Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
समाचार Archives - Page 35 of 84 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

समाचार

‘देशभित्रै सम्भव छ’ भन्ने भाष्य निर्माण गरौँ: प्रधानमन्त्री

‘देशभित्रै सम्भव छ’ भन्ने भाष्य निर्माण गरौँ: प्रधानमन्त्री

काठमाडौँ, ७ फागुन। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बौद्धिक जनशक्तिको पलायनलाई रोक्न देशभित्रै सम्भव छ भन्ने सकारात्मक भाष्यको निर्माण गर्न जरुरी रहेको बताएका छन् । सोमबार दिउँसो समाजवादी मोर्चासम्वद्ध समाजवादी मञ्चले आयोजना गरेको शैक्षिक अन्तरक्रियामा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् ।  कार्यक्रममा प्रधानमन्त्रीले बौद्धिक पलायनलाई रोक्न विश्व बजारमा प्रतिस्पर्धी र गुणस्तरीय जनशक्ति उत्पादन गर्ने कार्यभारलाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘‘आजको हाम्रो प्रमुख बहस भयावह रूपमा देखा परेको बौद्धिक पलायनलाई रोक्न विश्व बजारमा प्रतिस्पर्धी र गुणस्तरीय जनशक्ति उत्पादन गर्नु हो। त्यसका निम्ति आम नागरिकमा ‘‘देशभित्रै सम्भव छ’’ भन्ने सकारात्मक भाष्य निर्माण गर्न आवश्यक छ। गुणस्तरीय, प्रतिस्पर्धी, नवप्रवर्तनमुखी…
Read More
गगनलाई सभापति देउवाको जवाफ– भविष्यमा गठबन्धन गर्ने नगर्ने निर्णय अहिले नै गर्नु उचित हुँदैन

गगनलाई सभापति देउवाको जवाफ– भविष्यमा गठबन्धन गर्ने नगर्ने निर्णय अहिले नै गर्नु उचित हुँदैन

काठमाडौँ, ७ फागुन । । नेपाली काँग्रेसको महासमिति बैठक सुरु भएको छ । ललितपुरको गोदावरीमा सोमबारबाट महासमिति बैठक सुरु भएको हो । महासमिति बैठकमा महामन्त्री गगन थापाले पेस गर्ने साङ्गठनिक प्रतिवेदनमा समेटिएको गठबन्धनको विषयलाई लिएर सभापति शेरबहादुर देउवाले असन्तुष्टि व्यक्त गरेका छन् ।  महामन्त्री थापाले तयार पारेको साङ्गठनिक प्रतिवेदनमा समेटिएको चुनावअघि गठबन्धन नगर्ने शब्द हटाउने प्रयास गरिरहेका सभापति देउवाले बैठकको उद्घाटन सत्रमै यसबारे धारणा राखेर आफ्नो असहमति देखाइसकेका छन् ।  बैठक सुरु हुनुअघि सोमबार बिहान आफ्नै निवास बुढानीलकण्ठमा सभापति देउवाले महामन्त्री थापासँग चुनावअघि गठबन्धन नगर्ने शब्द हटाउन आग्रह गरेका थिए । तर, महामन्त्री थापाले मानेनन् । फेरि छलफल गर्ने गरी…
Read More
आज वाट काँग्रेस महासमिति बैठक, १२ सय बढी प्रतिनिधि सहभागी हुने

आज वाट काँग्रेस महासमिति बैठक, १२ सय बढी प्रतिनिधि सहभागी हुने

काठमाडौँ, ७ फागुन । आजबाट नेपाली काँग्रेसको महासमिति बैठक सुरु हुदैँछ ।  गोदावरी सनराइज, ललितपुरमा आजबाट सुरु हुने महासमिति बैठकमा दिउँसो १ बजेबाट सुरु हुनेछ ।   सो महासमिति बैठकको उद्घाटन सभापति शेरबहादुर देउवाले गर्नेछन् । आजबाट सुरु हुने महासमिति बैठकमा १ सय ६५ केन्द्रीय पदाधिकारी तथा सदस्यसहित १ हजार ७ सय ८० महासमिति सदस्य, नेपाली जनसम्पर्क समितिका ८९ जना, भातृ तथा शुभेच्छुक संस्थाहरूबाट ६९ जना, महासमितिका सदस्य नरहेका प्रदेश सभापति, जिल्ला  सभापति र भ्रातृ सङ्घ तथा शुभेच्छुक संस्थाका केन्द्रीय अध्यक्षहरूको उपस्थिति रहने छ । प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माका अनुसार गत फागुन ४ को केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत भई…
Read More
पूर्व सचिव भीम उपाध्यायसहित १८ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

