Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
अन्तर्राष्ट्रिय Archives - Page 21 of 35 - Gyaan Ghar Skip to main content

Gyaan Ghar

Advertisement

अन्तर्राष्ट्रिय

दिल्लीका मुख्यमन्त्रीको घर प्रहरी घेराबन्दीमा, उनलाई पक्राउ गर्न सक्ने आपको नेताको दाबी

दिल्लीका मुख्यमन्त्रीको घर प्रहरी घेराबन्दीमा, उनलाई पक्राउ गर्न सक्ने आपको नेताको दाबी

नयाँ दिल्ली, १९ पुस । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालमाथि आज गिरफ्तारीको सम्भावना बढेको छ ।   दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले बुधवार तेस्रो पटक दिल्ली एक्साइज नीति घोटाला मामिलामा प्रवर्तन निदेशालय (ईडी) को अनुरोधलाई बेवास्ता गरेका थिए ।   त्यसपछि पार्टी नेताहरूले दाबी गरे कि ईडी टोलीले सीएम केजरीवाललाई उनको घरबाट पक्राउ गर्न सक्छ।   आप स्रोतका अनुसार प्रहरीले दिल्लीको मुख्यमन्त्रीको घर जाने दुवै बाटो बन्द गरेको छ। मुख्यमन्त्री निवासका कर्मचारीलाई पनि त्यहाँ जान रोक लगाइएको छ भने सञ्चारकर्मीलाई मुख्यमन्त्री केजरीवालको घर बाहिर जान अनुमति दिइएको छ । तर मुख्यमन्त्रीको घरबाहिर प्रहरीको व्यवस्था रहेको छ र मिडियाका लागि छुट्टै ठाउँको व्यवस्था…
Read More
जापानमा विमान जल्दा पाँच जनाको मृत्यु

जापानमा विमान जल्दा पाँच जनाको मृत्यु

टोकियो, १८ पुस । टोकियोको हानेदा विमानस्थलमा यात्रुवाहक विमानसँग जापानी कोस्टगार्डको विमान ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ । कोस्टगार्डको उक्त विमान सोमबारको विनाशकारी भूकम्पबाट प्रभावित क्षेत्रमा सहायता पुर्‍याउने कार्यमा संलग्न रहेको थियो । अचानक जलेको जापान एयरलाइन्सको विमानमा सवार सबै ३७९ यात्रुलाई बाहिर निकालिएको एयरलाइन्सले जनाएको छ । सामाजिक सञ्जालमा देखा परेको उक्त दुर्घटनाको फुटेजहरूमा सो विमानमा एयरबस ए ३५० मा रहेका यात्रुहरू भागिरहेको र तर्सिरहेको देखिएका थिए ।   उत्तरी जापानको होक्काइडोबाट उडेको जापान एयरलाइन्सको उक्त विमानमा आगलागी भए पछि भूकम्पको त्रासमा रहेको जापानलाई थप दुःखद समाचार बन्न पुगेको थियो ।
Read More
जापानको भूकम्पमा परी मर्नेको सङ्ख्या ४८ पुग्यो

जापानको भूकम्पमा परी मर्नेको सङ्ख्या ४८ पुग्यो

टोकियो, १८ पुस । नयाँ वर्षको दिनमा सी अफ जापानको तटीय क्षेत्रमा गएको शक्तिशाली भूकम्पपछिको क्षति स्पष्ट हुँदै गएको छ । इशिकावा प्रिफेक्चरमा भूकम्पमा परी कम्तीमा ४८ जनाको मृत्यु भएको छ ।   इशिकावा, निगाटा, फुकुई, टोयामा र गिफु प्रान्तमा धेरै जना घाइते भएका छन्, घाइतेहरूको सुची सङ्कलन भइरहेको जापानी समाचार संस्था एनएचकेले जनाएको छ ।   आपतकालिन विभागका अधिकारीहरूले वाजीमा सहरमा घरहरू सहित २५ भवनहरू ध्वस्त भएको बताएका छन्। उनीहरूका अनुसार १४ वटा संरचनामा मानिसहरू फसेको हुनसक्छ । उनीहरूको उद्धारका लागि आपतकालिन विभागले प्रयास गरिरहेको छ ।
Read More
इजरायल माथि आक्रमण गरिरहने हिजबुल्लाहको चेतावनी

