतिक समीकरण वा सहकार्य पनि बदलिन सक्छ ।’
Read More
सरकारको नीति तथा कार्यक्रम आज, काँग्रेसको अवरोधले अन्यौलता

सरकारको नीति तथा कार्यक्रम आज, काँग्रेसको अवरोधले अन्यौलता

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । सङ्घीय संसद् सचिवालयले सूचना जारी गर्दै राष्ट्रपति पौडेलले आज बस्ने संसद्को संयुक्त बैठकमा अपराह्न ३ बजे सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । नेपाली काँग्रेसले संसद् अवरोध गरिरहेका कारण मङ्गलवार सरकारले प्रस्तुत गर्ने नीति तथा कार्यक्रम नै अन्योलमा परेको छ । काँग्रेसले सहकारी प्रकरणमा मुछिएको भन्दै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समितिको गठनको माग राख्दै संसद्मा अवरोध गरिरहेको छ ।
Read More
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि, कस्तो छ सम्भावित कार्यसूची ?

सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि, कस्तो छ सम्भावित कार्यसूची ?

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको वर्षे अर्थात् बजेट अधिवेशन आजदेखि सुरु हुँदै छ ।  नयाँवानेश्वर स्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आज अपराह्न २ बजेका लागि बैठक आह्वान गरिएको छ । यस अधिवेशनमा आगामी आर्थिक वर्षको आयव्ययको अनुमानित विवरण अर्थात् बजेट जेठ १५ मा संसद्मा पेस हुने छ । त्यसअघि सरकारको वार्षिक नीति तथा कार्यक्रम दुवै सदनको संयुक्त बैठकमा जेठ १ गते राष्ट्रपतिबाट प्रस्तुत हुनेछ । सङ्घीय संसद् सचिवालयका अनुसार आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ ।  त्यसपछि सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने,…
Read More
सुनकोसी डाइभर्सनको निरीक्षणपछि बाबुराम भन्छन्- कृषि क्रान्ति नै देशको समृद्धिको पहिलो आधार

सुनकोसी डाइभर्सनको निरीक्षणपछि बाबुराम भन्छन्- कृषि क्रान्ति नै देशको समृद्धिको पहिलो आधार

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले कृषि क्रान्ति नै हाम्रो दिगो आर्थिक समृद्धिको पहिलो आधार भएको टिप्पणी गरेका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले बुधवार ‘ब्रेक थ्रु’ भएको सुनकोसी मरिण डाइभर्सन सुरुङको स्थलगत निरीक्षणपछि सामाजिक सञ्जालमा टिप्पणी गर्दै  जमिन र पानी सबभन्दा ठुलो प्राकृतिक श्रोत र कृषि नै अझै मुख्य रोजगारी भएको देशमा कृषि क्रान्ति नै हाम्रो दिगो आर्थिक समृद्धिको पहिलो आधार भएको बताएका हुन् । उनले भनेका छन्- सुनकोसी-मरिण डाइभर्सन प्रोजेक्टको सुरूंग निर्माणको सफलता सबैका निम्ति खुसीको कुरा हो । यस सन्दर्भमा हामीले ध्यान दिनुपर्ने सबभन्दा महत्त्वपूर्ण कुरा के हो भने जमिन र…
Read More
कोसीमा नयाँ सरकार गठनविरुद्ध सर्वोच्चमा रिट दायर

कोसीमा नयाँ सरकार गठनविरुद्ध सर्वोच्चमा रिट दायर

विराटनगर । कोसीमा एमालेका हिकमत कार्कीलाई मुख्यमन्त्री बनाएको भन्दै नयाँ सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । बिहीबार निवर्तमान मुख्यमन्त्री केदार कार्कीले रिट दायर गरेका हुन् ।  कार्कीले रिट निवेदनमा अन्तरिम आदेशमार्फत प्रदेश प्रमुखको आह्वानलाई बदर गर्न माग गर्दै आफ्नो सरकारलाई निरन्तरता दिन माग गरेका छन् । प्रदेश प्रमुख परशुराम खापुङले बुधवार राति सरकार गठनको आव्हान गरेर आजै दाबी पेस गरेका एमालेका कार्कीलाई मुख्यमन्त्री नियुक्ति समेत गरिसकेका छन् । 
Read More
मन्त्रिपरिषद्को बैठकमा उपेन्द्र यादव अनुपस्थित !

मन्त्रिपरिषद्को बैठकमा उपेन्द्र यादव अनुपस्थित !

काठमाडौँ । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव मन्त्रिपरिषद् बैठकमा अनुपस्थित भएका छन् । आज बसेको मन्त्रिपरिषद्को बैठकमा उनी अनुपस्थित भएका हुन् ।  उपेन्द्रले जसपा नेपाल विभाजनमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भूमिका देखिएपछि असन्तुष्ट बनेको बताइएको छ । प्रधानमन्त्री प्रचण्डले सार्वजनिक रूपमा नै सरकार टिकाउन जसपा फुटाएको स्वीकार गरेका छन् । अब जसपा नेपालको नेतृत्वमा रहेको मधेस सरकारबाट पनि एमाले र माओवादी केन्द्र बाहिरिने तयारी गरेपछि यादव केन्द्रको समीकरणबाट बाहिरिने सम्भावना बढेको छ । 
Read More
गण्डकी प्रदेश सरकारविरुद्ध परेको रिटको पेसी आज

गण्डकी प्रदेश सरकारविरुद्ध परेको रिटको पेसी आज

काठमाडौँ । गण्डकी प्रदेश सरकारविरुद्ध परेको रिटको पेसी आजलाई तोकिएको छ ।  प्रदेश सरकारले पाएको विश्वासको मतको संविधान विपरीत रहेको भन्दै काँग्रेसका गण्डकी प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले मङ्गलवार सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए । रिटमा उनले सरकारले पाएको विश्वासको मत संविधान विपरीत भएको भन्दा ठुलो दलको हैसियतमा आफूलाई मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गर्न समेत माग गरेका छन् । गएको आइतबार प्रदेशसभामा मुख्यमन्त्री खगराज अधिकारीले राखेको विश्वासको मतबारेको प्रस्तावमा सभामुख कृष्ण धितालले ६० सदस्यमा ३० सांसदको समर्थनलाई विश्वासको मत प्राप्त भनी गरेको घोषणाविरुद्ध रिट दायर गरेका थिए ।  संविधानको धारा १८८ (३) अनुसार बहुमतको लागि ३१ सांसदको…
Read More
उपेन्द्र यादवको अलमल !

उपेन्द्र यादवको अलमल !

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव सरकारमै रहने की बाहिरिने भन्ने विषयमा अन्योलमा परेको देखिएको छ । बुधवार पत्रकार सम्मेलन गरेर सरकारमै रहने बताए पनि उनको आगामी योजना स्पष्ट देखिएको छैन । प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीको सक्रियतामा जसपा नेपाल फुटाइएको स्पष्ट भएपछि पनि उपेन्द्र यादवले सरकार छोड्ने साहस गर्न सकेनन् । उनले जसपा नेपालले वैकल्पिक गठबन्धन बनाउन थालेको कु प्रचार गरेर पार्टी विभाजन गरिएको बताए पनि सरकारमा रहने या बाहिरिने भन्ने बारे अन्योलमै रहेको देखिए । उनले पत्रकार सम्मेलनमा आफूहरू सरकारमै रहेको बताउँदै नयाँ दल गठनको प्रक्रिया असंवैधानिक रहेको जिकिर गरे…
Read More