health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

काठमाडौँ । सहरमा बस्ने व्यक्ति व्यक्तिका बिचमा टुक्रिँदै गएको सम्बन्ध जोड्न छिमेकीसँगको संवाद कार्यक्रम थालनी गर्नु पर्ने सुझाव प्राप्त भएको छ । वडा नं. १५ ले आयोजना गरेको ‘मनोसामाजिक परामर्श’ कार्यक्रमका प्रस्तुतिकर्ता बाट यो सुझाव प्राप्त भएको हो ।
सहरमा बस्ने मानिसहरू असाध्यै व्यस्त भए । आपसमा कुराकानी गर्ने समय पाउँदैनन् । छिमेकीसँगको कुरा त परको कुरा । वडाध्यक्ष ईश्वरमान डङ्गोल भन्छन्, ‘भेट भएर आत्मीय हुने वातावरण बनाउनु सामाजिक व्यवस्थापनका कोणबाट एक तहको सफलता हो ।’ मानिसको जीवनमा रस आवश्यक पर्ने भए पनि तनाव व्यवस्थापन गर्न नसकेर व्यक्तिहरू निरस जीवन बिताइरहेको बताउँदै उनले, यसबाट व्यक्तिको स्वास्थ्य, परिवारसँगै समाजको अवस्था जीर्ण हुने धारणा राखे । यो जोखिम घटाउन समाजका सदस्यहरूबिच आत्मीय सम्बन्ध स्थापना बनाउने कार्यक्रम चाहिएको डङ्गोलको भनाइ छ ।
वडाले स्थानीय बासीका बिचमा चलाएको मनोसामाजिक परामर्श अहिलेका लागि जरुरी कार्यक्रम हो । कार्यक्रममा सहभागी वडा नं. ११ का अध्यक्ष हीरालाल तुण्डकारले, यस प्रकारको सिकाइ विस्तार हुने अपेक्षा राखे । कार्यक्रममा वडाका जनप्रतिनिधि र कर्मचारीसँगै स्वास्थ्य स्वयंसेविका, महिला समिति, नागरिक समाज, सङ्घसंस्था, क्लब, उपभोक्ता समिति, टोल सुधार समितिका प्रतिनिधिहरूलाई सहभागी गराइएको थियो ।
एकलाई दुःख पर्दा छिमेकीलाई दुख्दैन । सहानुभूति हुँदैन । साथ हुँदैन । हाम्रा पुर्खाले छोडेर गएको समाजको स्वरूप यो होइन । कार्यपालिका सदस्य मैयाँलक्ष्मी महर्जनले भनिन्, ‘दुःखमा साथ दिने र सुखमा सँगै हाँस्ने समाज चाहिएको छ । यसअघि विभिन्न कारणले भत्किएको यो समाज पुनरुत्थानका लागि हामी काम गरिरहेको छौँ ।’
मान मर्यादा तथा भौतिक सम्पत्तिको महत्त्वाकाङ्क्षाले व्यक्तिलाई निराश र निरस बनाएको बताउँदै प्रशासन विभागका प्रमुख दीपक अधिकारीले भने, ‘नैतिक शिक्षामार्फत मानवीय भाव वृद्धि हुने कार्यक्रमले मानसिक स्वास्थ्यमा गर्नु पर्ने खर्च र स्वास्थ्य क्षति बचाउन सकिन्छ ।’
सरकारले लाभ दिनु पर्ने क्षेत्र र विषयमा लाभ वितरणका लागि वडाले स्थानीय व्यक्ति, टोलवासी, संघसंस्थासँग काम गरिरहेको बताउँदै वडा सचिव प्रमोद अधिकारीले भने, ‘सरकारले के गर्दै छ? जानकारी लिनदिन पनि आत्मीय सम्बन्ध चाहिएको छ ।’
कार्यक्रममा मनोसामाजिक परामर्शदाता सनम पौडेलले, पारिवारिक सम्बन्धबाट व्यक्तिको खुसी सुरु हुने बताउँदै खुसी जोगाउन पारिवारिक सम्बन्ध जोगाउनु पर्ने बताउँदै अहिले यसैमा समस्या रहेको उल्लेख गरे । ‘प्रविधिको प्रयोगले नजिएकालाई टाढा र टाढाकालाई नजिक बनाएको छ । यसले व्यक्तिमा समस्या पर्दा नजिकका बाट साथ नपाउने अवस्था निर्माण भएको छ ।’ उनले भने, ‘व्यक्तिमा यस्तो विचार आउन थालेपछि मनोवैज्ञानिक असर सुरु हुन्छ ।’
वडाले यस अघि सामाजिक तथा भौतिक विकासका लागि स्थानीय सहकार्य प्रक्रियाका विषयमा वडाका सङ्घसंस्थाका प्रतिनिधिहरूलाई प्रशिक्षण प्रदान गरिसकेको छ । यस्तै स्थानीय विवाद, ती विवाद समाधानका लागि अवलम्बन गर्नु पर्ने कानुनी प्रक्रियाका बारेमा प्रशिक्षण सञ्चालन गरिसकेको छ ।