health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

काठमाडौँ, १५ फागुन । प्रभु बैङ्कका डेपुटी सिइओ मनोज न्यौपानेसहितका व्यक्तिले धितोभन्दा करिब एक अर्ब रुपैयाँ बढी रकम दिलाएको पाइएको छ।
सेन्चुरी बैङ्कको सिइओ हुँदा न्यौपानेले कर्मचारीहरूसँगको मिलेमतोमा धितोभन्दा बढी रकम ऋण प्रवाह गरेको अनुसन्धानले देखाएको हो।
न्यौपानेसहित १० जनालाई मङ्गलवार केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ। उनीहरूलाई सात दिन हिरासतमा राख्न उच्च अदालत पाटनले अनुमति दिएको छ।
तत्कालीन सेन्चुरी बैङ्कको सिइओ हुँदा न्यौपानेसहितका व्यक्तिले ललितपुरको देउराली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रवीन्द्र चौलागाईंलाई ऋण दिलाएका थिए।
सेन्चुरी कमर्सियल बैङ्क गत वर्ष प्रभु बैङ्कमा गाभिएको थियो।
देउराली बहुउद्देश्यीय सहकारीको रकम ठगी प्रकरणमा पक्राउ परेका चौलागाईं अहिले कारागारमा छन्। उनीसँग अनुसन्धानको सिलसिलामा ब्युरोले सेन्चुरी बैङ्कको ऋण प्रवाहमा अनियमितता पाएको थियो।
चौलागाईं समेतको लगानी रहेका चार वटा कम्पनीमा सेन्चुरी बैङ्कले ऋण प्रवाह गरेको थियो। ती कम्पनी पूजा ट्रेडिङ एन्ड मार्केटिङ, थ्री ब्रदर्स मार्केटिङ, पूजा मार्केटिङ र अन्नपूर्ण डिस्टिलरी रहेका छन्।
ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक होविन्द्र बोगटीका अनुसार ती कम्पनीमा सेन्चुरी बैङ्कले २ अर्ब ११ करोड ६५ लाख ५५ हजार ७३१ रुपैयाँ ऋण प्रवाह गरेको थियो।
धितो मूल्याङ्कनले १ अर्ब १४ करोड २३ लाख ८४ हजार २५८ मात्र ऋण दिनुपर्नेमा न्यौपानेसहितका व्यक्तिले मिलेमतोमा ९७ करोड ४१ लाख ७० हजार ७७२ रुपैयाँ बढी दिएको देखिएको छ।
चौलागाईंले सहकारीका बचतकर्ताको दुई अर्ब बढी रकम ठगी गरेको पाइएको छ।
चौलागाईंले बचतकर्ताले राखेको शतप्रतिशत रकम आफू र आफ्नो परिवारका सदस्यको नाममा जग्गा खरिदमा लगानी गरेको पाइएको छ।
उनले राजधानीका विभिन्न स्थानमा ११० रोपनी जग्गा खरिद गरेको अनुसन्धानले देखाएको छ।
बोगटीका अनुसार उनले खरिद गरेको तिनमध्येको जग्गाहरू धितो राखेर सेन्चुरी बैङ्कबाट ऋण लिएका थिए।
ऋण लिने क्रममा सिइओसँगै मिलेमतो गरेर करिब एक अर्ब रुपैयाँ धितोभन्दा बढी हात पारेको देखिएको छ।
‘त्यसरी लिएको रकम चौलागाईंले विभिन्न कम्पनी स्थापना गर्न खर्च गरेको देखिएको छ,’ बोगटीले भने।
वीरगन्ज महानगरपालिका-५ घर भई हाल ललितपुर-१० कुपन्डोल बस्ने न्यौपानेसहित पक्राउ पर्नेमा राजेश भण्डारी, दिलीप बराल, सुवासबहादुर श्रेष्ठ, अनुपमा श्रेष्ठ मानन्धर, सविन घिमिरे, रमन श्रेष्ठ, दीपेश प्रधान, तुलसी गौतम र सुनिल बस्नेत छन्।