पूर्व सचिव भीम उपाध्यायसहित १८ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौँ, ६ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व सचिव भीम उपाध्यायसहित १८ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।  आयोगले मेलम्ची खानेपानी परियोजनामा भ्रष्टाचार गरेको अभियोगमा तीन पूर्व सचिवसहित १८ जनाविरुद्ध आइतबार विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दर्ता गरेको अख्तियार प्रवक्ता नरहरि घिमिरेले बताए ।  प्रवक्ता घिमिरेका अनुसार मेलम्ची खानेपानी विकास समितिको बोर्डका तत्कालीन अध्यक्ष एवं खानेपानी मन्त्रालयका तत्कालीन सचिव डा. सञ्जय शर्मा, भीम प्रसाद उपाध्याय, गजेन्द्र कुमार ठाकुर, समितिका कार्यकारी निर्देशकसहित १८ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको हो ।  प्रतिवादीहरूबाट ४ देखि ८९ करोड रुपैंयासम्म अख्तियारले माग दाबी गरेको छ । प्रवक्ता घिमिरेका अनुसार तत्कालीन सचिव भीम प्रसाद उपाध्यायलाई ४…
Read More
धरानमा प्रहरी र स्थानीयबिच झडप

धरानमा प्रहरी र स्थानीयबिच झडप

सुनसरी, ६ फागुन । इलाका प्रहरी कार्यालय धरानको गेटमा धरान उपमहानगरपालिका-१९ का स्थानीयवासी र प्रहरी बिच झडप भएको छ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको दक्षिणी जङ्गलतर्फको गेटमा डोजर लगाएर भत्काउने दुई जना पक्राउ परेपछि झडपको अवस्था सृजना भएको हो ।  नेकपा माओवादी केन्द्रले जनतासँग माओवादी विशेष रूपान्तरण अभियानअन्तर्गत उक्त दक्षिणी गेट आवागमन खुला गर्नुपर्ने माग राख्दै आएको थियो । सोही क्रममा डोजर लगाएर भत्काउने २ जनालाई पक्राउ गरेपछि स्थानीयवासी र प्रहरीबिच झडप भएको छ ।  माओवादी केन्द्र १९ नम्बर कमिटीको अगुवाइमा शनिवार दिउँसो गेट भत्काइएको थियो । नेकपा माओवादी केन्द्रले जनतासँग माओवादी विशेष रूपान्तरण अभियानअन्तर्गत उक्त दक्षिणी गेट आवागमन खुल्ला गर्नुपर्ने माग…
Read More
बालुवाटार प्रकरणमा मीनबहादुर गुरुङलाई दुई वर्ष कैद सजाय, पूर्व मन्त्री चन्द्रदेव जोशीले पाए सफाइ

बालुवाटार प्रकरणमा मीनबहादुर गुरुङलाई दुई वर्ष कैद सजाय, पूर्व मन्त्री चन्द्रदेव जोशीले पाए सफाइ

काठमाडौँ, ४ फागुन । बालुवाटारको जग्गा हिनामिना प्रकरणमा विशेष अदालतले भाटभटेनी सुपर मार्केटका मालिक मीनबहादुर गुरुङलाई दुई वर्ष कैद सजाय सुनाएको छ।  विशेष अदालतका न्यायाधीश त्रय खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले उक्त फैसला गरेको हो। 'मोहीको भूमिकामा रहेका प्रतिवादीहरूको बयान समेतबाट अनधिकृत मोही खडा गरी सरकारी जग्गा सट्टाभर्ना गर्ने गराउने कार्यमा मतियारको भूमिका निर्वाह गरी सट्टा भर्नाको जग्गा प्रतिवादीहरू मीनबहादुर गुरुङ, राम कुमार सुवेदी र शोभाकान्त ढकालले नै आफ्नो र आफन्तको नाममा राजीनामा रजिस्ट्रेसन गरेको देखिएको अवस्था हुँदा सट्टाभर्नाको कार्यबाट गैर कानुनी लाभ लिने प्रतिवादीहरू मीनबहादुर गुरुङ, रामकुमार सुवेदी र शोभाकान्त ढकाललाई भ्रष्टाचार निवारण ऐन २०५९ को…
Read More
कपिलवस्तुमा रात्रि बस दुर्घटना, १० जनाको मृत्यु

