Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
मनोरञ्जन Archives - Page 4 of 5 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

मनोरञ्जन

‘भ्रष्टाचारी जतिलाई पुर्‍याइदेऊ छेउ’ घन्किँदा नवीनसँगै नाचे ज्येष्ठ नागरिक

‘भ्रष्टाचारी जतिलाई पुर्‍याइदेऊ छेउ’ घन्किँदा नवीनसँगै नाचे ज्येष्ठ नागरिक

मोहम्मद हबिब भैरहवा, १३ मङ्सिर । ‘लेउ खुकुरी लेउ जनता लेउ खुकुरी लेउ, भ्रष्टाचारी जतिलाई पुर्‍याइदिऊँ छेउ’  भन्दै गायक नवीन पौडेलले गीत के गाएका थिए रुपन्देहीको सैनामैना बस्ने ८६ वर्षीय ज्ञानधरी अर्याल नाच्न स्टेज निरै पुगिन् । गायक पौडेलेले हालको परिस्थिति र अवस्थालाई सङ्गीतको माध्यमबाट प्रस्तुत गर्दा गीतको लयसँगै उनी निकै बेरसम्म नाचिन् । उमेरले ज्येष्ठ नागरिक भए पनि नृत्यमा भने ‘भ्रष्टाचारी जतिलाई पुर्‍याइदिएँ छेउ’ भन्दै दोहोराउँदै तन्नेरीकै शैलीमा  अर्याल भुरुक्क भुरुक्क नाचेर साथ दिइन् । देशको समसामयिक अवस्थालाई शब्द सिर्जना साथै स्वरमार्फत  जनतालाई जागरूक गराउने पौडेलको त्यो गीतबाट अर्यालले भरपुर मनोरञ्जन गरिन् । गायक नवीनकै गीत सुनेर अर्की ७५ वर्षीय राधा गौतमले पनि जोसका साथ नाचेर साथ दिइन्…
Read More
एआईबाट नक्कली भिडियो बनाएपछि अभिनेत्री अदितिको गुनासो– मेरो चरित्र हत्या गर्ने प्रयास भइरहेको छ

एआईबाट नक्कली भिडियो बनाएपछि अभिनेत्री अदितिको गुनासो– मेरो चरित्र हत्या गर्ने प्रयास भइरहेको छ

काठमाडौँ, १३ मङ्सिर । अभिनेत्री अदिति बुढाथोकीले आफ्नो चरित्र हत्या गर्ने काम भइरहेको भन्दै आपत्ति जनाएकी छिन् । अदितिले सामाजिक सञ्जाल स्न्यापच्याटबाट आफ्ना नक्कली तस्बिर र भिडियो सेयर गरेर दुःख दिने काम भएपछि आपत्ति जनाएकी हुन् । अदितिले एआईको दुरुपयोग गरेर नक्कली भिडियो तयार पारिएको र त्यसलाई स्न्यापच्याटबाट सेयर गरेर आफूलाई दुःख दिने काम भइरहेको बताइन् ।   उनले सामाजिक सञ्जालमा एआईका तस्बिर व्यापक सेयर भएपछि फ्यानहरूलाई यसको जानकारी दिँदै आफ्नो आधिकारिक पेजलाई मात्र आधार मान्न समेत आग्रह गरेकी छिन् । अदितिले आफूलाई यस्तो गलत कार्यको विरुद्धमा साथ दिन आफ्नो २० लाख भन्दा बढी इन्स्टाग्रामका फलोअर्ससँग आग्रह पनि गरेकी छिन् ।  …
Read More
मदनकृष्ण श्रेष्ठको ‘सुन न तिमी राम्रो लाग्यो’ सार्वजनिक

मदनकृष्ण श्रेष्ठको ‘सुन न तिमी राम्रो लाग्यो’ सार्वजनिक

काठमाडौँ, १९ कात्तिक । वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठको स्वरमा ‘ सुन न तिमी राम्रो लाग्यो’  बोलको गीत सार्वजनिक गरिएको भएको छ । प्रतिमा श्रेष्ठको शब्द रहेको सार्वजनिक गीतको भिडियोमा कलाकार मदनकृष्णकी छोरी सरना श्रेष्ठले निर्देशन गरेकी हुन् । गीतको भिडियोमा कलाकार मदनकृष्ण श्रेष्ठ र मिथिला शर्माको रोमाञ्चक प्रेम कहानी देख्न सकिन्छ । अनिल शाहीको सङ्गीत रहेको  गीत ब्लूबेरी स्टुडियोमा रेकर्ड गरिएको हो ।
Read More
काठमाडौँबाट सुरु गरियो ‘महाजात्रा’को छायाङ्कन

