Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
अर्थ Archives - Page 2 of 8 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

अर्थ

आजदेखि लगानी सम्मेलन, १५० परियोजना प्रस्तुत गरिँदै

आजदेखि लगानी सम्मेलन, १५० परियोजना प्रस्तुत गरिँदै

काठमाडौँ ।आजदेखि दुई दिने तेस्रो लगानी सम्मेलन आजदेखि काठमाडौँमा सुरु हुँदै छ । होटेल सोल्टीमा हुने लगानी सम्मेलनको उद्घाटनपछि  पहिलो दिन दुई वटा विशेष सत्र सञ्चालन हुनेछन् । ‘नेपालमा लगानी अवसरको खोजी’ र ‘नेपालमा लगानी भएका आयोजनाको सफलता’सम्बन्धी दुई वटा सत्र पहिलो दिन राखिएको छ । दोस्रो दिन तीन वटा समानान्तर सत्र (प्यारालल सेसन) र हरेक सत्रमा तीन वटा समूहगत छलफल (प्यानल डिस्कसन)हुने बोर्डको कार्यालयले जनाएको छ । दोस्रो दिनको पहिलो सत्रमा नवीकरणीय ऊर्जाको सम्भावना, नवीनतम वित्तीय परिदृश्य, हरित तथा जलवायु उत्थानशील क्षेत्रमा लगानीको अवसर गरी तीन प्यानलमा छलफल हुनेछ । त्यस्तै, दोस्रो सत्रमा हरित वित्त तथा दिगो लगानी, पर्यटन क्षेत्रमा…
Read More
नेपाल अन्तर्राष्ट्रिय लगानीको उत्कृष्ट गन्तव्य- अर्थमन्त्री पुन

नेपाल अन्तर्राष्ट्रिय लगानीको उत्कृष्ट गन्तव्य- अर्थमन्त्री पुन

काठमाडौँ । तेस्रो लगानी सम्मेलन सुरु भएको छ । सम्मेलनलाई सम्बोधन गर्दै अर्थमन्त्री वर्षमान पुनले नेपाल अन्तर्राष्ट्रिय लगानीको उत्कृष्ट गन्तव्य रहेको बताएका छन् । लगानी बोर्डका उपाध्यक्षसमेत रहेका मन्त्री पुनले उद्घाटन सत्रमा सम्बोधन गर्दै नेपाललाई गन्तव्यको रूपमा प्रस्तुत गर्नु सम्मेलनको प्रमुख उद्देश्य रहेको बताएका हुन् । उनले सम्मेलनमार्फत नेपालले विदेशी तथा स्वदेशी लगानी प्रवर्द्धन गर्न नियामक क्षेत्रमा हालै गरिएका सुधारहरूबारे जानकारी गराउनु तथा लगानीका लागि तयार भएका परियोजनाहरू सहित विभिन्न क्षेत्रका आयोजनाहरूको विस्तृत प्रदर्शनी गर्नु पनि सम्मेलनको उद्देश्य रहेको बताए । उनले लगानीकर्ता र सरोकारवालाबिच धेरै सम्झौता र समझदारीका साथै परियोजना विकास र व्यवस्थापनसम्बन्धी सम्झौता हुने विश्वास लिएको भन्दै नेपालका…
Read More
पेट्रोलको मूल्य बढ्यो

पेट्रोलको मूल्य बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगमले पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँले बढाएको हो । इन्डियन आयल कर्पोरेसनबाट नयाँ खरिद मूल्य  प्रतिलिटर ४.७६ रुपैयाँले बढेर आएपछि नेपालमा पनि बढाइएको निगमले जनाएको छ । योसँगै काठमाडौँमा पेट्रोलको मूल्य १७५ रुपियाँ प्रतिलिटर भएको छ । त्यसै गरी डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ०.३९ रुपैयाँ, हवाई इन्धनको मूल्य ०.३८ रुपैयाँ तथा एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २७.४४ रुपैयाँले घटेर आए पनि अहिलेलाई यथावत् राखिएको निगमले जानकारी दिएको छ । नयाँ मूल्य आज राति १२ बजेदेखि लागु हुने निगमले जनाएको छ ।
Read More
हर्क सम्पाङलाई अर्थमन्त्रीले भने- तपार्ईंको अभियानमा म पनि सँगै हुनेछु

