health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–१ मा रहेको शेनबंशीय राजा गोल्माको दरबार संरक्षणको पर्खाइमा छ । संरक्षणको पर्खाइमा रहेको तत्कालीन बाइसे र चौबिसे राज्यकालका शेनबंशीय राजा गोल्माको दरबार क्षेत्रलाई धार्मिक तथा पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने गरी अहिले गोल्मा राजा बौद्ध बिहार जुटेको छ ।
उक्त क्षेत्रको विकासका लागि थाइल्यान्डले सहयोग गर्ने भएको छ । यही १० मङ्सिरमा थाई सरकारको सहयोगमा दुई करोड रुपैयाँ पर्ने साढे ९ फिटको बैरीबिनाश भगवान् बुद्धको मूर्ति स्थापना गर्ने तयारी छ ।
सो क्षेत्रलाई ध्यान केन्द्रको रूपमा समेत विकास गरिने भिक्षु मेधंकर स्थविरले जानकारी दिए । उनकै खोज अनुसन्धानबाट ३५० वर्ष पहिलेको सो दरबार गोल्मा राजा रानीको रहेको खुलेको हो । ओझेलमा पर्दै आएको ऐतिहासिक र पुरातात्त्विक स्थल रहेको सो दरबार र टुँडिखेलबाट रौतहट र सर्लाहीका फाँटहरू देखिन्छ भने वन जङ्गलभित्र बेल र पारिजातलगायतको फूलहरू छन् ।
दरबार भग्नावशेष अवस्थामा छ भने २०११ सालतिर मानव बस्तीको बिस्तारसँगै दरबारको इट्टा स्थानीयले लगेर घरसमेत बनाएका खुलेको छ । शेनबंशीय राजा गोल्माको दरबार रहेको खुलेसँगै अहिले स्थानीयले जीर्णोद्धारमा जोड दिएका छ । उक्त क्षेत्रको विकास र प्रवर्द्धन गर्न स्थानीयको सहयोगमा गोल्माराजा बौद्ध बिहार जुटेको हो ।
स्थानीयको श्रमदानबाट टुँडिखेलसम्म पुग्ने बाटो निर्माण गरिएको छ भने वैदेशिक रोजगारीमा रहेका नेपालीको सहयोगमा कुटीको निर्माण गरिएको छ । यस क्षेत्रको विकास र प्रवर्द्धन गर्न सके धार्मिक तथा पर्यटकीय गन्तव्य हुन सक्ने चन्द्रपुर नगरपालिका प्रमुख सञ्जय कुमार काफ्लेको अपेक्षा छ । उनले शेनबंशीय राजा गोल्मा राजा रानीको दरबारको जीर्णोद्धार र टुँडिखेललाई समेत उपयोग गरेर पर्यटकीय क्षेत्र बनाउन सकिने बताए ।
प्रतिनिधिसभा सदस्य देवप्रसाद तिमल्सिनाले गोल्मराजाको दरबारको संरक्षणमा सबै जुट्नुपर्ने बताए । भग्नावशेष रहेको दरबारको जीर्णोद्धार गरी इतिहासलाई जीवन्त राख्नुपर्ने सामुदायिक वन उपभोक्ता समूह जिल्ला कार्यसमिति रौतहटका अध्यक्ष वेदहरि दाहाल बताउँछन् ।
चन्द्रपुर नगरपालिका वडा नम्बर १ स्थित गैरीगाँउ बाट आधा घण्टाको उकालोमा दरबारको टुँडिखेल पुगिन्छ भने टुँडिखेलबाट ५०० मिटरको ओरालो र उकालोको दूरीमा गोल्मा राजा रानीको भग्नावशेष दरबार पुगिन्छ ।
दरबार क्षेत्रमा भेटिएका गोल्की पैसा, जाँतो, तरबारलगायतका सामान स्थानीयसँग अझै सुरक्षित छ । दरबार रहेको स्थानमा अझै त्यस बेलाको इट्टा, काटिएका ढुङ्गा छन् ।