Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
अन्तर्राष्ट्रिय Archives - Page 10 of 35 - Gyaan Ghar Skip to main content

Gyaan Ghar

Advertisement

अन्तर्राष्ट्रिय

मुम्बईमा आँधीका कारण होर्डिङ बोर्ड ढल्दा १४ जनाको मृत्यु

मुम्बईमा आँधीका कारण होर्डिङ बोर्ड ढल्दा १४ जनाको मृत्यु

काठमाडौँ । भारतको मुम्बईमा आँधीका कारण एक सय फिट अग्लो होर्डिङ ढल्दा १४ जनाको मृत्यु भएको छ । बृहन्मुम्बई महानगरपालिकाका अनुसार हाल ४३ घाइतेको अस्पतालमा उपचार भइरहेको छ । जबकि ३१ घाइते अस्पतालबाट डिस्चार्ज भएका छन् । एक जना घाइतेको अवस्था गम्भीर रहेको बताइएको छ । होर्डिङ बोर्ड पेट्रोल पम्पमा ढलेको र वर्षाका कारण ओत लिएका मानिसहरूलाई लागेको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् । सोमबार साँझ जिम खाना नजिक भएको यो दुर्घटनापछि राष्ट्रिय प्रकोप प्रतिक्रिया बल (एनडीआरएफ), दमकल र प्रहरी टोलीलाई तत्काल राहत उपलब्ध गराउन घटनास्थलमा पठाइएको थियो । 
Read More
केजरीवालको अन्तरिम जमानतमा सर्वोच्चले आज फैसला सुनाउँदै

केजरीवालको अन्तरिम जमानतमा सर्वोच्चले आज फैसला सुनाउँदै

काठमाडौँ । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको अन्तरिम जमानतको रिटमा सर्वोच्च अदालतले आज फैसला सुनाउने भएको छ । बिहीबार सर्वोच्च अदालतमा बहस सकिएपछि न्यायाधीश सञ्जीव खन्नाले शुक्रवार फैसला सुनाउने बताएका हुन् । गत मार्च २१ मा प्रवर्तन निर्देशनालय (इडी) को हिरासतमा रहेका केजरीवाललाई पटक पटक म्याट थप गर्दै हिरासतमा राखिएको छ । तल्लो अदालत र उच्च अदालतले अन्तरिम जमानत दिन अस्वीकार गरेपछि केजरीवाल सर्वोच्च अदालत गएका थिए ।बिहीबारको बहसमा ईडीले सर्वोच्च केजरीवालको अन्तरिम जमानत याचिकाको विरोध गरेको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् । ईडीले चुनाव प्रचारका लागि कुनै पनि नेतालाई अन्तरिम जमानत दिन नहुने बताएको छ । अरविन्द केजरीवाललाई दिल्लीको…
Read More
भारतको झारखण्डका सचिवको घरबाट ३५ करोड भारु बरामद

भारतको झारखण्डका सचिवको घरबाट ३५ करोड भारु बरामद

काठमाडौँ । भारतको झारखण्डका ग्रामीण विकास र संसदीय मामिला मन्त्री आलमगीर आलमका सचिव सञ्जीव कुमार लाल र उनीसँग सम्बन्धित व्यक्तिहरूबाट कुल ३५ करोड २३ लाख भारु बरामद भएको छ । प्रवर्तन निर्देशनालय (ईडी) को छापामा सो रकम बरामद भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । बरामद भएका नोट गणना गर्न विभिन्न बैंकबाट धेरै नोट गणना गर्ने मेसिनहरू ल्याएर गणना गरिएको बताइएको छ । सञ्जीव कुमार लाल झारखण्ड प्रशासनिक सेवाको पहिलो ब्याचका अधिकारी हुन् । यसअघि उनी भाजपाको रघुवर दास सरकारमा मन्त्री सिपी सिंह र अर्जुन मुन्डा सरकारमा मन्त्री विमला प्रधानको सचिव पनि थिए । ईडीका अधिकारीहरूले सोमबार बिहान सञ्जीव कुमार…
Read More
भारतमा लोकसभाको आज तेस्रो चरणको मतदान हुँदै

