Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
शिक्षा Archives - Page 6 of 7 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

शिक्षा

आकाशको सूर्यलाई हेला गरे पढाइमा अल्छी भइन्छ है !

आकाशको सूर्यलाई हेला गरे पढाइमा अल्छी भइन्छ है !

शिर्षक अलि फरक छ । आकाशको सूर्यसँग पढाइको के सम्बन्ध ?  भन्न सकिन्छ । पढ्न मन नलागेर पो अल्छी  हुने हो,  भन्न सकिन्छ । तर त्यति मात्र होइन । हिन्दु धर्ममा सूर्यतर्फ फर्केर प्रार्थना गर्ने गरिन्छ । त्यस प्रकारको प्रार्थनामा केही अन्धविश्वास छ र केही विज्ञान पनि । प्राचीन कालका मानिसहरूले सूर्यबाट केही ऊर्जा आएको तथा त्यसबाट केही रोग व्याधि सन्चो भएको आधारमा पनि सूर्यलाई शक्तिको रुपमा पूजा गरेको हुनसक्छ । सूर्यलाई हेला गर्दा म आफै केही दिनदेखि पढाइमा अल्छी भइरहेको अवस्था थियो । बिहानको कसरत पनि कोठाभित्रै गर्ने । पढ्ने लेख्ने, कम्प्युटर पनि कोठाभित्र चलाउने । अनि परिणाम, म…
Read More
प्रिन्सिपल हत्याको विरोधमा मधेसका प्रदेशका विद्यालयहरू बन्द गरिने

प्रिन्सिपल हत्याको विरोधमा मधेसका प्रदेशका विद्यालयहरू बन्द गरिने

बारा, १४ कार्तिक । मधेस प्रदेशका विद्यालयहरू आज बन्द हुने भएका छन् । बाराको एक विद्यालयका प्रिन्सिपल रुपेश सर्राफको हत्याको विरोधमा आज मधेसका विद्यालयहरू बन्द हुन लागेका हुन । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (नेशनल प्याब्सन) को आव्हानमा मधेस प्रदेशका विद्यालयहरू एक दिनका लागि शोक बिदा दिइएको हो । बाराको कलैयास्थित बाल एकता माविको सञ्चालक तथा प्रिन्सिपल सर्राफमाथि सोमवार दिउँसो गोली प्रहार गरिएको थियो । गोली प्रहारबाट घाइते भएका उनको उपचारको क्रममा वीरगन्ज अस्पतालमा मृत्यु भएको थियो । नेशनल प्याब्सनका प्रदेश अध्यक्ष डा. नन्दन यादव र सचिव जितेन्द्र प्रसाद यादवले जारी गरेको विज्ञप्तिमा सर्राफको हत्याप्रति कडा निन्दा र भर्त्सना…
Read More
डा.प्रफुल्ल भन्छन्, ‘छिमेकी, तरकारी पसले सबै डाक्टर भइदिँदा क्यान्सर झनै जटिल बनेको छ’

डा.प्रफुल्ल भन्छन्, ‘छिमेकी, तरकारी पसले सबै डाक्टर भइदिँदा क्यान्सर झनै जटिल बनेको छ’

‘कहिलेकाहीँ मकहाँ बिरामी आउँदा पेट सिटी, बोन स्क्यान, एमआरआई सबै गरिसकेको हुन्छ । बिरामी, आफै डाक्टर भइदिने प्रचलन छ । त्यो तरिका राम्रो होइन ।’ नेपाल क्यान्सर अस्पतालमा ब्रेष्ट अन्को सर्जनको रूपमा कार्यरत डा.प्रफुल्ल शाक्य भन्छन्, ‘क्यान्सरका विभिन्न प्रकारहरू हुन्छ । फरक–फरक क्यान्सरअनुसार फरक प्रकारले उपचार गर्नु पर्ने हुन्छ । तर अहिले सबै आफै डाक्टर भएर पनि समस्या आएको हो । छिमेकी, तरकारी पसले, ड्राइभर, काम गर्ने र बाटोमा हिँड्ने सबै डाक्टर भइदिँदा यो रोग झनै जटिल भइदिने गर्दछ ।’ क्यान्सर रोगलाई महँगो र एकदमै जटिल रोग भनेर चिनिन्छ । नेपालीजस्तो न्यून आय स्तर भएकाहरूलाई त यो रोगले झनै तनाव…
Read More
ज्ञान प्राप्त गर्ने केही रणनीतिहरू

