04
Apr
-डा चूडाप्रसाद ढकाल हाइकु, जापानी कविताको अति सूक्ष्म शैली हो।कविताको यो शैली हाम्रो जीवनको विशालता र महानताको खोजीमा मार्गदर्शक बन्दछ। हाइकुको संक्षिप्त रूप भित्र असीम अर्थ र सौन्दर्य लुकेको हुन्छ, जसले प्रकृति र मानव अनुभवहरूको सानो तर गहिरो झलक प्रस्तुत गर्दछ। हाइकुले जैन बौद्ध धर्मका उपदेशहरूसँग मेल खाने गरी, सचेतना, जीवनको अस्थायित्व, र मानवीय सम्बन्धहरूको महत्वलाई प्रकाशमा ल्याउने काम गर्दछ। मनोरम बिहान पहिलो सूर्य किरणमा- प्रफुल्ल मन!! यस हाइकुले बिहानको एक नयाँ आरम्भ र उसको अद्वितीय सौन्दर्यलाई समेट्दछ। प्रत्येक शब्दले सुन्दर बिहानी क्षणको एक जीवन्त चित्र खिच्छ, जसले पाठकलाई त्यस पलमा सजीव अनुभव गराउँछ। हाइकुसँग हुँदा वा हाइकु लेख्दै गर्दा…