Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
बालुवाटार प्रकरणमा मीनबहादुर गुरुङलाई दुई वर्ष कैद सजाय, पूर्व मन्त्री चन्द्रदेव जोशीले पाए सफाइ - Gyaan Ghar

Gyaan Ghar

Advertisement

बालुवाटार प्रकरणमा मीनबहादुर गुरुङलाई दुई वर्ष कैद सजाय, पूर्व मन्त्री चन्द्रदेव जोशीले पाए सफाइ


काठमाडौँ, ४ फागुन । बालुवाटारको जग्गा हिनामिना प्रकरणमा विशेष अदालतले भाटभटेनी सुपर मार्केटका मालिक मीनबहादुर गुरुङलाई दुई वर्ष कैद सजाय सुनाएको छ। 

विशेष अदालतका न्यायाधीश त्रय खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले उक्त फैसला गरेको हो।

‘मोहीको भूमिकामा रहेका प्रतिवादीहरूको बयान समेतबाट अनधिकृत मोही खडा गरी सरकारी जग्गा सट्टाभर्ना गर्ने गराउने कार्यमा मतियारको भूमिका निर्वाह गरी सट्टा भर्नाको जग्गा प्रतिवादीहरू मीनबहादुर गुरुङ, राम कुमार सुवेदी र शोभाकान्त ढकालले नै आफ्नो र आफन्तको नाममा राजीनामा रजिस्ट्रेसन गरेको देखिएको अवस्था हुँदा सट्टाभर्नाको कार्यबाट गैर कानुनी लाभ लिने प्रतिवादीहरू मीनबहादुर गुरुङ, रामकुमार सुवेदी र शोभाकान्त ढकाललाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ (१) (ज) को कसुरमा सोही ऐनको दफा २२ को प्रतिबन्धात्मक वाक्यांश बमोजिम मुख्य प्रतिवादीसरह नै जनही २ वर्ष कैद र बिगो बमोजिम रु ८० लाख ४८ हजार जरिवाना हुने ठहर्छ’, विशेषको फैसलामा भनिएको छ।

पूर्व मन्त्री चन्द्रदेव जोशीले पाए सफाइ

 ललिता निवास प्रकरणमा पूर्व मन्त्री चन्द्रदेव जोशीले सफाइ पाएका छन्।

विशेष अदालत,  संयुक्त इजलासले पूर्व मन्त्री जोशीलाई सफाइ दिएको हो। उनीसँगै पूर्व सचिव दिनेश अधिकारीले पनि सफाइ पाएका छन्।

१२ जना दोषी ठहर


 ललिता निवास प्रकरणमा मुख्य अभियुक्त कलाधर देउजासहित १२ जनालाई दोषी ठहर गरेको छ। 

२३ दिन लगातार ललिता निवास प्रकरण सम्बन्धमा सुनुवाइ गरी आज अन्तिम फैसला सुनाएको हो।

१२ जनालाई ७५ लाख रुपैयाँ जरिबाना र दुई वर्ष कैद सजाय तोकिएको छ।

 दोषी ठहर हुनेमा ललिता निवासको जग्गा व्यक्तिको नाममा लैजाने कलाधर देउजा, सुरेन्द्रमान कपाली, युक्त प्रसाद श्रेष्ठ, जगप्रसाद पुडासैनी रहेका छन् ।

जग्गा व्यक्तिको नाममा ल्याउन भूमिका खेल्ने रामकुमार सुवेदी र शोभाकान्त ढकाललाई पनि दोषी ठहर गरिएको छ। विशेष अदालतले सुवर्ण समसेरका परिवारलाई पनि दोषी ठहर गरिएको छ।

सो प्रकरणमा तत्कालीन सचिव दीप बस्न्यात दोषी ठहर भएका छन्।

विशेष इजलासले बिहीबार बस्न्यात, छविराज पन्तलगायतलाई दोषी ठहर गरेको हो।

बस्न्यात अख्तियारका पूर्व प्रमुख आयुक्त समेत हुन्। बस्न्यात लगायतलाई जनही ८० लाख ४८ जरिवाना र दुई वर्ष कैद सजाय सुनाइएको छ।



प्रतिक्रिया दिनुहोस

राजनीति

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

१२ असोज, काठमाडौँ । जेन-जी आन्दोलनमा भएको दमन र क्षतिको जाँचबुझ गर्न गठित आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृह...
चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

काठमाडौँ, चिनियाँ कम्पनीले मानिसजस्तै देखिने रोबोट बनाएको छ । अचम्मको कुरा के छ भने यो रोबोटले मानिसको सहयोग ब...
विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

छोटो अवधिमा गरिएका विगतका अध्ययनहरूको समीक्षा र दुई भिन्न वर्षका सेटेलाइट नक्साको अवलोकन गर्दा उक्त चार वट...
जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

 काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल विद्यावारिधि सङ्घको सहकार्यमा श्रावण  ८ गते "हाम्रो जीवनशैलीको रूपान्तरण स्वास्थ्य र...