Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
डा.प्रफुल्ल भन्छन्, ‘छिमेकी, तरकारी पसले सबै डाक्टर भइदिँदा क्यान्सर झनै जटिल बनेको छ’ - Gyaan Ghar

Gyaan Ghar

Advertisement

डा.प्रफुल्ल भन्छन्, ‘छिमेकी, तरकारी पसले सबै डाक्टर भइदिँदा क्यान्सर झनै जटिल बनेको छ’

‘कहिलेकाहीँ मकहाँ बिरामी आउँदा पेट सिटी, बोन स्क्यान, एमआरआई सबै गरिसकेको हुन्छ । बिरामी, आफै डाक्टर भइदिने प्रचलन छ । त्यो तरिका राम्रो होइन ।’ नेपाल क्यान्सर अस्पतालमा ब्रेष्ट अन्को सर्जनको रूपमा कार्यरत डा.प्रफुल्ल शाक्य भन्छन्, ‘क्यान्सरका विभिन्न प्रकारहरू हुन्छ । फरक–फरक क्यान्सरअनुसार फरक प्रकारले उपचार गर्नु पर्ने हुन्छ । तर अहिले सबै आफै डाक्टर भएर पनि समस्या आएको हो । छिमेकी, तरकारी पसले, ड्राइभर, काम गर्ने र बाटोमा हिँड्ने सबै डाक्टर भइदिँदा यो रोग झनै जटिल भइदिने गर्दछ ।’
क्यान्सर रोगलाई महँगो र एकदमै जटिल रोग भनेर चिनिन्छ । नेपालीजस्तो न्यून आय स्तर भएकाहरूलाई त यो रोगले झनै तनाव दिँदै गइरहेको अवस्था छ । आधुनिक जीवन शैलीले गर्दा नेपालमा क्यान्सर बिरामीहरूको सङ्ख्या बढ्दो क्रममा छ । यस प्रकारको चुनौतीपूर्ण अवस्थामा सर्वप्रथम आम मानिस र क्यान्सर सर्वाइभरहरु आफै चनाखो हुनुपर्ने बताउँदै डा.प्रफुल्ल भन्छन्, ‘कतिपय निजी अस्पतालका डाक्टरहरूले भएभरको जाँच गराउँछन् भन्ने रिपोर्टहरू मकहाँ पनि आउने गरेको छ ।’ उनी भन्छन्, ‘त्यसरी जाँच गराउँदा सर्वप्रथम बिरामीले डाक्टरले जाँच गर्न भनेपछि किन ? यो जाँच गरेपछि के हुन्छ ? जस्ता प्रश्नहरू गर्नुपर्दछ । त्यत्तिकै भएभरका जाँचहरू गर्न दिइन्छ भने त्यो राम्रो कुरा होइन र त्यसो गर्नु पनि हुँदैन ।’
क्यान्सर बिरामीको लागि चाहिने किमोको नेपालमा उत्पादन हुँदैन । त्यसैले पनि यसको औषधि महँगो भएको बताउँदै डा.प्रफुल्ल भन्छन्, ‘राज्यको नीतिको कारणले पनि क्यान्सरको उपचार महँगो भएको हो ।’ फेरि पनि विदेशको तुलनामा नेपालमा डाक्टरहरूसँग भेट पनि सहज हुने र औषधि उपचार पनि धेरै सस्तो रहेको उनी बताउँछन् ।
कमजोर आय स्तर भएका क्यान्सर बिरामीहरूको लागि वीर, सिटी जस्ता सरकारी अस्पतालहरू उपयुक्त भए पनि त्यहाँको सरसफाइ तथा दक्ष डाक्टरहरूको समूहप्रति राज्यले ध्यान दिनुपर्ने बताउँदै डा.प्रफुल्ल भन्छन् ‘दक्ष डाक्टरहरूको संरक्षण गर्न नसक्दा उनीहरू विदेश पलायन हुनु दुःखद विषय हो ।’
नेपालको न्यून आय स्तर भएका नेपालीहरूलाई क्यान्सर रोगसँग लड्न आर्थिक तथा समयको दृष्टिले पनि बढी खर्चिलो भएको भन्दै डा.प्रफुल्ल भन्छन्, ‘राज्यले आर्थिक रूपमा केही सहयोग गरे पनि त्यो पर्याप्त छैन । यो रोग सुरु देखि नै महँगो छ । गरिब बिरामीहरूको उपचारको लागि इन्सुरेन्स लगायत विभिन्न नीतिहरू बनाएर उनीहरुलाई आर्थिक रूपमा पर्ने मानसिक तनावबाट मुक्त गर्नुपर्दछ ।’
कतिपय बिरामीहरूमा सुरुमै सबै डायग्नोसिस गरिहाल्नुपर्दछ भन्ने मानसिकताले पनि आर्थिक भार बढेको बताउँदै डा.प्रफुल्ल भन्छन्, ‘सुरुमा कोर बायोप्सी गर्दा महँगो नै हुन्छ । त्यो सरकारी र निजी अस्पतालमा एउटै खर्च हुन्छ ।’ फेरि पनि क्यान्सर रोगको जटिलतालाई कम गर्न सचेतना अभियानको निकै ठुलो महत्त्व हुने उनी बताउँछन् ।
