31
May
काठमाडौँ । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टीमा सत्ता समीकरणमा कुनै समस्या नरहेको ब्रिफिङ गरेका छन् । शुक्रवार सिंहदरबारमा बसेको माओवादी संसदीय दलको बैठकमा प्रधानमन्त्री प्रचण्डले सरकार सहज ढङ्गले अघि बढिरहेको भन्दै वर्तमान सत्ता समीकरणमा कुनै समस्या नरहेको बताएका हुन् । बैठकमा उनले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बुढानीलकण्ठ गएर काँग्रेस सभापति शेरबहादुर देउवासहित विपक्षी दलका नेताहरूसँग भेट गरेको विषयलाई स्वाभाविक रूपमा लिन आग्रह गरेका थिए । साथै बैठकमा प्रचण्डले नेपाल बुढानीलकण्ठ जानु अघि आफूलाई जानकारी गराको बताउँदै सत्ता समीकरण पाँच वर्ष नै टिक्ने दाबी गरेका थिए । बुधवार साँझ अध्यक्ष नेपालले काँग्रेस सभापति देउवासहित जसपा नेपाल…