इजरायल माथि आक्रमण गरिरहने हिजबुल्लाहको चेतावनी

गाजा, १६ पुस । इरान समर्थित अतिवादी समूह हिजबुल्लाहले इजरायललाई चेतावनी दिएको छ । हिजबुल्लाह एक वरिष्ठ नेता नइम कासिमलेले इजरायलको उत्तरी सिमानामा गाजामा युद्ध नरोक्दासम्म लडाइँ जारी रहने बताएका छन्।   विस्थापित इजरायली बासिन्दाहरूलाई फर्काउन र सीमा क्षेत्रबाट हिजबुल्लाहलाई धकेल्न मद्दत गर्न इजरायलले प्रस्तावहरू अगाडि बढाएको र विकल्पहरू देखाउने प्रयास गरिरहेको उनले बताए।   ‘इजरायल आफ्नो विकल्प थोपर्ने स्थितिमा छैन,’ कासिमले एक भाषणमा इजरायललाई चेतावनी दिँदै भने, ‘लेबनानको युद्ध रोक्नको लागि पहिले गाजा युद्ध रोक्नु पर्छ।’   ‘लेबनानमा नागरिकहरूमाथि लगातार बमवारि गर्नुको अर्थ इजरायली आक्रमणको प्रतिक्रिया बलियो र जवाफी हुनेछ,’ कासिमले भने ।
Read More
इजरायली हमलामा प्यालेस्टाइनका पूर्व मन्त्री मारिए

इजरायली हमलामा प्यालेस्टाइनका पूर्व मन्त्री मारिए

गाजा, १६ पुस । इजरायली हमलामा प्यालेस्टाइनका एक पूर्व मन्त्री मारिएका छन् ।   प्यालेस्टाइनी अथोरिटीका एक पूर्व मन्त्री आइतबार गाजा पट्टीमा रहेको उनको घरमा इजरायली हमलामा मारिएका हुन ।   हमासको स्वास्थ्य मन्त्रालयका अनुसार प्यालेस्टिनी प्राधिकरणका ६८ वर्षीय पूर्व धार्मिक मामिला मन्त्री युसेफ सलामा मध्य गाजा पट्टीको अल मगाजी शरणार्थी शिविरमा भएको आक्रमणमा मारिएका हुन ।   प्यालेस्टाइनी न्युज एजेन्सी वाफाका अनुसार प्यालेस्टाइनी अथोरिटीका अध्यक्ष महमुद अब्बासको पार्टी फताहको नजिकका नेता हुन । पूर्व मन्त्री सलमाले फेब्रुअरी २००५ देखि मार्च २००६ सम्म मन्त्रीको रूपमा काम गरेका थिए । उनी जेरुसेलमको पुरानो सहरको अल–अक्सा मस्जिदमा प्रचारकको रूपमा पनि सेवा गरेका…
Read More
रुसले गरयो अहिलेसम्मकै सबैभन्दा ठुलो हमला, युक्रेनले भन्यो, ‘पश्चिमाको थप सहयोग चाहियो’

रुसले गरयो अहिलेसम्मकै सबैभन्दा ठुलो हमला, युक्रेनले भन्यो, ‘पश्चिमाको थप सहयोग चाहियो’

किभ, १४ पुस । रुस र युक्रेनबिच झन्डै दुई वर्षदेखि जारी युद्ध चलिरहेको छ तर रोकिने अवस्था अझै देखिँदैन । शुक्रवार मात्रै रुसले युक्रेनी सहरमा भीषण मिसाइल आक्रमण गरेको छ । जसका कारण देशभर १८ जना सर्वसाधारण मारिएका छन् भने ८६ जना घाइते भएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।   अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार शुक्रवार रुसले युक्रेनमा कुल १२२ मिसाइल र २६ ड्रोनहरू प्रहार गरेको थियो, जसले युक्रेनमा ठुलो क्षति पुर्‍याएको छ।   युक्रेनी वायुसेनाका एक अधिकारीले २२ महिना लामो युद्धमा यो नै रुसले गरेको सबैभन्दा ठुलो हवाई हमला भएको बताए ।   युक्रेनी सेना प्रमुख भ्यालेरी जालुज्नीले युक्रेनी वायुसेनाले आक्रमण…
Read More
चीनमा विश्वको सबैभन्दा ठुलो इथानोल उत्पादनको परीक्षण सुरु

चीनमा विश्वको सबैभन्दा ठुलो इथानोल उत्पादनको परीक्षण सुरु

बेइजिङ, १३ पुस । चीनले वार्षिक ६ लाख टन उत्पादनको साथ विश्वको सबैभन्दा ठुलो इथानोल उत्पादन परीक्षण गरेको छ ।   गत बिहीबार पूर्वी चीनको आन्हुई प्रान्तको हुवाइ बेईमा चीनले सो परीक्षणमा गरेको चिनियाँ सञ्चारमाध्यमले जानकारी दिएका छन् ।   हालै परीक्षण गरिएको उपकरणले कोक ओभन ग्याँसलाई इथेनोलमा रूपान्तरण गर्न सक्छ। स्टिल र पेट्रोकेमिकल उद्योगहरूको न्यून कार्बन विकासको लागि सम्भाव्य मार्ग प्रदान गर्ने जनाइएको छ ।   चाइनिज एकेडेमी अफ साइन्सेज अन्तर्गत डालियान इन्स्टिच्युट अफ केमिकल फिजिक्स (डीआईसीपी) र शान्सी यान्चाङ पेट्रोलियम ग्रुप कम्पनी लिमिटेडले संयुक्त रूपमा विकास गरेको अत्याधुनिक प्रविधि अपनाएर उक्त उपकरण ट्यान्सिन टेक्नोलोजी कम्पनी लिमिटेडले निर्माण गरेको…
Read More
आप्रावासी बढेको भन्दै मेक्सिको र अमेरिका बिच सीमा खुल्ला गर्ने सहमति

