health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
२१ मंसिर,काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको अर्थतन्त्रमा सुधार आएको दाबी गरेका छन् ।
बिहीबार आयोजित ‘रेस्पोन्सेवल विजनेश समिट’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशको अर्थतन्त्रमा सुधार आएको र थप सुधारका लागि नयाँ घोषणा गर्ने तयारी भइरहेको जानकारी दिए ।
समिटलाई प्रधानमन्त्री प्रचण्डले गरेको सम्बोधनको पूर्णपाठ :
कार्यक्रमका सभापति एवं राष्ट्रिय व्यवसायिक पहलका अध्यक्ष कुशकुमार जोशी ज्यू,
विभिन्न संघसंस्थाबाट पाल्नुभएका अतिथिज्यूहरू,
मिडियाकर्मी मित्रहरू,
उपस्थित सम्पूर्ण महानुभावहरु।
राष्ट्रिय व्यवसायिक पहलले निरन्तर रुपमा गर्दै आएको जिम्मेवार व्यवसाय सम्मेलन Responsible Business Summit को चौंथो संस्करणमा सहभागी हुने अवसर दिनुभएकोमा धन्यवाद व्यक्त गर्दछु। साथै यस कार्यक्रमको भव्यतम् सफलताको शुभकामना व्यक्त गर्दछु।
Adapting to Emerging Business Realities भन्ने नाराका साथ आयोजित चौंथो सम्मेलन मुलुकको अर्थतन्त्रसामु देखिएको दवाव सम्बोधन गर्दै सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकता र लक्ष्य प्राप्तिमा सहायकसिद्ध हुने मैले विश्वास लिएको छु।
NBI ले अत्यन्त समयसामयिक कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममार्फत समाज, वातावरण र अर्थतन्त्र जस्ता जल्दोबल्दो विषयमा विश्वमा भईरहेका नविनतम सुधार र प्रयासमा हुने वृहत छलफल र अन्तरक्रियाबाट मुलुकले अवलम्वन गर्नुपर्ने आगामी कार्यदिशा तय गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दछु।
सामाजिक उत्तरदायित्व क्षेत्रको विकासको क्षेत्रमा NBI ले निर्वाह गर्दै आइरहेको भूमिका सराहनीय छ। व्यवसायिक आचारसंहिताको पालना र जिम्मेवार व्यवसाय भन्ने मूल नाराका साथ अभियान सञ्चालन गरिरहेको NBI ले आगामी दिनमा समग्र निजी क्षेत्रमा नेतृत्वदायी भूमिका खेल्न सकोस् भन्ने शुभकामना व्यक्त गर्दछु। व्यवसायिक आचारसंहिताको पालना र जिम्मेवार व्यवसाय भन्ने मूल नाराका साथ अभियान सञ्चालन गरिरहेको NBI ले आगामी दिनमा समग्र निजी क्षेत्रमा नेतृत्वदायी भूमिका खेल्न सकोस् भन्ने शुभकामना व्यक्त गर्दछु।
उद्यमी व्यवसायी समेत सम्मिलित हालै युएईमा आयोजित सम्मेलनमा मैले नेपाललाई लगानीको गन्तव्य बनाउन आग्रह गरेको छु। सरकारले यसका लागि आवश्यक कानुनी तथा नीतिगत आधार तयार गर्न प्रतिबद्ध छ। सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन विभिन्न आर्थिक कार्यक्रमहरु अगाडि सारेको छ। तर यसका लागि व्यवसाय र समाज सबै सरोकारवालाहरु जिम्मेवार बन्नुपर्दछ।