ज्ञान प्राप्त गर्ने केही रणनीतिहरू

हाम्रो सिकाई एकदम तीव्र गतिका साथ हुनुपर्दछ भन्ने होइन । मूल कुरा सिकाइको रणनीति सही हुनुपर्दछ । सिकाइबाट एकै पटक उपलब्धि प्राप्त गरिने होइन । विभिन्न प्रविधि तथा रणनीति प्रयोग गरेर सिकाइको क्षेत्रमा गुणात्मक परिवर्तन सम्भव हुन सक्छ । हामीले सिक्ने तरिका कस्तो हुनुपर्दछ ? त्यसको लागि निम्न रणनीतिहरू उपयोगी हुन सक्दछ । * आफ्नो स्मरण शक्ति बढाउने उपाय खोजौँ * सधैँ नयाँ कुराहरू सिक्न जारी राखौँ * सिक्ने  विभिन्न प्रविधिहरू प्रयोग गरौँ * अरू कसैलाई सिकाउने प्रयास गरौँ  * पहिले नै थाहा भएको कुराहरूसँग नयाँ जानकारी जडान गरौँ * नयाँ-नयाँ अनुभवहरू प्राप्त गर्ने अवसरहरू खोजौँ *  गल्तीहरू,  सिकाई प्रक्रियाको भाग हो भन्ने बुझौँ…
Read More
आज देखी काठमाडौँमा ‘पिएचडी फेस्टिभल’ हुँदै

आज देखी काठमाडौँमा ‘पिएचडी फेस्टिभल’ हुँदै

काठमाडौँ, २२ असोज । आज देखी काठमाडौँमा पिएचडी (बिद्याबारिधी) फेस्टिभल सुरु हुने भएको छ । आज असोज २२ देखी २३ गतेसम्म हुने पिएचडी फेस्टिभलको आयोजना त्रिभुवन विश्वविद्यालयले गरेको हो । त्रिभुवन विश्वविद्यालयको विज्ञान तथा प्रविधि अध्ययन संस्थानले आयोजना गरेको सो फेस्टिभलमा सयौँ बिद्याबारिधी उपाधि प्राप्त डाक्टरहरूको उपस्थिति रहने जनाइएको छ । पहिलो पटक केन्द्रीय विभाग कीर्तिपुरमा हुने दुई दिन फेस्टिभलमा पिएचडी अध्ययनरत शोधकर्ताले प्रस्तुति दिनेछन् । सो अवसरमा विषय विज्ञहरूले आ-आफ्नो कार्यपत्र प्रस्तुत गर्ने तथा एक अर्कालाई अनुभव सुनाउने छन् ।
Read More
‘नयाँ पुस्ताको दृष्टिकोणले देशको भविष्य निर्धारण गर्दछ’

‘नयाँ पुस्ताको दृष्टिकोणले देशको भविष्य निर्धारण गर्दछ’

काठमाडौँ, आश्विन २१ गते । ‘देशका भविष्य कस्तो बन्छ ? आम जनताको दृष्टिकोणले यो प्रश्नको समाधान गर्दछ । आज जनतामा पनि युवाहरूको दृष्टिकोणले यो प्रश्नको समाधान गर्दछ । त्यस कारण नयाँ पुस्ताको कस्तो प्रकारको दृष्टिकोण बन्छ  ? त्यसले नै देशको भविष्य निर्धारण हुने बताउँछन्’ नेकपा(मसाल)का महामन्त्री मोहनविक्रम सिंह । ज्ञानशाला अनुसन्धान केन्द्रको आयोजनामा आश्विन २१ गते केन्द्रको हलमा ‘नयाँ पुस्ता र देशको भविष्य’ विषयक परिचर्चा कार्यक्रममा नेता मोहनविक्रम सिंहले, ‘यदि नयाँ पुस्ता व्यक्तिगत स्वार्थमा मात्र केन्द्रित हुने हो भने देशको भविष्य अझ अन्धकार हुँदै जाने’ बताए – ‘व्यक्तिगत स्वार्थमा आधारित दृष्टिकोण मात्र हाबी हुँदै जाने त्यसका साथै देशमा केही हुँदैन, देशको भविष्य…
Read More
लुम्बिनीमा विश्व बौद्ध संस्कृति प्रदर्शनी सुरु

लुम्बिनीमा विश्व बौद्ध संस्कृति प्रदर्शनी सुरु

लुम्बिनी, २० असोज । लुम्बिनीमा विश्व बौद्ध संस्कृति प्रदर्शनी सुरु भएको छ । बौद्ध दर्शन र संस्कृतिका प्रवर्द्धन गर्ने उद्देश्यसहित शुक्रवारबाट प्रदर्शनी सुरु भएको हो । लुम्बिनी बौद्ध विश्वविद्यालय, लुम्बिनी विकास कोष तथा बेल्ड एण्ड रोड इनिसेटिभको संयुक्त आयोजनामा भएको बौद्ध संस्कृति सम्मेलन तथा बिआरआईको १० औँ वार्षिकोत्सवको उद्घाटन समारोहमा बोल्दै बेल्ड एण्ड रोडको अवधारणाले बौद्ध संस्कृति प्रवर्द्धनमा महत्त्वपूर्ण टेवा पु¥याउने बताए । चिनिया बौद्ध भिक्षु यात्रीहरू फाइयान तथा ह्वेन साङले यात्रा गरेको क्षेत्रमा सिल्क रोडको विकास अवधारणा बनेको वक्ताहरूले बताए । कार्यक्रममा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला श्रीपालिले बौद्ध पुरातत्त्व तथा स्थलसहित संस्कृतिको विकासमा चिनिया यात्रीहरूको ऐतिहासिक…
Read More
विद्यार्थीको क्षमता विकास गर्न  नौलो कार्यक्रम

