health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

मोहम्मद हबिब
भैरहवा, १३ मङ्सिर ।
‘लेउ खुकुरी लेउ जनता लेउ खुकुरी लेउ,
भ्रष्टाचारी जतिलाई पुर्याइदिऊँ छेउ’ भन्दै गायक नवीन पौडेलले गीत के गाएका थिए रुपन्देहीको सैनामैना बस्ने ८६ वर्षीय ज्ञानधरी अर्याल नाच्न स्टेज निरै पुगिन् । गायक पौडेलेले हालको परिस्थिति र अवस्थालाई सङ्गीतको माध्यमबाट प्रस्तुत गर्दा गीतको लयसँगै उनी निकै बेरसम्म नाचिन् ।
उमेरले ज्येष्ठ नागरिक भए पनि नृत्यमा भने ‘भ्रष्टाचारी जतिलाई पुर्याइदिएँ छेउ’ भन्दै दोहोराउँदै तन्नेरीकै शैलीमा अर्याल भुरुक्क भुरुक्क नाचेर साथ दिइन् । देशको समसामयिक अवस्थालाई शब्द सिर्जना साथै स्वरमार्फत जनतालाई जागरूक गराउने पौडेलको त्यो गीतबाट अर्यालले भरपुर मनोरञ्जन गरिन् ।
गायक नवीनकै गीत सुनेर अर्की ७५ वर्षीय राधा गौतमले पनि जोसका साथ नाचेर साथ दिइन् । भैरहवा निवासी गौतमले ‘भ्रष्टाचारी जतिलाई पुर्याइदिएँ छेउ’ दोहोराउँदै उपस्थित अन्य कलाकारलाई अकमक्क पारिन् । युवाहरूले पनि गायकलाई नाचेर साथ दिइरहँदा यी दुई ज्येष्ठ नागरिक आमाहरू त प्रतिनिधिमूलक पात्र हुन् ।
भैरहवामा जारी छैटौँ प्रादेशिक महोत्सवमा आएका गायक पौडेलले समय अभावले महोत्सवमा केही गीत मात्र प्रस्तुत गर्न पाए पनि सबै दर्शकलाई छमछम नचाए । स्टेज छोडेर पौडेलले दर्शक दीर्घामै गएर पनि केही गीत पस्के ।