हर्क सम्पाङलाई अर्थमन्त्रीले भने- तपार्ईंको अभियानमा म पनि सँगै हुनेछु

काठमाडौँ, १८ चैत । अर्थमन्त्री वर्षमान पुन अनन्तले धरानवासीलाई पिउने पानीको व्यवस्था गर्न सरकार गम्भीर रहेको बताएका छन्।  आइतबार बधाई दिन मन्त्रालय आएका धरानका मेयर हर्क साम्पाङ राईसँग मन्त्री पुनले धरानको खानेपानी समस्याबारे आफू जानकार रहेको बताए। मन्त्री पुनले खानेपानीको दुःखले कतिपय सर्वसाधारण धरानबाट बसाई सरेर अन्यत्र गएको समेत आफूले सुनेको उल्लेख गरे । सरकारले जनतालाई स्वच्छ खानेपानीको व्यवस्थापन गर्न योजना बनाएको जानकारी दिए।  ‘धरान धेरै राम्रो र सुन्दर सहर हो, त्यहाँ म केही समय बसेको पनि छु’, उनले भने, ‘खानेपानी समस्याबारे जानकारी छ । यो बजेटमार्फत केही न केही समाधान खोज्ने प्रयास हुनेछ।’ मन्त्री पुनले खानेपानी आयोजनाको माग सम्बन्धित…
Read More
एमडीएमएस प्रकरणमा प्राधिकरणका तत्कालीन दुई अध्यक्षसहित २० जनाविरुद्ध मुद्दा दायर

एमडीएमएस प्रकरणमा प्राधिकरणका तत्कालीन दुई अध्यक्षसहित २० जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । नेपाल टेलिकमको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिद तथा उपकरण जडानमा अनियमितता गरेको आरोपमा  दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा र पुरुषोत्तम खनालसहित २० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वीकृत गरेको भन्दा बढी रकममा एमडीएमएसको उपकरण खरिद गरी भ्रष्टाचार गरेको आरोपमा उनीहरू विरुद्ध बिहीबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो । अख्तियारले उनीहरू विरुद्ध ९१ करोड ९८ लाख ३० हजार ८८२ बिगो माग गरेको छ । आयोगका  अनुसार  एमडीएमएस खरिद तथा उपकरण जडानमा अनियमितता गरेको पुष्टि हुन आएकाले प्राधिकरणका तत्कालीन अध्यक्ष  झा,  खनाल, पूर्व वरिष्ठ निर्देशक आनन्दराज खनालसहित २० जनाविरुद्ध भ्रष्टाचार मुद्दा…
Read More
सहकारी पीडितको राज्यव्यवस्था समितिमा निवेदन- किन ठगीमा संलग्न सबै पक्राउ परेनन् ?

सहकारी पीडितको राज्यव्यवस्था समितिमा निवेदन- किन ठगीमा संलग्न सबै पक्राउ परेनन् ?

काठमाडौँ, ७ चैत । कास्कीको पोखरास्थित  सूर्य दर्शन बचत तथा ऋण सहकारी संस्थाका पीडित निक्षेपकर्ताले आफूहरूको रकम फिर्ता दिलाउन र ठगीमा संलग्न सबैलाई कानुनी कारबाहीको माग गर्दै संसदीय समितिमा निवेदन दिएका छन् ।  प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिमा सूर्य दर्शन बचत पीडित सङ्घर्ष समितिको तर्फबाट संयोजक किरण श्रेष्ठले दिएको निवेदनमा आफूहरूको निक्षेप फिर्ता दिलाउन र ठगीमा संलग्न सबैलाई पक्राउ गरी कानुनी कारबाही गर्न माग गरेका छन् ।  बिहीबार समिति सभापति रामहरि खतिवडालाई बुझाएको निवेदनमा जिम्मेवार निकाय मौन बसेको र ठगीमा संलग्नहरू सबै पक्राउ नपरेकाले आफूहरूलाई न्याय दिलाउन माग गरिएको छ ।  सूर्य दर्शन संस्थाले १८ हजार सात सय बचतकर्ताको एक…
Read More
नेपालको लगानी सम्मेलनप्रति स्वीट्जरल्याण्डको निजी क्षेत्र आकर्षित

नेपालको लगानी सम्मेलनप्रति स्वीट्जरल्याण्डको निजी क्षेत्र आकर्षित

काठमाण्डौं, १ चैत ।  आगामी वैशाखमा हुने लगानी सम्मेलनमा स्वीट्जरल्याण्ड बाट उल्लेख्य मात्रामा लगानीकर्ता नेपाल आउने भएका छन् । बिहीबार अर्थमन्त्री वर्षमान पुन अनन्तसँगको शिष्टाचार भेटमा नेपालका लागि स्विस राजदूत डेनिएल मेउलीले लगानी सम्मेलन सफल पार्न स्वीटरजरल्याण्डका तर्फबाट सबै प्रकारको सहयोग रहने बताइन् । दूतावासले नेपालको लगानी सम्मेलनमा सहभागी हुन आग्रह गरेको र स्वीट्जरल्याण्डको निजी क्षेत्र नेपालमा लगानी भित्र्याउन इच्छुक रहेको जानकारी उनले दिइन् ।  ‘नेपालमा क्रमशः लगानीको वातावरण बन्दै गएकाले हामीले हाम्रा निजी क्षेत्रका उद्योगी–व्यवसायीलाई नेपालमा लगानी ल्याउन भनेका छौँ’, उनले भनिन्, लगानी सम्मेलनमा स्वीट्जरल्याण्डका व्यवसायीको उत्साहपूर्ण सहभागिता रहने जानकारी गराउन चाहन्छु ।’ उनका अनुसार लगानी सम्मेलन अगाडि नै सकिने…
Read More
५० अर्ब रुपैयाँ बजारबाट तान्दै राष्ट्र बैङ्क

