Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
मनोरञ्जन Archives - Gyaan Ghar

Gyaan Ghar

Advertisement
Edit Content
Edit Content

मनोरञ्जन

अन्तर्राष्ट्रिय थिएटर महोत्सवमा १२ देशका १७ नाटक मञ्चन हुने

अन्तर्राष्ट्रिय थिएटर महोत्सवमा १२ देशका १७ नाटक मञ्चन हुने

काठमाडौँ, ७ चैत । नेपाल अन्तर्राष्ट्रिय थिएटर महोत्सवको उद्घाटन सम्पन्न भएको छ।   उद्घाटन समारोहमा अभिनेता दयाहाङ राई, नेपाल पर्यटन बोर्डका दीपकराज जोशी, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका नारदमणि हार्तङछाली, सङ्गीत नाट्य प्रज्ञा प्रतिष्ठानकी निशा शर्मा, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, साथै चलचित्रकर्मीहरू हरिहर शर्मा, दीपकराज गिरी, प्रकाश सपुत, अशेष मल्ल, नवीन सुब्बा, मिलन चाम्स, बुद्धिराम तामाङ,  लगायत सयभन्दा बढी रङ्गकर्मी तथा चलचित्रकर्मीहरूको उपस्थिति रहेको थियो। चैत्र ६ देखि १२ गतेसम्म सञ्चालन हुने यस महोत्सवमा १२ देशका १७ नाटक, २ वार्ता, ४ विमर्श, ३ कार्यशाला, ३ मञ्चीय कविता वाचन, ३ रैथाने सङ्गीत प्रस्तुति, ३ सांस्कृतिक कार्यक्रम, प्रत्यक्ष चित्रकला तथा प्रदर्शन…
Read More
कीर्तिमानी चलचित्र पूर्णबहादुरको सारङ्गी !

कीर्तिमानी चलचित्र पूर्णबहादुरको सारङ्गी !

* सरोज न्यौपाने, स्ट्रगल प्रदर्शनको १६ औँ दिनमै ३० करोड हाराहारीमा व्यापार गरिसकेको नेपाली चलचित्र इतिहासकै कीर्तिमानी चलचित्र 'पूर्णबहादुरको सारङ्गी' हेरियो । ६ दशक लामो इतिहास बोकेको नेपाली चलचित्र उद्योगमा तरङ्ग नै पैदा गरिरहेको `पूर्णबहादुरको सारङ्गी´ ०३० को दशकदेखि ०६० को मध्ये( ०३६ सालको जनमत सङ्ग्रहदेखि ०६२/६३ को जनआन्दोलनसम्म) दशकसम्मको नेपाली समाज र खास गरी ग्रामीण परिवेशका विविध आयामहरूको दुरुस्त चित्रसहितको पूर्ण दस्ताबेज नै हो ।  एक जना गन्धर्व समुदायका पिताले आफ्नो छोरालाई डक्टर बनाउन गन्धर्व पेसामार्फत गर्दै गरेको सङ्घर्ष, त्यस क्रममा पूर्णबहादुरले भोग्नुपरेको दुःख, सहनु परेको अपमान र खप्नुपरेको कष्टलाई बडा मिहिन ढङ्गले प्रस्तुत गरिएको छ । आजको चलचित्र…
Read More
अभिनेता मिथुन चक्रवर्तीलाई दादासाहेब फाल्के अवार्ड

अभिनेता मिथुन चक्रवर्तीलाई दादासाहेब फाल्के अवार्ड

काठमाडौँ । बलिउडका चर्चित अभिनेता मिथुन चक्रवर्तीलाई दादासाहेब फाल्के अवार्ड दिने घोषणा गरिएको छ । भारतको केन्द्रीय सूचना र प्रसारण मन्त्रालयले अभिनेता मिथुनलाई दादासाहेब फाल्के अवार्ड दिने घोषणा गरेको हो ।  दादा साहेब फाल्के चयन निर्णायक मण्डलले अभिनेता मिथुन चक्रवर्तीलाई भारतीय सिनेमामा उनको महत्त्वपूर्ण योगदानको लागि यो सम्मान दिने घोषणा गरेको छ । मिथुन चक्रवर्तीलाई अक्टोबर ८ मा हुने ७०औँ राष्ट्रिय चलचित्र पुरस्कार समारोहमा यो सम्मान प्रदान गरिने छ । मिथुन चक्रवर्ती हालैका वर्षहरूमा भाजपाबाट राजनीति गरिरहेका छन् । यो पुरस्कार भारतीय सिनेमाका पिता मानिने दादासाहेब फाल्केको नाममा दिइन्छ । दादासाहेब फाल्केको पूरा नाम धुण्डिराज गोविन्द फाल्के थियो । मिथुनले…
Read More
सरकारका सर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी

सरकारका सर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी

काठमाडौँ । सरकारले टिकटकमाथिको प्रतिबन्ध फुकुवा गर्ने तयारी गरेको छ । टिकटकले पत्र लेख्दै सरकारले राखेका सर्तहरूको पालना गर्ने प्रतिबद्धता जनाएपछि सरकार प्रतिबन्ध फुकुवाको तयारीमा लागेको हो । यसअघि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले २०८० को कात्तिक २७ मा टिकटकले सामाजिक सामाजिक मर्यादा बिथोलेको भन्दै टिकटक बन्द गर्ने निर्णय गरेको थियो । अब अहिले टिकटकले पत्र लेखेर नेपालका सबै कानुन र सर्त मान्ने लिखित प्रतिबद्धता जनाएपछि प्रतिबन्ध फुकुवाको तयारी सुरु भएको सञ्चार मन्त्रालय सम्बद्ध स्रोतले जानकारी दिएको छ । चीन सरकारले टिकटकमाथिको प्रतिबन्ध हटाउन पटक पटक विभिन्न तहबाट दबाब दिँदै आएको छ । सञ्चार मन्त्रालय स्रोतले टिकटकले लिखित प्रतिबद्धता जनाए…
Read More
नाकभित्रको सानो नसा फुटेको रैछ, अहिले अवस्था सामान्य छ- हरिवंश आचार्य

नाकभित्रको सानो नसा फुटेको रैछ, अहिले अवस्था सामान्य छ- हरिवंश आचार्य

काठमाडौँ । हास्य कलाकार हरिवंश आचार्यको नाकभित्रको सानो नसा फुटेको पुष्टि भएको छ । आचार्यले सोमबार सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै आफ्नो हालको अवस्था सामान्य रहेको बताएका छन् । उनले ‘शनिवार हिमगिरी प्रालि उद्योगको आतिथ्यमा मदन दाइ र म विराटनगर आएका थियौँ,’ उनले लेखेका छन्, ‘अचानक नाकबाट रगत बगेर होटेल नजिकै भएको सप्तकोसी अस्पताल पुगेँ र त्यहाँबाट विराट नर्सिङ होम इएनटी डिपार्टमेन्टमा उपचार हुँदै छ र म सामान्य अवस्थामा छु ।अस्पताल पुग्दा मेरो ब्लड प्रेसर सामान्यै थियो।’ उनले भनेका छन्- 'धेरैलाई हाई ब्लड प्रेसरको कारण हो कि भन्नेले चिन्तित तुल्याएछ । नाकभित्रको सानो नसा  फुटेको रहेछ र   त्यसलाई…
Read More
शिशिर योगीको नयाँ गीत ‘तिमी बन्नु मेरो सहारा’ सार्वजनिक

शिशिर योगीको नयाँ गीत ‘तिमी बन्नु मेरो सहारा’ सार्वजनिक

काठमाडौँ । वरिष्ठ गायक शिशिर योगीको स्वरमा रहेको तिमी बन्नु मेरो सहारा बोलको गीत सार्वजनिक भएको छ। ‘यो देशमा म एउटा मानिस खोजी रैछु’ जस्ता चर्चित गीतका स्रष्टा शिशिर योगीको स्वरमा रहेको 'तिमी बन्नु मेरो सहारा' का शब्द सङ्कलक हरिहर तिमिल्सिना रहेका छन्। गीतमा सङ्गीत पनि योगीकै रहेको छ। वरिष्ठ सेक्सोफोन वादक अमूल कार्की ढलीको सङ्गीत संयोजन रहेको गीतमा गितार वादक सञ्जीव बराइली छन्। लोकेश भाटले भिडियो मेकिङ गरेको गीतलाई वर्ल्ड कभर मिडिया प्रालिले प्रोडक्सन गरेको हो। शिशिर योगी युट्युब च्यानलबाट गीत बजारमा ल्याइएको हो। नवीन खालको प्रेमाभाव मिश्रित गीत भएकाले राम्रो चर्चा बटुल्ने विश्वास लिइएको योगीले लिएका छन्। https://www.youtube.com/watch?v=h7iXpDwZdc0
Read More
१२औँ नेपाल अफ्रिका फिल्म फेस्टिभलमा १० देशका २८ चलचित्र चयन

१२औँ नेपाल अफ्रिका फिल्म फेस्टिभलमा १० देशका २८ चलचित्र चयन

काठमाडौँ । यही ७ असारबाट ९ असारसम्म काठमाडौँमा आयोजना हुने ‘१२ औँ नेपाल अफ्रिका फिल्म फेस्टिभल–२०२४’ मा नेपाल सहित १० देशका २८ वटा चलचित्र, वृत्तचित्र तथा लघु चलचित्र चयन भएका छन् । यो महोत्सव विगत १३ वर्षदेखि आयोजना हुँदै आएको छ । कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेसन र विलक्षण क्रियसनको आयोजना तथा चलचित्र विकाश बोर्डको सह आयोजनामा हुन लागेको १२ औँ संस्करणको यो महोत्सवमा यस पटक साउथ अफ्रिका, इजिप्ट, तान्जानियाँ, टर्की, मोजाम्बिया, जिम्बाबे, क्यामरुन, मोरिसस, जमईका गरी नौ देशबाट ८ वटा अफ्रिकन चलचित्र चयन भएका छन् । जसमा फुल्स र द चेस्लर गरी २ वटा चलचित्र, वी ह्याभ नेभर…
Read More
निर्देशक सुदर्शन थापा पक्राउ