आप्रावासी बढेको भन्दै मेक्सिको र अमेरिका बिच सीमा खुल्ला गर्ने सहमति

मेक्सिको सिटी, १३ पुस । मेक्सिकन र अमेरिकी अधिकारी  सीमा खुला राख्न सहमत भएका छन् ।   मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेज ओब्राडोरले बिहीबार भने साझा सीमामा धेरै सङ्ख्यामा आप्रवासीहरू आइपुगेका कारण सीमा खुल्ला राख्न सहमत भएका हुन ।   हाल धेरै प्रमुख रेल क्रसिङहरू अस्थायी रूपमा बन्द भएका छन् ।   ‘यो सम्झौता भइसकेको छ, स्थिति सामान्य बनाउन रेल क्रसिङ र सीमा पुलहरू पहिले नै खोलिएको छ,’ लोपेज ओब्राडोरले पत्रकार सम्मेलनमा मिडियालाई भने, ‘हरेक दिन सीमा पुलहरूमा बढी आवतजावत हुनेछ ।’   लोपेज ओब्राडोरले बुधवारको अमेरिकी प्रतिनिधिमण्डलसँगको बैठक, जसमा राज्य सचिव एन्टोनी ब्लिन्केन र होमल्याण्ड सेक्युरिटी सेक्रेटरी अलेजान्ड्रो मेयोर्काससमेत थिए…
Read More
माओ जयन्तीमा चिनियाँ राष्ट्रपतिको प्रतिबद्धता- ‘ताइवानलाई अलग हुन दिन्नौँ’

माओ जयन्तीमा चिनियाँ राष्ट्रपतिको प्रतिबद्धता- ‘ताइवानलाई अलग हुन दिन्नौँ’

बेइजिङ, १२ पुस । चीन र ताइवानबिच लामो समयदेखि द्वन्द्व चल्दै आएको छ । यस विषयमा दुवै देशका प्रमुखले बयानबाजी जारी राखिरहेका छन् ।   हालै जनवादी गणतन्त्र चीनका संस्थापक माओत्सेतुङको १३०औँ जन्म जयन्तीको अवसरमा चिनियाँ राष्ट्रपति सी जिनपिङले ताइवानलाई चीनसँग एकता गर्न आवश्यक रहेको र आफूले यसलाई कुनै पनि हालतमा अलग हुन नदिने दाबी गरेका छन् ।   सीएनएनका अनुसार चिनियाँ राष्ट्रपति सी जिनपिङको भनाइ यस्तो समयमा आएको हो, जब ताइवानमा अर्को महिना अर्थात् जनवरी १३ मा राष्ट्रपतीय निर्वाचनको तयारीमा जुटिरहेको छ। चिनियाँ राष्ट्रपति सी जिनपिङको सो घोषणा पछि चीनले चुनाव अघि ताइवानमाथि मानसिक दबाब दिन खोजेको आशङ्का गरिएको छ…
Read More
मध्य नाइजेरियामा सशस्त्र समूह द्वारा १६० जनाको सामूहिक हत्या

मध्य नाइजेरियामा सशस्त्र समूह द्वारा १६० जनाको सामूहिक हत्या

नाइजेरिया, १० पुस । मध्य नाइजेरियाका गाउँहरूमा भएको शृङ्खलाबद्ध आक्रमणमा सशस्त्र समूहहरूले कम्तीमा १६० जनाको ज्यान लिएको छ ।   धेरै वर्षदेखि धार्मिक र जातीय तनावको सामना गरिरहेको यस क्षेत्रमा सेनाले आइतबार साँझ सार्वजनिक गरेको प्रारम्भिक तथ्याङ्कको तुलनामा मृत्यु हुनेको सङ्ख्या उल्लेख्य रूपमा बढेको छ ।   बोकोसका स्थानीय सरकारका प्रमुख कासाहले जानकारी दिँदै भनेका छन् कि ‘शनिवारको युद्ध सोमबार बिहानसम्म जारी रहँदा कम्तीमा ११३ जनाको मृत्यु भएको पुष्टि भएको छ।’   कासाहका अनुसार उक्त सैन्य गिरोहलाई स्थानीय रूपमा ‘डाकूँ’ भनेर चिनिन्छ। ‘तिनीहरूले कम्तीमा २० विभिन्न समुदायहरूमाथि आक्रमण गरे र घरहरूमा आगो लगाए,’ उनले भने, ‘हामीले ३०० भन्दा बढी घाइते व्यक्तिहरू…
Read More