५० अर्ब रुपैयाँ बजारबाट तान्दै राष्ट्र बैङ्क

काठमाडौँ, २४ फागुन । नेपाल राष्ट्र बैङ्कले बजारबाट निक्षेप सङ्कलन उपकरणमार्फत थप ५० अर्ब रुपैयाँ तान्ने भएको छ । राष्ट्र बैङ्कले बजारमा अधिक तरलताको व्यवस्थापन गर्न निक्षेप सङ्कलन उपकरण जारी गर्ने भएको छ । उक्त निक्षेप सङ्कलन उपकरणको बोलकबोल आजै हुने केन्द्रीय बैङ्कले जनाएको छ । राष्ट्र बैङ्कका अनुसार बैङ्क तथा वित्तीय संस्थाहरूको अधिक तरलता खिच्न निक्षेप संकलनमार्फत् ५० अर्ब रुपैयाँ तान्ने भएकोले इच्छुक बैङ्क तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । यसको ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुनेछ ।बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैङ्कले निक्षेप सङ्कलन उपकरण प्रयोग गर्दै आएको छ ।…
Read More
प्रभु बैङ्कका डेपुटी सिइओ न्यौपाने, जसले देउराली सहकारीका अध्यक्षलाई झन्डै एक अर्ब सित्तैमा दिलाए ऋण

प्रभु बैङ्कका डेपुटी सिइओ न्यौपाने, जसले देउराली सहकारीका अध्यक्षलाई झन्डै एक अर्ब सित्तैमा दिलाए ऋण

काठमाडौँ, १५ फागुन । प्रभु बैङ्कका डेपुटी सिइओ मनोज न्यौपानेसहितका व्यक्तिले धितोभन्दा करिब एक अर्ब रुपैयाँ बढी रकम दिलाएको पाइएको छ।  सेन्चुरी बैङ्कको सिइओ हुँदा न्यौपानेले कर्मचारीहरूसँगको मिलेमतोमा धितोभन्दा बढी रकम ऋण प्रवाह गरेको अनुसन्धानले देखाएको हो। न्यौपानेसहित  १० जनालाई मङ्गलवार केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ। उनीहरूलाई सात दिन हिरासतमा राख्न उच्च अदालत पाटनले अनुमति दिएको छ। तत्कालीन सेन्चुरी बैङ्कको सिइओ हुँदा न्यौपानेसहितका व्यक्तिले ललितपुरको देउराली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रवीन्द्र चौलागाईंलाई ऋण दिलाएका थिए।  सेन्चुरी कमर्सियल बैङ्क गत वर्ष प्रभु बैङ्कमा गाभिएको थियो। देउराली बहुउद्देश्यीय सहकारीको रकम ठगी प्रकरणमा पक्राउ परेका चौलागाईं अहिले कारागारमा छन्। उनीसँग अनुसन्धानको सिलसिलामा ब्युरोले सेन्चुरी बैङ्कको ऋण प्रवाहमा…
Read More
सर्वोत्तम सिमेन्टको बुक बिल्डिङ आईपीओमा आजदेखि आवेदन खुला

सर्वोत्तम सिमेन्टको बुक बिल्डिङ आईपीओमा आजदेखि आवेदन खुला

काठमाडौँ, १३ फागुन । सर्वोत्तम सिमेन्टले सर्वसाधारणका लागि आजदेखि आइपिओ निष्कासन तथा बिक्री खुला गरेको छ । यसले पहिलो पटक बुक बिल्डिङमार्फत २७ लाख ७६ हजार ७६ कित्ता सेयर सर्वसाधारणलाई जारी गरेको हो । कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी तथा सामूहिक लगानी कोषलाई सेयर बाँडफाँट गरिसकेको र बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्री खुला गरेको हो ।यसमा फागुन १६ गतेसम्म आवेदन दिन सकिन्छ । उक्त समयमा सबै सेयर बिक्री नभएमा भने फागुन २७ गतेसम्म खुला रहनेछ ।  सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ मार्फत निर्धारण भएको प्रतिकित्ता ३६०.९० रुपैयाँ मूल्यमा आइपिओ जारी गरेको हो ।कम्पनीको सेयर निष्कासन…
Read More