Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the ads-for-wp domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6121

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the sharethis-share-buttons domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6121

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordfence domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6121

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6121

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordpress-seo domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6121

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6121
पर्यटन Archives - Gyaan Ghar

Gyaan Ghar

Advertisement

पर्यटन

फल्चा शैलीमा बानेश्वर क्षेत्रमा निर्माण गरिएको बस बिसौनी आजदेखि सञ्चालनमा

फल्चा शैलीमा बानेश्वर क्षेत्रमा निर्माण गरिएको बस बिसौनी आजदेखि सञ्चालनमा

काठमाडौँ । अरनिको राजमार्गअन्तर्गत बानेश्वर क्षेत्रमा फल्चा शैलीमा निर्माण गरिएको बस बिसौनी आजबाट सञ्चालनमा आएको छ । वडा नं. १० का अध्यक्ष रामकुमार के. सी. ले उद्घाटन गर्दै बिसौनी सञ्चालन प्रारम्भ गरेका हुन् ।  त्यस क्रममा बोल्दै उनले भने, ‘बानेश्वर क्षेत्र राजनीतिक आन्दोलनको केन्द्र हो । जस्तोसुकै आन्दोलन भए पनि यस्ता संरचना बिगार्नु हुँदैन ।’ उनले सार्वजनिक सम्पत्तिको रक्षा गर्ने सामूहिक दायित्वका विषयमा कुरा गर्दै भने, ‘हामीले परम्परागत निर्माण सामग्री र शैलीको प्रयोग गरेर नमुना बस बिसौनी बनाएका छौँ । राजनीतिक दलहरूसँग आग्रह गर्न चाहन्छु, यस्ता संरचनाहरू राजनीतिक आन्दोलनको मारमा नपरुन् ।’ फल्चा निर्माणमा स्थानीय सहभागिता भएकोले यसको संरक्षणका लागि…
Read More
नयाँ रूपमा देखियो ८ सय वर्ष पुरानो भक्तपुरको भाज्या पुखु

नयाँ रूपमा देखियो ८ सय वर्ष पुरानो भक्तपुरको भाज्या पुखु

भक्तपुर, २९ फागुन । ‘पुर्खाले सिर्जेको सम्पत्ति, हाम्रो कला र संस्कृति’ नाराका साथ सम्पदा निर्माण पुनर्निर्माणमा अगाडि बढेको भक्तपुर नगरपालिकाले दुधपाटीस्थित ८ सय वर्ष पुरानो भाजुपुखु र जलेश्वर मन्दिर सरसफाइ गरिएको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेँ(रोहित)ले उद्घाटन गरेको उक्त कार्यक्रममा उनले असीमित सङ्ख्यामा रहेका मौलिक शैलीका यस्ता सम्पदाहरूको निर्माण पुनर्निर्माण कार्यमा पुरातत्त्व विभाग, विश्वविद्यालयहरू र प्रज्ञा प्रतिष्ठान लाग्नुपर्ने बताए । उनले प्राचीन सम्पदाहरूबारे स्कुल कलेजहरूमा अध्यापन गरी नयाँ पुस्ता बिचमा यस्ता सम्पदाहरूको इतिहास थाहा दिलाउनुपर्ने बताए । साथै सांस्कृतिक स्तर वृद्धि गर्न स्थानीय जनताको एकता आवश्यक भएको स्पष्ट पार्दै हातमा हात मिलाए जुनसुकै काम पनि सजिलै हुने…
Read More
एफिल टावरमा कर्मचारी हडतालले बन्द, कहिले खुल्ने ठेगान छैन

एफिल टावरमा कर्मचारी हडतालले बन्द, कहिले खुल्ने ठेगान छैन

पेरिस, १२ पुस । फ्रान्सको राजधानी पेरिसमा रहेको एफिल टावर बुधवार बन्द भएको छ ।   विश्वका प्रमुख पर्यटकीय गन्तव्य मध्येको एक एफिल टावर मजदुर आन्दोलनमा उत्रिएपछि बन्द भएको हो । एफिल टावर सञ्चालन गर्ने संस्था एसईटीईले यो जानकारी दिएको हो ।   अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अनुसार, कट्टर वामपन्थी युनियनले एक विज्ञप्तिमा भन्यो कि टावर निर्माण गर्ने इन्जिनियर गुस्ताभ एफिलको मृत्युको १०० औँ वार्षिकोत्सवमा हडतालको आह्वान गरिएको थियो। केही माग रहेकाले यो हडताल भएको युनियनले जनाएको छ । यद्यपि माग के हो भन्नेबारेमा केही खुलाइएको छैन ।   यसका डिजाइनर गुस्ताभको निधन सन् १९२३ डिसेम्बर २८ मा भएको थियो ।…
Read More
डाेम फुजीः संसारको सबैभन्दा चिसो ठाउँ, थप जान्नुहोस्