विद्यार्थीको क्षमता विकास गर्न नौलो कार्यक्रम

भैरहवा, १७ असोज । विद्यार्थीहरूको अन्तर्निहित प्रतिभालाई प्रस्फुटन गर्दै सहकार्यको भावना मै रही आफैमा प्रतिस्पर्धात्मक बनाउन भैरहवामा आठौँ हब सम्मेलन भएको छ । क्वेस्ट नेपाल सिद्धार्थ हबको आयोजनामा स.क्यु.सी. (विद्यार्थी गुणीय चक्र) अन्तर्गतको ८ औँ सम्मेलन भैरहवाको श्री रुपन्देही लीलाराम न्यौपाने माध्यमिक विद्यालयमा भएको हो । देशभर विभिन्न निजी क्षेत्रका विद्यालयहरूको सहभागितामा २५ वटा हब रहेकोमा नेपालकै एक मात्र सामुदायिक विद्यालयहरूको सक्रियतामा सिद्धार्थ हब गठन भएको छ । १० वटा सामुदायिक विद्यालय रहेको सिद्धार्थ हब अन्तर्गतका ६ वटा विद्यालयको विद्यार्थीको सहभागितामा सम्मेलन भएको छ ।  विद्यार्थीहरूको शैक्षिक महोत्सवको रूपमा रहेको एस.क्यु.सी.(विद्यार्थी गुणीय चक्र) सम्मेलनमा पर्यवेक्षकको रूपमा रुपन्देहीका ३ वटा विद्यालयको…
Read More
देशको शिक्षा ध्वस्त हुदैछ  : आचार्य 

देशको शिक्षा ध्वस्त हुदैछ  : आचार्य 

काठमाडौँ : ‘शिक्षालाई स्थानीय निकाय तथा प्रदेशको अधीनमा राख्ने हो भने अबको केही दिनमा देशले लम्पट झोले बाहेक एउटा पनि सभ्य नागरिक उत्पादन गर्न नसक्ने’ संविधानविद् भीमार्जुन आचार्यले बताउनुभयो । प्राइम टेलिभिजनसँगको अन्तरवार्तामा वहाँले ‘त्रिभुवन विश्वविद्यालयलाई ध्वस्त पारिएको छ । त्यस्तै देशलाई शिक्षाको माध्यमबाट ध्वस्त पारिन लागिएको’  बताउनु भयो ।  ‘हरेक स्थानीय निकायमा अलग अलग पार्टीको सरकार छ । ती निकायहरूलाई शिक्षाको स्वरूप निर्धारण गर्न दिने हो भने शिक्षाको पहिचान नै समाप्त हुने’ संविधानविद् आचार्यले भन्नुभयो – ‘युवा र विद्यार्थी, देशको सबैभन्दा ठुलो जनशक्ति हो । तर देशमा भविष्य छैन भन्दै भ्रष्ट राजनीति गर्नेहरू क्रियाशील भएको र शिक्षा प्रणालीलाई पनि…
Read More
कार्ल मार्क्सको पूँजी किन पढ्ने ?

कार्ल मार्क्सको पूँजी किन पढ्ने ?

प्रा. वैंकटेश आत्रेय म कार्ल मार्क्सको “पूँजी” अध्ययन समूहमा संलग्न हुन पुगेँ । मार्क्सद्वारा सन् १८५० र १८६० को समयमा लेखिएको अर्थशास्त्रको यो जटिल पुस्तकलाई कतिपयले अप्रचलित र असान्दर्भिक समेत मान्दछन् । तर मलाई के लाग्यो भने यस समयका मुख्य अर्थशास्त्रका पुस्तकहरूले वास्तविक संसारको व्याख्या गर्न सकेका छैनन्। त्यसैले म “पूँजी” अध्ययन समूहमा संलग्न भएँ, जसले मेरो समग्र जीवनलाई नै परिवर्तन गरिदियो। “पूँजी”को अध्ययनले मेरो जीवन पूर्ण रूपले परिवर्तित भयो । यसले मेरो जीवनलाई कसरी परिवर्तन गर्‍यो भन्ने तथ्यलाई मेरो व्यक्तिगत टिपोटको आधारमा उल्लेख गर्दछु । मैले भारतको एक प्रतिष्ठित संस्थाबाट सन्‌ १९६९ मा रसायन अभियान्त्रीकरण (केमिकल इन्जिनियरिङ) मा डिप्लोमा…
Read More