काठमाडौँबाट सुरु गरियो ‘महाजात्रा’को छायाङ्कन

काठमाडौँ, १६ कात्तिक । चलचित्र ‘जात्रा’ र ‘जात्रै जात्रा’को व्यावसायिक र समीक्षात्मक सफलता पश्चात् षट्कोण आर्ट्सको निर्माणमा तेस्रो शृङ्खला ‘महाजात्रा’ को छायाङ्कन काठमाडौँबाट सुरु गरिएको छ । काठमाडौँमा अधिकांश र जनकपुरमा केही छायाङ्कन हुने कार्यकारी निर्माता तथा अभिनेता रवीन्द्रसिंह बानियाँले जानकारी दिए । ‘हामीले शृङ्खला थप्न हतार गरेनौँ । कथा अगाडी बढाउने आइडियामा निर्माण समूह सहमत भएपछि सुरु गरेका हौँ । यसको छायाङ्कन सेड्युल ४५ दिन तय गरेका छौँ’, कार्यकारी निर्माता बानियाँले भने । अघिल्लो दुई शृङ्खलाकै लेखक तथा निर्देशक प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार भइरहेको चलचित्रमा हरिवंश आचार्य, विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, अर्जुन जङ्ग…
Read More
अमेरिकामा गर्भवती मोडेलको हत्या

अमेरिकामा गर्भवती मोडेलको हत्या

लस एन्जलस, १२ कार्तिक । अमेरिकाको लस एन्जलसमा एक गर्भवती मोडल मृत फेला परेकी छन् । अमेरिकी सञ्चारमाध्यमका अनुसार मृत्यु अघि उनलाई कुटपिट गरिएको थियो । पोस्टमार्टमका अनुसार ती महिला मोडल दुई महिनाकी गर्भवतीसमेत थिइन् । ती महिलाको नाम मलेसा मुनी रहेको प्रहरीले जनाएको छ । मुनीकी बहिनी जोर्डिन पाउलिनले स्थानीय समाचार केटिएलएलाई बताइन् कि उनकी बहिनीले सधैँ आमा बन्ने सपना देखेकी थिइन् र उनको मृत्युको समयमा दुई महिनाको गर्भवती थिइन्। विष विज्ञानको नतिजाले महिलाको शरीरमा बेन्जोइलेगोनिन (एक कोकेन मेटाबोलाइट) साथै कोकाइथिलिन र इथानोलको मिश्रण भेटिएको न्यु योर्क पोस्टले उल्लेख गरेको छ । उक्त समाचारमा भनिएको छ कि पोस्टमार्टमको समयमा शरीरमा…
Read More
आउट ल अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा आउने

आउट ल अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा आउने

रिंकु बस्नेत काठमाडौँ, कार्तिक २ गते । शशाङ्क खड्का, अमित अग्रहरी र विनोद कठायतले निर्माण गरेको आउट ल लाई सेवेन सिजले खरिद गरेसँगै अन्तर्राष्ट्रिय बजारमा समेत प्रतिस्पर्धामा आउने छ । ‘कबड्डी ४’, ‘जारी’, ‘महापुरुष’ जस्ता नेपाली फिल्महरूले अन्तर्राष्ट्रिय बजारमा राम्रो कमाइसँगै यो फिल्म पनि त्यो प्रतिस्पर्धामा उत्रिने अनुमान गरिएको छ । यति बेला नेपाली फिल्मको विदेश प्रदर्शन अधिकार खरिद गर्ने मामलामा सेभेन सिज इन्टरटेनमेन्ट सबैभन्दा अगाडि देखिएको छ । यसले आउट ल लाई खरिद गरेसँगै चाडै नै प्रदर्शनको मिति तोकिने निर्माता शशाङ्क खड्का बताउँछन् । विक्कि महर्जनले निर्देशन गरेको फिल्म आउट लमा नवीन गुरुङको छायाङ्कन तथा सुशील श्रेष्ठ, नरेश पौडेल, शिक्षा सङ्ग्रौला, सुमन भण्डारी, सोनी…
Read More
सामाजिक सञ्जालमा स्ट्याटस लेखेको आरोपमा  प्यालेस्टाइनी गायिका  पक्राउ

सामाजिक सञ्जालमा स्ट्याटस लेखेको आरोपमा प्यालेस्टाइनी गायिका पक्राउ

जेरुसलम, ३० असोज । इजरायलले प्यालेस्टाइनी गायिका दलाल अबु अमनेहलाई  गिरफ्तार गरेको छ । आफ्नो परम्परागत गीतका लागि परिचित एक प्यालेस्टिनी गायिकालाई इजरायली प्रहरीले फेसबुक पोस्ट गरेको कारण पक्राउ गरेको प्यालेस्टिनी र इजरायली सञ्चारमाध्यमले जनाएका छन् । इजरायलकी प्यालेस्टिनी नागरिक दलाल अबु अम्नेहलाई सोमबार  ‘भगवान् बाहेक कोही विजयी छैन’ भन्ने अरबी वाक्यांश पोस्ट गरेपछि नाजेरथस्थित उनको घरबाट पक्राउ गरेर लगिएको अरब ४८ आउटलेटले उनको वकिललाई उद्धृत गर्दै समाचार प्रकाशन गरेको छ । वकिल, अबीर बकरले भने कि इजरायली प्रहरीले अक्टोबर ७ मा इजरायलमा हमासको आक्रमण  र त्यसपछि इजरायलले गाजामा आक्रमण गरेपछि गत हप्ता इजरायलीहरूबाट धम्कीहरू प्राप्त गर्दै आएका अबु अम्नेहलाई…
Read More
पिटरको ‘बकपत्र’ सार्वजनिक