डाेम फुजीः संसारको सबैभन्दा चिसो ठाउँ, थप जान्नुहोस्

काठमाडौँ, ९ पुस । नेपालमा हरेक दिन जाडो बढिरहेको छ । जे होस्, पुस बढदैँ जाँदा चिसो झन् झन् बढ्दै गएको छ। विशेष गरी नेपालको उत्तरी भागमा आजकाल अत्यधिक चिसो बढेको छ । नेपालीका उच्च पहाडी भू भाग र हिमाली भू भागमा यतिखेर हिमपात भइरहेको छ ।   तर के तपाईँलाई थाहा छ संसारको सबैभन्दा चिसो ठाउँमा मानिसलाई के हुन्छ ? त्यहाँको तापक्रम कति छ ? धाराबाट निस्कने बित्तिकै पानी बरफमा परिणत हुने ठाउँ पनि परिणत हुन सक्छ, जुन ठाउँमा मान्छे एकै ठाउँमा उभियो भने कठयाङग्रिएर मर्न पनि सक्छ । त्यसो भए आउनुहोस्, संसारको सबैभन्दा चिसो ठाउँको बारेमा थाहा पाउनुहोस्।…
Read More
१९ औँ लेखनाथ महोत्सवको तयारी पुरा, बिहीबार मुख्यमन्त्री पाण्डेले उद्घाटन गर्ने

१९ औँ लेखनाथ महोत्सवको तयारी पुरा, बिहीबार मुख्यमन्त्री पाण्डेले उद्घाटन गर्ने

लेखनाथ, ५ पुस । ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र समृद्धि’’ भन्ने मूल नाराका साथ लेखनाथमा सञ्चालन हुन गइरहेको १९औँ संस्करणको लेखनाथ महोत्सवको तयारी पुरा भएको छ ।   लेखनाथ उद्योग वाणिज्य सङ्घ र नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजनामा सञ्चालन हुने महोत्सवको शतप्रतिशत तयारी पुरा भएको र बिहीबार एक समारोहका बिच गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्ने कार्यक्रम रहेको महोत्सवका मूल संयोजक एवं लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष विनोद श्रेष्ठले जानकारी दिए ।   पुष ५ गते देखि १६ गते सम्म चल्ने महोत्सवको माध्यमबाट स्थानीय उत्पादन, लघु, घरेलु तथा साना उद्योगहरूको प्रवर्द्धन, आवश्यक ज्ञान, सिप, उद्यमशीलता र…
Read More
संरक्षणको पर्खाइमा ‘गोल्मा दरबार’

संरक्षणको पर्खाइमा ‘गोल्मा दरबार’

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–१ मा रहेको शेनबंशीय राजा गोल्माको दरबार संरक्षणको पर्खाइमा छ । संरक्षणको पर्खाइमा रहेको तत्कालीन बाइसे र चौबिसे राज्यकालका शेनबंशीय राजा गोल्माको दरबार क्षेत्रलाई धार्मिक तथा पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने गरी अहिले गोल्मा राजा बौद्ध बिहार जुटेको छ । उक्त क्षेत्रको विकासका लागि थाइल्यान्डले सहयोग गर्ने भएको छ । यही १० मङ्सिरमा थाई सरकारको सहयोगमा दुई करोड रुपैयाँ पर्ने साढे ९ फिटको बैरीबिनाश भगवान् बुद्धको मूर्ति स्थापना गर्ने  तयारी छ ।   सो क्षेत्रलाई ध्यान केन्द्रको रूपमा समेत विकास गरिने भिक्षु मेधंकर स्थविरले जानकारी दिए । उनकै खोज अनुसन्धानबाट ३५० वर्ष पहिलेको सो दरबार गोल्मा…
Read More
विदेशी पर्यटकहरूको भावना समेटिएको पुस्तक, visitor views of Nepal विमोचन

