health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
पटना, ३ मङ्सिर । बिहारको सोनपुर मेलामा २ करोड ५ लाख भारतीय रुपैयाँको मुर्रा जातको भैँसी आकर्षणको केन्द्र बनेको छ ।
एक किसानले बनारसबाट मेलाका लागि बिहार ल्याएका छन् । भैँसीको नाम राजा हो, जसको उमेर तीन वर्ष रहेको बताइएको छ ।
तर बिहारमा रक्सी पिउन नपाएका कारण सो भैसींको चमक घटेको राजाका मालिक बताउँछन् । जानकारीका अनुसार यो भैँसीले दैनिक दुई बोतल बियर पिउने गरेको छ ।
बिहारको सोनपुर मेलामा ल्याइएको भैँसीको मूल्य २ करोड ५ लाख रुपैयाँ रहेको छ, जुन मुर्रा जातको हो । बिहारको सोनपुर मेलामा बिक्री गर्न बनारसबाट ल्याइएको हो । यस भैँसीको विशेष कुरा यो हो कि यसले हरेक दिन बियरको बोतल पिउने गर्छ ।
बिहारमा आउने यो भैँसीले धेरै समस्या झेलिरहेको छ किनभने बिहारमा रक्सी निषेध गरिएको छ। यसबारे भैँसीका मालिकले बियर नपाउँदा भैँसीको चर्को चमक घटेको बताउँछन् । जसका कारण उनी अलिकति सुस्त देखिन्छन् ।
भैँसी मालिकका अनुसार मोकामाका पूर्व विधायक अनन्त सिंहले उनीसँग भिडियो कलमा कुरा गरेका थिए। उनले भिडियो कलमार्फत राजालाई देखेका थिए। मालिकले आफ्नो भैँसीको मूल्य २ करोड रुपैयाँभन्दा बढी रहेको जनाउँदै अनन्त सिंहले मात्रै किन्न सक्ने बताए । उनका अनुसार उनी बाहेक यो भैँसी अरू कसैले लिन सक्दैन । बिहारका शक्तिशाली नेता आनन्द सिंह सोनपुर मेलामा पुगे तर भैँसी किन्न भने चाहेनन्, न्युज २४ ले लेखेको छ ।
यसअघि पनि भारतमा २३ करोड मूल्यको भैँसी भाइरल भइसकेको छ । जसको नाम अनमोल भनियो । यसअघि पटनाको भेटेरिनरी ग्राउन्डमा भएको डेयरी एन्ड क्याटल एक्स्पोमा १० करोडको भैँसी गोलु–२ पुगेको थियो ।