निर्देशक सुदर्शन थापा पक्राउ

काठमाडौँ । फिल्म निर्देशक तथा अभिनेता सुदर्शन थापा पक्राउ परेका छन् । काठमाडौँको कमलपोखरी क्षेत्रबाट सोमबार दिउँसो उनलाई पक्राउ गरेको हो । गत वर्ष रिलिज भएको फिल्म ‘प्रसाद-२’को लेनदेनको विवादमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनलाई पक्राउ गरेर प्रहरी वृत्त बौद्धमा लगिएको छ । गत असोजमा ‘प्रसाद-२’का निर्मातामध्येका एक सुदर्शन बस्नेतले आपराधिक विश्वासघातको आरोपमा निर्देशक थापाविरुद्ध उजुरी दिएका थिए । उजुरी परेको ७ महिनापछि उनी पक्राउ परेका हुन् । अदालतबाट पक्राउ पुर्जी जारी हुँदा पनि उनी खुल्लमखुल्ला हिँडिरहेका थिए । उनी ‘प्रसाद-२’का निर्देशक हुन् । निर्देशक थापाले आफ्नो मन्जुरीबिना देश तथा विदेशमा फिल्म प्रदर्शन गरेर एक करोड ५० रुपैयाँ…
Read More
मनीषा कोइरालाले भनिन, ‘हो, एउटा असल जीवनसाथीको चाहाना छ’

मनीषा कोइरालाले भनिन, ‘हो, एउटा असल जीवनसाथीको चाहाना छ’

मुम्बई, १९ वैशाख । बलिउड अभिनेत्री मनीषा कोइराला लामो समयपछि पर्दामा कम ब्याक गर्दै छिन् ।  सञ्जय लीला भन्सालीद्वारा निर्देशित उनको बहुप्रतिक्षित शृङ्खला ‘हिरामाण्डीः द डायमन्ड बजार’ आज ओटिटी प्लेटफर्ममा रिलिज भएको छ।  यसअघि एक अन्तर्वार्तामा नायिकाले नेपाली व्यवसायी सम्राट् दाहालसँग सम्बन्ध विच्छेद र क्यान्सर रोग लागेको लगायतका धेरै उतारचढावका बारेमा खुलेर कुरा गरेकी छिन् । जूम टिभीसँगको अन्तर्वार्तामा मनीषा कोइरालाले भनिन्,  ‘केही मानिस भाग्यमानी हुन्छन्, जसले यति धेरै उचाइ र यति धेरै तल झरेको अनुभव गर्न पाउँदैनन् र उनीहरूको जीवन निकै शान्त हुन्छ । म पनि भाग्यशाली छु कि मसँग यी सबै अनुभव रहेको छ। म केवल आशा गर्न…
Read More
मनीषा कोइरालाको हिरामण्डी आज रिलिज हुँदै, लस एन्जलसमा राखियो प्रिमियम सो

मनीषा कोइरालाको हिरामण्डी आज रिलिज हुँदै, लस एन्जलसमा राखियो प्रिमियम सो

मुम्बई, १९ वैशाख । सञ्जय लीला भन्सालीको वेब सिरिज ‘हिरामाण्डी’ यति बेला चर्चाको विषय बनेको छ । यो सिरिज आज अर्थात् मे १ मा नेटफ्लिक्समा रिलिज हुदैँछ । दर्शकहरू यस शृङ्खलाको उत्सुकताका साथ पर्खिरहेका छन् ।  यसैबिच लस एन्जलसमा ‘हिरामाण्डी’ को प्रिमियर भएको थियो, जहाँ बलिउड स्टारहरूको जमघट आयोजना गरिएको थियो । लस एन्जलसको इजिप्शियन थिएटरमा प्रिमियर भएको ‘हिरामान्डी’ पहिलो भारतीय शृङ्खला बनेको छ। यस क्रममा फिल्ममेकर सञ्जय लीला भन्साली शर्मीन सहगलसँग पोज दिँदै गरेको देखिएको थियो । स्क्रिनिङमा अभिनेत्री तथा प्रभावकार लिली सिंह पनि पुगेकी थिइन् । यस क्रममा उनी देशी ट्विस्ट भएको ब्लेजर बोकेकी थिइन् । यस अवधिमा…
Read More