विदेशी पर्यटकहरूको भावना समेटिएको पुस्तक, visitor views of Nepal विमोचन

कार्तिक १८, काठमाडौँ । काठमाडौँ–१६, नयाँबजार स्थित ज्ञानशाला अनुसन्धान केन्द्रको आयोजनामा विदेशी पर्यटकहरूको भावना समेटेको पुस्तक, visitor views of Nepal  विमोचन गरिएको छ । कार्यक्रममा विभिन्न पर्यटन व्यवसायी, सामाजिक तथा राजनीतिक व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । पर्यटक व्यवसायी नवराज दाहाल, माओवादी नेता लेखनाथ न्यौपाने, प्राज्ञ डा.कौशिला रिसाल, पत्रकार सुकदेव दाहाल र अधिवक्ता विमल पोख्रेलले संयुक्त रूपमा पुस्तकको विमोचन गरेका थिए । पुस्तकको लेखक द्वय, डा.चूडा ढकाल र ईश्वरीप्रसाद ढकाल हुन् । विमोचन कार्यक्रममा कसले के भने ?  डा.चूडा ढकाल(लेखक) आजभन्दा १९ वर्ष पहिले देखि किताब लेख्न सुरु गरिएको हो । यो किताबलाई यहाँसम्म पुर्‍याउन धेरै सङ्घर्ष गर्नुपर्‍यो ।  ४४…
Read More
प्रधानमन्त्रीले गरे कोरला नाका, मुक्तिनाथ र कागबेनीको अवलोकन

प्रधानमन्त्रीले गरे कोरला नाका, मुक्तिनाथ र कागबेनीको अवलोकन

जोमसोम, १ कार्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुस्ताङ जिल्लाको कागबेनी, मुक्तिनाथ मन्दिर र कोरला नाकाको अवलोकन गरेका छन् । बुधवार बिहान जलवायु संवादका लागि मुस्ताङ आइपुगेका प्रधानमन्त्री प्रचण्डले उक्त क्षेत्रको अवलोकन गरेका हुन । सो भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय प्रकृति संरक्षण कोषद्वारा आयोजित जलवायु संवादमा सम्बोधन गर्ने र स्थानीय जनतासँग अन्तरक्रिया गर्ने उनको सचिवालयले जनाएको छ ।
Read More
बुबाको चिया पसललाई चार तारे होटेल बनाउने एउटा कर्मठ छोराको कथा

बुबाको चिया पसललाई चार तारे होटेल बनाउने एउटा कर्मठ छोराको कथा

  विशाल बस्नेत महोत्तरी, २८  असोज । नरहरि  गौतमले सुरु गरेको सानो चिया पसलबाट जीविकोपार्जन होला कि नहोला भन्ने विषयमा उनका छोरा हिरा गौतम आफैँलाई विश्वास थिएन । करिब चार दशकअघि  बसमा यात्रारत यात्रुहरूलाई खाना खुवाउने, चिया पकाउने जस्ता काम गर्दागर्दै उनी आफैँलाई अनौठो लाग्थ्यो । बुबाले व्यापार नै जिन्दगीको सब थोक भएको सुनाएपछि हिराले जिन्दगीको परीक्षण होटेलबाट नै प्रारम्भ गर्ने निधो गरे । त्यसपछि २०५२ सालबाट सुरु भएको गौतमको होटेल व्यवसायको यात्रा बुबा नरहरिले भनेजस्तो जिन्दगीको सब थोक मात्र बनेन गौतम होटेल पहिचान र प्रतिष्ठाको राष्ट्रिय ब्रान्ड नै बन्यो । हुन त  हरेक सफलताको पछाडि असफलता, सङ्घर्ष, आत्मविश्वास, निराशा…
Read More
मध्य पाषाण युगको बस्तीसमेत रहेको मधेसको एक प्राकृतिक ‘भ्यु टावर’ ओझेलमा

मध्य पाषाण युगको बस्तीसमेत रहेको मधेसको एक प्राकृतिक ‘भ्यु टावर’ ओझेलमा

३१ भदौ, महोत्तरी । पहाडको फेदीमा खयरले छाएका फुसका घरहरू छन् । आकाशमा बाक्लै लोपोन्मुख जातको चरा गिद्ध र चिलहरू घुमिरहेका छन्  । पाखाहरूमा बाख्राहरू चरिरहेको छन् । गोठालाहरू सुस्केरा हालेर स्थानीय गीत गाई रहेको सुनिन्छ । त्यस माथि चराचुरुङ्गीहरूको सङ्गीतमय चिरबिरले यहाँ पुगेपछि जो कोहीले छुट्टै आनन्द लिन सक्छन् । प्राकृतिक छट्टाले अनेकौँ तरहले सिङारिएको यो  मनमोहक दृश्य हो, महोत्तरीको उत्तर वर्ती क्षेत्र राई मण्डलको । बर्दिबास नगरपालिकाको समथर भू-भाग छाडेर झन्डै ७ किलोमिटर माथि उक्लेपछि राईमन्डल पुगिन्छ । यही राईमन्डलमा रहेका भीम डाँडा र सोली घोप्टे नामक अजङ पहाडका दुई टाकुरालाई देखेपछि मधेसको समथर भू-भाग नियालिरहेको जस्तो महसुस हुन्छ । समुन्द्री…
Read More