भारतमा लोकसभाको आज तेस्रो चरणको मतदान हुँदै

काठमाडौँ । भारतमा आज लोकसभा चुनावको तेस्रो चरणको मतदान भइरहेको छ । यस चरणमा ११ राज्य र केन्द्र शासित प्रदेशको ९३ सिटमा मतदान भइरहेको छ । तेस्रो चरणमा कुल १.८५ लाख मतदान केन्द्रमा १७.२४ करोड मतदाताले मतदान गर्ने भारतीय निर्वाचन आयोगले जनाएको छ ।  यस चरणमा हाई प्रोफाइल नेताहरू गृहमन्त्री अमित शाह, नागरिक उड्डयन मन्त्री ज्योतिरादित्य सिन्धे, स्वास्थ्य मन्त्री म सुख मण्डाविया, केन्द्रीय मन्त्री पुरुषोत्तम रुपाला लगायत धेरै केन्द्रीय मन्त्रीहरूको भाग्यको फैसला हुनेछ भने डिम्पल यादव, सुप्रिया सुले, दिग्विजय सिंह जस्ता विपक्षी नेताहरूको लोकसभा सिटमा पनि मतदान भइरहेको छ । तेस्रो चरणको मतदान हुने राज्यहरूमा आसाम, बिहार, छत्तीस गढ, गोवा,…
Read More
जयशंकरको टिप्पणी- नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन

जयशंकरको टिप्पणी- नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन

काठमाडौँ । सरकारले एक सय रुपैयाँ नोटमा नयाँ चुच्चे नक्सा राख्ने निर्णय गरेपछि भारतका विदेश मन्त्री एस जयशंकरको टिप्पणी बाहिर आएको छ । भारतीय मिडियाहरूका अनुसार विदेश मन्त्री जयशंकरले सीमा विवादको विषयमा वार्ता गरिरहेको बेलामा एकपक्षीय रूपमा प्रक्रिया अगाडी बढाएर धरातलीय यथार्थ परिवर्तन नहुने टिप्पणी गरेका छन् । इन्डियन एक्सप्रेसले जयशंकरलाई उद्धृत गर्दै लेखेको छ- 'मैले त्यो रिपोर्ट देखेँ । यसलाई मैले विस्तृत रूपमा हेरिनँ । मलाई लाग्छ हाम्रो अडान धेरै प्रस्ट छ । नेपालसँग हाम्रो सीमाबारेमा हामी स्थापित मान्यताअनुसार कुरा गरिरहेका छौँ । यसको बिचमा उनीहरूले एकतर्फी रूपमा केही प्रक्रिया अघि बढाएका छन् । तर, उनीहरूको तर्फबाट गरिने कामले…
Read More
अमेठी र रायबरेलीसँग जोडिएको गान्धी परिवारको राजनीति

अमेठी र रायबरेलीसँग जोडिएको गान्धी परिवारको राजनीति

काठमाडौँ । भारतमा जारी लोकसभा निर्वाचनमा भारतीय नेशनल काँग्रेसले उत्तर प्रदेशको चर्चित सिट रायबरेली र अमेठीका लागि उम्मेदवारहरूको नाम घोषणा गरेको छ । काँग्रेसले राहुल गान्धीलाई रायबरेली सिटबाट चुनावी मैदानमा उतारेको छ । रायबरेली सिटका लागि उम्मेदवारी दर्ता गरेका छन् । राहुल गान्धीले रायबरेली सिटबाट चुनाव लड्ने यो पहिलो पटक हो । उनले शुक्रवार मनोनयन दर्ता गरेका छन् । अब उनको प्रतिस्पर्धा भाजपाका दिनेश प्रताप सिंहसँग हुने भएको छ ।  गत लोकसभा चुनावमा उनलाई सोनिया गान्धीले पराजित गरेकी थिइन् । सोनिया गान्धी सन् २००४ देखि २०२४ सम्म रायबरेली सिटबाट सांसद भइन् । यस पटक सोनिया गान्धीले रायबरेलीबाट चुनाव नउड्ने निर्णय…
Read More
पूर्व प्रधानमन्त्रीका नातिको पेन ड्राइभमा ‘२८०० सेक्स अडियो–भिडियो’, मच्चियो हङ्गामा

पूर्व प्रधानमन्त्रीका नातिको पेन ड्राइभमा ‘२८०० सेक्स अडियो–भिडियो’, मच्चियो हङ्गामा