जिम्मेवार व्यवसायिक अभ्यासहरू नैतिक सामाजिक दृष्टिकोणबाट मात्र नभई व्यावसायिक रणनीतिका हिसाबले पनि फाइदाजनक छन्। जिम्मेवार अभ्यासहरुमार्फत् व्यवसायहरूले दिगो विकासमा योगदान दिन र समाजमा सकारात्मक प्रभाव सिर्जना गर्न सक्छन्।
मुलुकको प्रमुख साझेदार निजी क्षेत्रमात्र होइन, सरकार र राज्यका सबै निकाय उत्तिकै जिम्मेवार रुपमा प्रस्तुत हुन आवश्यक छ। सुशासन र भ्रष्टाचार नियन्त्रणमा सरकारले चालेको कदममा सबैको साथ र सहयोगको लागि आग्रह गर्दछु।
यहाँहरु सबैलाई अवगत नै छ– अर्थतन्त्रको क्षेत्रमा विद्यमान दवावलाई चिर्न र देशभित्र लगानीको वातावरणसहित आशाको रक्तसञ्चार गर्न मैले लगातार प्रयास गर्दै आएको छु। केही दिन पहिला मात्र मैले सरकार, निजी क्षेत्र र आर्थिक क्षेत्रका विज्ञहरु सम्मिलित बैठकको आयोजना गरेर अर्थतन्त्रमा सुधार ल्याउन बृहत अन्तरक्रिया गरेको छु। अन्तरक्रियापछि केही महत्वपूर्ण घोषणाहरुसमेत गरिएको छ। मेरो विश्वास छ– उक्त अन्तरक्रिया र घोषणाले अर्थतन्त्रमा सुधार ल्याउन महत्वपूर्ण भूमिका खेल्नेछ।
तथ्यांक हेर्दा अर्थतन्त्रमा सुधारको अनुभूति हुँदै गएको देखिन्छ। तर, व्यवहारमा आम जनतामा आशाको रक्तसञ्चार सिर्जना गर्न अझै मेहेनत गर्नुपर्ने परिस्थिति हाम्रासामु छ। त्यसैले मैले अर्थतन्त्र सुधारमा केन्द्रित रहेर अझ बृहत बैठक र केही नयाँ घोषणसमेत गर्ने तयारी गरिरहेको छु। यसमा समेत यहाँहरुको सक्रिय सहभागिता, महत्वपूर्ण सुझाव र कार्यान्यवनमा जिम्मेवारीवोध एवं तत्परता रहनेछ भन्ने मैले विश्वास लिएको छु।
हिजो मात्रै शासकीय सुधारको विषयमा केन्द्रित रहेर नेपाल सरकारका बहालवाला र भूतपूर्व राष्ट्रसेवक कर्मचारीहरुको बृहत गोष्ठीको आयोजना गरिएको छ। त्यसबाट समेत केही महत्वपूर्ण सुझाव र दिशानिर्देश प्राप्त भएको छ। शासकीय सुधारका क्षेत्रमा केही नयाँ गर्न सकियो भने त्यसको प्रत्यक्ष प्रभाव अर्थतन्त्रमा देखिनेछ भन्ने हामीले विश्वास लिएका छौं।
कार्यक्रममा विज्ञज्यूहरुवाट प्रस्तुत कार्यपत्र तथा छलफलबाट उद्यमी व्यवसायी, सरोकारवाला सहभागी सवै लाभान्वित हुनुका साथै यसबाट प्राप्त सुझाव तथा छलफलले निति निर्माणमा सहयोग पुग्ने अपेक्षा व्यक्त गर्दछु। दुई दिनसम्म सञ्चालन हुने यस महत्वपूर्ण कार्यक्रममा यहाँहरु अभिरुचिपूर्वक सहभागी हुनुहुने विश्वास व्यक्त गर्दछु।
अन्त्यमा, कार्यक्रमले सरकार, निजी क्षेत्र र समानका अग्रणी निकायलाई एकै मञ्चमा ल्याएर जिम्मेवार बन्नुपर्छ भन्ने सन्देश प्रवाह गर्न सफल हुनेछ भन्ने विश्वास व्यक्त गर्दछु। सरकार राष्ट्रिय व्यवसायिक पहललाई आवश्यक सहयोग र साझेदारीका लागि प्रतिबद्ध रहेको विश्वास दिलाउँछु। धन्यवाद।