कपिलवस्तुमा रात्रि बस दुर्घटना, १० जनाको मृत्यु

लुम्बिनी, ३ फागुन । कपिलवस्तुमा यात्रुवाहक बस दुर्घटना हुँदा १० जनाको ज्यान गएको छ। कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर १ सुरही पुल नजिकै बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको हो।  बुधवार राति १ बजे महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको सुनौलो महाकाली यातायातको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।  सुनौलो महाकाली यातायातले सञ्चालन गरेको सु–प–प्र–०२–००१ ख ००९८ नम्बरको बस बाटोबाट २ सय मिटर तल खसेको थियो। दुर्घटनामा परी ३० जना घाइते भएका छन्। घाइते मध्ये ९ जनालाई उपचारका लागि बुटवल रिफर गरिएको छ। अन्यको सञ्जीवनी र आधारभूत अस्पतालमा उपचार भइरहेको कपिलवस्तुका प्रहरी उपरीक्षक नवरत्न पौडेलले बताए।   जिल्ला…
Read More
रवि लामिछाने र जिबी राईको विवरण पठाउन २० वटा बैङ्कलाई सम्पत्ति शुद्धीकरण विभागको चिठी

रवि लामिछाने र जिबी राईको विवरण पठाउन २० वटा बैङ्कलाई सम्पत्ति शुद्धीकरण विभागको चिठी

काठमाडौँ, २ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छानबिनमा परेका छन्। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले लामिछाने र ग्यालेक्सी फोरके टेलिभिजनका मालिक गितेन्द्रबाबु राईमाथि छानबिन थालेको हो। यस क्रममा विभागले लामिछाने र राईको बैङ्किङ खाताको विवरण मागेको छ। माघ ८ गते नेपाल बैङ्कसहित अन्य १९ वटा बैङ्कलाई लामिछाने र राईको विवरण मागेको छ। चिठीमा सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरको जाँचबुझको सिलसिलामा आवश्यक परेकाले बैङ्क खाता विवरण, खाता खोल्दाको कागजातहरू र बैङ्क मौज्दात पठाइदिन अनुरोध गरिएको छ। राई सूर्यदर्शनलगायत सहकारी ठगी प्रकरणमा फरार छन्। नेपाल प्रहरीले उन विरुद्ध डिफ्युजन नोटिस जारी गरेको छ। लामिछाने राईका व्यापारिक साझेदार हुन्।…
Read More
ललिता  निवासको फैसला आजै आउन सक्ने

ललिता  निवासको फैसला आजै आउन सक्ने

काठमाडौँ, २ फागुन । ललिता निवास जग्गा घोटाला प्रकरणको मुद्दाको फैसला सम्भवतः आज सुनाइने भएको छ ।  गत माघ २ गतेदेखि विशेष अदालतमा निरन्तर सुनुवाइ भएको सो मुद्दाको सुनुवाइ मङ्गलवार सकिए पछि सम्भवतः आज फैसला सुनाउन लागिएको हो ।  विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीका अनुसार सुनवाइ सम्पन्न भएकाले सम्भवतः बुधवार नै फैसला सुनाउने गरी तयारी भएको छ । पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदार, पूर्व मन्त्री चन्द्रदेव जोशी र भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङलगायत सो मुद्दामा तानिएका छन् ।
Read More
राजमो भन्छ ः सरकारी जग्गाको अवैध कब्जाको निष्पक्ष जाँच होस्

राजमो भन्छ ः सरकारी जग्गाको अवैध कब्जाको निष्पक्ष जाँच होस्

काठमाडौँ, फागुन १ । सरकारी जग्गालाई अवैध प्रकारले कब्जा गर्नु गलत भएको भन्दै राष्ट्रिय जनमोर्चा कार्यालयले विज्ञप्ति जारी गरेको छ । पार्टी अध्यक्ष चित्रबहादुर के.सी.ले हस्ताक्षर गरेको विज्ञप्तिमा बाँसबारी जुत्ता कारखानाको जग्गा, ललिता निवास, गिरीबन्धु टी स्टेटका जग्गाहरूको कब्जाको बिषयमा निष्पक्ष जाँच गरी दोषीलाई कारबाही गर्न समेत माग गरिएको छ ।  विज्ञप्ति को पूर्ण पाठ यस प्रकार छ ः बाँसबारी जुत्ता कारखानाको जग्गालाई अवैध प्रकारले कब्जा गरेको भन्ने विषयमा राष्ट्रिय जनमोर्चाको गम्भीर ध्यान आकर्षित भएको छ । नेपालमा अहिले धेरैतिर त्यस प्रकारका सरकारी जग्गाहरूमा कब्जा गर्ने कार्यहरू भइरहेका समाचार विभिन्न सञ्चार माध्यममा आइरहेका छन् । हाम्रो जोड यो कुरामा छ कि त्यस…
Read More