पिटरको ‘बकपत्र’ सार्वजनिक

काठमाडौँ, २२ असोज । लेखक एवं स्वतन्त्र वामपन्थी नरेन्द्रजङ्ग पिटरको संस्मरण–किताब ‘बकपत्र : जीवन दर्शन र सङ्घर्ष’ प्रकाशित भएको छ। सोमबार काठमाडौँमा एक कार्यक्रममा किताब सार्वजनिक गरिएको हो। किताबमा आत्मकथात्मक शैलीमा पिटरले आफ्नो जीवनका अनेक आरोह-अवरोह लेखेका छन्। कार्यक्रममा आख्यानकार नयनराज पाण्डेले लेखक नरेन्द्रजङ्ग पिटर राजनीतिका एक निष्ठावान् पात्र भएको बताए। ‘यो किताब निष्ठावान् व्यक्तिको बकपत्र हो। समाजमा इमानदार मान्छे अत्यन्तै कम पाइन्छ। अहिले कस्ता मान्छे सत्तामा पुगेका छन् भन्ने विषय लेखक पिटरको जीवनशैलीले पनि देखाएको छ,’ किताबमाथि बोल्दै पाण्डेले भने, ‘यदि पिटरले चाहेको भए अहिले हामी उनलाई सत्ताका माथिल्लो तहमा देख्न सक्थ्यौँ र आर्थिक रूपमा पनि उनी समृद्ध हुन्थे।’…
Read More
छायाङ्कन अगावै विदेशी बजारबाट मुनाफा कमाउँदै ‘महाजात्रा’

छायाङ्कन अगावै विदेशी बजारबाट मुनाफा कमाउँदै ‘महाजात्रा’

काठमाडौँ, २१ असोज । नेपाली चलचित्रले लगानी उठाउने मात्र नभई विदेशी बजारबाट मुनाफा पनि प्राप्त गर्न थालेको छ । नेपालका राम्रा र प्रतिष्ठित समूहले निर्माण गरेका चलचित्रलाई विदेशमा रहेका दर्शकले पनि हेर्न थालेपछि नेपाली चलचित्रको बजार विस्तार हुनुका साथै मुनाफा दिने भएको छ । यसले नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजार बलियो बनाउनुका साथै दर्शकसमेत बढाइरहेको छ । मौलिक कथा र कलात्मक प्रस्तुति रहेका नेपाली चलचित्रका लागि अस्ट्रेलिया, अमेरिका, जापान, बेलायत, मध्यपूर्व लगायतका देशमा बजार बलियो भइरहेको छ । कुनै समय रेस्टुराँ वा सामुदायिक भवनमा प्रदर्शन हुने ती चलचित्र अहिले विदेशी चलचित्र जसरी नै चलचित्र भवनमै दर्शकले हेर्न पाउँछन् ।   दर्शक…
Read More
ओलीले भने, ‘सोचेको कुरा साँच्चै भइरहेको हुन्छ, हिजो त्यस्तै भयो’

ओलीले भने, ‘सोचेको कुरा साँच्चै भइरहेको हुन्छ, हिजो त्यस्तै भयो’

काठमाडौँ, २० असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कलाकार मदनकृष्णको सो हेरेर आफू प्रफुल्लित भएको बताएका छन् । हिजो साँझ काठमाडौँमा ‘मदनकृष्णको मुड’ नामक कार्यक्रममा सहभागी भए पछि आफूले सोचे झैँ भएको बताएका हुन् । ‘कहिलेकाहीँ यस्तो भइदिए पनि हुन्थ्यो भनेर मनले सोचेका कुरा साँच्चै भइरहेको हुन्छ, हिजो त्यस्तै भयो,’ उनले लेखेका छन्, ‘हाम्रा प्रख्यात कलाकार मदनकृष्ण श्रेष्ठको एकल गायन सुन्ने, हेर्ने मौका मिल्यो, उहाँकै अगाडि बसेर गीत सुनियो, भनाइ सुनियो, बेलाबेला हाँसियो, बेलाबेला भावुक पनि भइयो ।’ सो कार्यक्रममा ओलीसहित पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, सन्दुक रुइतलगायत शीर्ष नेताहरूको उपस्थित रहेको थियो । सो कार्यक्रम हेरेर फर्के पछि…
Read More