Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
गगनलाई सभापति देउवाको जवाफ– भविष्यमा गठबन्धन गर्ने नगर्ने निर्णय अहिले नै गर्नु उचित हुँदैन - Gyaan Ghar

Gyaan Ghar

Advertisement

गगनलाई सभापति देउवाको जवाफ– भविष्यमा गठबन्धन गर्ने नगर्ने निर्णय अहिले नै गर्नु उचित हुँदैन


काठमाडौँ, ७ फागुन । । नेपाली काँग्रेसको महासमिति बैठक सुरु भएको छ । ललितपुरको गोदावरीमा सोमबारबाट महासमिति बैठक सुरु भएको हो । महासमिति बैठकमा महामन्त्री गगन थापाले पेस गर्ने साङ्गठनिक प्रतिवेदनमा समेटिएको गठबन्धनको विषयलाई लिएर सभापति शेरबहादुर देउवाले असन्तुष्टि व्यक्त गरेका छन् । 


महामन्त्री थापाले तयार पारेको साङ्गठनिक प्रतिवेदनमा समेटिएको चुनावअघि गठबन्धन नगर्ने शब्द हटाउने प्रयास गरिरहेका सभापति देउवाले बैठकको उद्घाटन सत्रमै यसबारे धारणा राखेर आफ्नो असहमति देखाइसकेका छन् । 


बैठक सुरु हुनुअघि सोमबार बिहान आफ्नै निवास बुढानीलकण्ठमा सभापति देउवाले महामन्त्री थापासँग चुनावअघि गठबन्धन नगर्ने शब्द हटाउन आग्रह गरेका थिए । तर, महामन्त्री थापाले मानेनन् । फेरि छलफल गर्ने गरी बुढानीलकण्ठबाट बाहिरिएर नेताहरू गोदावरी पुगे । 


गोदावरी पुगेर महासमिति बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै सभापति देउवाले भविष्यमा गठबन्धन गर्ने वा नगर्ने भन्ने कुरा तत्कालीन परिस्थितिले निर्धारण गर्ने भएकाले अहिले नै निर्णय लिनु उचित नहुने जवाफ महामन्त्री थापालाई दिएका छन् । 


गठबन्धनको निरन्तरता राजनीतिक जिम्मेवारी भएको बताएका सभापति देउवाले तत्कालीन परिस्थितिले गठबन्धन गर्ने वा नगर्ने भन्ने कुरा निर्धारण गर्ने बताए । तर, अहिले नै यसबारे निर्णय लिनु उचित नहुने उनको दाबी छ । 
 

प्रतिक्रिया दिनुहोस

राजनीति

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

१२ असोज, काठमाडौँ । जेन-जी आन्दोलनमा भएको दमन र क्षतिको जाँचबुझ गर्न गठित आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृह...
चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

काठमाडौँ, चिनियाँ कम्पनीले मानिसजस्तै देखिने रोबोट बनाएको छ । अचम्मको कुरा के छ भने यो रोबोटले मानिसको सहयोग ब...
विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

छोटो अवधिमा गरिएका विगतका अध्ययनहरूको समीक्षा र दुई भिन्न वर्षका सेटेलाइट नक्साको अवलोकन गर्दा उक्त चार वट...
जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

 काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल विद्यावारिधि सङ्घको सहकार्यमा श्रावण  ८ गते "हाम्रो जीवनशैलीको रूपान्तरण स्वास्थ्य र...