अक्टोबर महिनालाई स्तन क्यान्सर सचेतना अभियानको रूपमा मनाउने गरिन्छ । नेपालमा पनि नेपाल क्यान्सर सर्ववाइभर सोसाइटी लगायत विभिन्न सङ्घ संस्थाहरूले त्यस प्रकारको सचेतना अभियान, विभिन्न रचनात्मक कार्यक्रम सहित सम्पन्न गरेको अवस्था छ । अक्टोबर महिनाको स्तन क्यान्सर सचेतना कार्यक्रमको विशेष महत्त्व रहेको बताउँदै डा.प्रफुल्ल भन्छन्, ‘यो पटक सचेतना कार्यक्रम, युवा महिला विद्यार्थीहरूको बिचमा केन्द्रित भयौँ । उनीहरुलाई क्यान्सरको सुरुवाती चरणमा रोग पत्ता लगाउने पद्धतिहरू सिकाउने काम भयो ।’ उनी भन्छन्, ‘यो रोगलाई जति छिटो पत्ता लगाउन सक्यो त्यति चाँडो निको हुने सम्भावना एकदमै धेरै हुन्छ । त्यसैले सचेतना अभियानमाको विशेष भूमिका हुन्छ ।’
स्तन क्यान्सरको लक्षणको बारेमा स्पष्ट पार्दै डा.प्रफुल्ल भन्छन्, ‘सुरुमा स्तनमा गिर्खा देखिन्छ । त्यो पछि ठुलो हुँदै जान सक्छ । कतिपय अवस्थामा काखीमा पनि गिर्खा हुन्छ ।’ उनी भन्छन्, ‘सबै गिर्खाहरू स्तन क्यान्सर हुँदैन । कसैलाई सामान्य अपरेसन गर्नुपर्ने हुन्छ । त्यसको लागि ब्रेष्ट स्पेसलिष्टलाई देखाएर छिटो भन्दा छिटो रोगलाई निको पार्नुपर्ने हुन्छ ।’
क्यान्सर रोगका विभिन्न कारणहरू हुने बताउँदै डा.प्रफुल्ल भन्छन्, ‘हिरोसिमा र नागासाकीमा भएको परमाणु विस्फोटबाट एक प्रकारको रेडिएसन आएको थियो । दोस्रो विश्वयुद्धको समयमा खसाइएको परमाणु बमले पनि त्यो वरिपरिको क्षेत्रमा धेरै मानिसहरू क्यान्सरको बिरामी भए । त्यही प्रकारको रेडिएसन एक्स-रे, सिटी स्केनहरुमा पनि हुन्छ । यद्यपि आधुनिक चिकित्सा पद्धतिको विकासले त्यस प्रकारको रेडिएसन एकदमै थोरै मात्रामा हुन्छ । यो पनि क्यान्सरको एउटा कारण हुन सक्छ ।’
क्यान्सरका अरू कारणहरूका बारेमा प्रस्ट पार्दै उनी भन्छन्, ‘अहिलेसम्मको तथ्याङ्कअनुसार १० प्रतिशत क्यान्सरको रोग, वंशाणुगत कारणले हुने गरेको छ । आधुनिक जीवनशैली, खानपिन तथा मोटोपनका कारणले पनि यो रोगको सिकार भइन सक्छ ।’ उनी भन्छन्, ‘हरमोनको औषधि खाएर पनि कसैलाई क्यान्सर हुन सक्छ । त्यस कारण क्यान्सरको ठ्याक्कै कुनै एउटा निश्चित कारण हुँदैन ।’

(नेपाल क्यान्सर अस्पतालका ब्रेष्ट अन्को सर्जन डा.प्रफुल्ल शाक्यसँगको कुराकानीको आधारमा)

–समीर सिंह  

प्रतिक्रिया दिनुहोस

राजनीति

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

१२ असोज, काठमाडौँ । जेन-जी आन्दोलनमा भएको दमन र क्षतिको जाँचबुझ गर्न गठित आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृह...
चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

काठमाडौँ, चिनियाँ कम्पनीले मानिसजस्तै देखिने रोबोट बनाएको छ । अचम्मको कुरा के छ भने यो रोबोटले मानिसको सहयोग ब...
विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

छोटो अवधिमा गरिएका विगतका अध्ययनहरूको समीक्षा र दुई भिन्न वर्षका सेटेलाइट नक्साको अवलोकन गर्दा उक्त चार वट...
जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

 काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल विद्यावारिधि सङ्घको सहकार्यमा श्रावण  ८ गते "हाम्रो जीवनशैलीको रूपान्तरण स्वास्थ्य र...