नयाँदिल्ली, १९ वैशाख । भारतका पूर्व प्रधानमन्त्री एचडी देवेगौडाको परिवार सेक्स स्क्यान्डलमा फसेको छ ।  एचडी देवगौडाका नाति र कर्नाटकको हसनका सांसद प्रज्वल रेवन्नाको यौन काण्ड बाहिरिएपछि उनलाई जनता दल (सेक्युलर) बाट हटाउने माग पार्टीभित्र उठ्न थालेको छ । हुबल्लीमा जेडीएस कोर कमिटीको बैठक बस्दै छ, जसमा प्रज्वल रेवन्नालाई पार्टीबाट निष्कासन गर्ने निर्णय गर्न सक्छ ।  यहाँ विशेष अनुसन्धान टोलीले कारबाही थालेको छ । प्रज्वल रेवन्ना हाल विदेशमा छन् । उनका बुबाले यी अडियो–भिडियो क्लिपलाई आफ्नो परिवार विरुद्धको षड्यन्त्र भनेका छन् । उही समयमा कुमार स्वामीले आफूलाई आफ्नो भाइको परिवारभन्दा भिन्न भएको बताएका छन् । कर्नाटकको हसनमा जेडियु सांसद र…
Read More
इजरायल र हमासबीच युद्ध विरामको सङ्केत

इजरायल र हमासबीच युद्ध विरामको सङ्केत

काठमाडौँ । ६ महिनाको युद्धपछि इजरायल र हमासबीच २४ घण्टामा दोस्रो युद्ध विराम हुनसक्ने सम्भावना देखिएको छ । हमास नेता याह्या सिनवारका अनुसार हमास इजरायली बन्धकहरूलाई रिहा गर्ने सम्झौतामा सहमत भएको छ । समाचार एजेन्सी एएफपीका अनुसार हमासले इजिप्ट र इजरायलको प्रस्तावमा आफूलाई कुनै समस्या नभएको बताएको छ । यसका लागि इजरायली प्रतिनिधिमण्डल कायरो जान सहमत भएको छ । इजरायलले प्यालेस्टिनी बन्दीहरूको बदलामा हमासले १३० बन्धकमध्ये ४० जनालाई रिहा गर्न माग गरिरहेको छ । अर्कोतर्फ अमेरिकी विदेश मन्त्रीले पनि हमासको प्रस्ताव छिट्टै स्वीकार गर्नुपर्ने बताएका छन् । ब्लिन्केन वर्ल्ड इकोनोमिक फोरममा सहभागी हुन साउदी अरेबिया पुगेका थिए । यहाँ उनले…
Read More
कम्बोडियाको सैन्य शिविरमा विस्फोट, २० सैनिकको मृत्यु

कम्बोडियाको सैन्य शिविरमा विस्फोट, २० सैनिकको मृत्यु

काठमाडौँ । कम्बोडियाको एक सैन्य शिविरमा विस्फोट भएको छ । यस विस्फोटमा २० सैनिकको मृत्यु भएको छ । कम्बोडियाका प्रधानमन्त्री हुन मानेटले विस्फोटको जानकारी दिँदै दुख व्यक्त गरेका छन् । शनिवार दिउँसो कम्बोडियाको पश्चिममा रहेको एउटा सैन्य शिविरमा भएको गोला बारुद विस्फोटमा २० सैनिकको मृत्यु हुनुका साथै अन्य कैयौँ घाइते भएको प्रधानमन्त्री मानेटले सामाजिक सञ्जालमा बताएका छन् । घाइते सैनिकको अस्पतालमा उपचार भइरहेको उनले बताएका छन् । विस्फोट कारण खुल्न नसकेको बताइएको छ । प्रधानमन्त्री मनेतले मृतक सैनिकका परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।
Read More
भारतमा लोकसभाको दोस्रो चरणको मतदान जारी, १३ राज्यका ८८ सिटमा चुनाव हुँदै

भारतमा लोकसभाको दोस्रो चरणको मतदान जारी, १३ राज्यका ८८ सिटमा चुनाव हुँदै

काठमाडौँ । भारतको लोकसभा चुनावको दोस्रो चरणको मतदान आज जारी रहेको छ । भारतको निर्वाचन आयोगका अनुसार आज दोस्रो चरण अन्तर्गत १३ राज्यको ८८ सिटमा मतदान भइरहेको छ । दोस्रो चरणमा राहुल गान्धी, अरुण गोविल, हेमा मालिनी, शशि थरुरलगायत विभिन्न पार्टीका धेरै दिग्गजहरूको राजनीतिक भाग्यको फैसला हुनेछ । दोस्रो चरणमा एक लाख ६७ हजार मतदान केन्द्रमा १५ करोड ८८ लाख मतदाताले मतदान मा भाग लिँदै छन् । जसमध्ये ८ करोड ८ लाख पुरुष र ७ करोड ८० लाख महिला तथा ५ हजार ९२९ तेस्रो लिङ्गी मतदाता रहेको आयोगले जनाएको छ ।मतदान बिहान ७ बजेबाट सुरु भएर साँझ ६ बजे समाप्त…
Read More