Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
ज्ञान घर, Author at Gyaan Ghar - Page 39 of 205

Gyaan Ghar

Advertisement

ज्ञान घर

2049 Posts
दक्षिण कोरियाको ब्याट्री कारखानामा आगलागी, १६ जनाको मृत्यु

दक्षिण कोरियाको ब्याट्री कारखानामा आगलागी, १६ जनाको मृत्यु

काठमाडौँ । दक्षिण कोरियाको एक कारखानामा धेरै लिथियम ब्याट्री विस्फोट हुँदा आगलागी भएको छ । यस घटनामा १६ जनाको मृत्यु भएको छ । दक्षिण कोरियाको राजधानी सियोलबाट ४५ किलोमिटर टाढा रहेको ह्वासेङ सहरको एउटा कारखानामा सोमबार बिहान आगलागी भएको हो । स्थानीय टेलिभिजन फुटेजले आगो निभाउने प्रयास गर्दा पनि कारखानामा सानो विस्फोट भएको देखाइएको छ । सो क्रममा कारखानाको छानाको एक भाग भत्किएको थियो । दक्षिण कोरिया लिथियम ब्याट्रीको ठुलो आपूर्तिकर्ता हो र यहाँ बनाइएका ब्याट्रीहरू विद्युतीय सवारी साधन र ल्यापटपमा प्रयोग गरिन्छ । ह्वासेङको मेडिकल अथोरिटीका एक अधिकारीले यस दुर्घटनामा हालसम्म १६ जनाको मृत्यु भएको र सात जना घाइते…
Read More
सर्वोच्चको अन्तरिम आदेशपछि जोगियो फणीन्द्रको प्रदेश सांसद पद 

सर्वोच्चको अन्तरिम आदेशपछि जोगियो फणीन्द्रको प्रदेश सांसद पद 

काठमाडौँ । सर्वोच्च अदालतले गण्डकी प्रदेश सभा सदस्य फणीन्द्र देवकोटालाई तत्काल कारबाही नगर्न अन्तरिम आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले फणीन्द्रलाई गरेको कारबाही तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेसँगै उनीको सांसद पद जोगिएको हो । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत लिने क्रममा फ्लोर क्रस गरेको भन्दै माओवादीले उनलाई कारबाही गरेको थियो । फणीन्द्र नेपाल समाजवादी पार्टीका नेता हुन् । नेसपाका नेता फणीन्द्र माओवादी केन्द्रको चुनाव चिन्हबाट निर्वाचित भएका थिए । फणीन्द्रले संसदीय दलको ह्विप मान्नुपर्ने माओवादीको जिकिर थियो । माओवादीले पार्टीबाट निष्कासन गरेको पत्र प्रदेश सभा सांसद सचिवालयमा दर्ता गराएको थियो । सभामुखले…
Read More
साउदी अरबमा हज यात्रामा मृत्यु हुनेको सङ्ख्या १३ सय नाघ्यो

साउदी अरबमा हज यात्रामा मृत्यु हुनेको सङ्ख्या १३ सय नाघ्यो

काठमाडौँ । साउदी अरेबियाको प्रशासनले हज यात्रामा मारिएका व्यक्तिको आधिकारिक तथ्याङ्क सार्वजनिक गरेको छ । साउदी प्रशासनका अनुसार हजका क्रममा १३०१ तीर्थयात्रीले ज्यान गुमाएका छन् । साउदी प्रशासनले चर्को गर्मी र अवैध यात्रालाई यसको कारण भनेको छ  । गर्मीले कीर्तिमान तोडिरहेको र तापक्रम ५२ डिग्री सेल्सियस नजिक पुगेको बेला यस वर्षको हज यात्रा भएको हो । जुन १४ देखि १९ सम्म भएको हज यात्राका क्रममा मृत्यु भएका पाँच तीर्थयात्रीहरूमध्ये चारसँग वैध अनुमति नभएको र उनीहरू गर्मीमा आश्रय बिना हिँडिरहेको साउदी अरेबियाले बताएको छ । मृतकमध्ये केही वृद्ध र बिरामी समेत रहेका थिए । साउदी अरेबियाका स्वास्थ्य मन्त्री फहद अल-जलाजेलले यात्रुहरूलाई…
Read More
अन्पाको कविता वाचन तथा समीक्षा कार्यक्रम सम्पन्न

अन्पाको कविता वाचन तथा समीक्षा कार्यक्रम सम्पन्न

काठमाडौँ, असार ९ । विचार र सिर्जनाको संयोजन गर्दै कविताहरूमा अझ निखारता ल्याउने उद्देश्यका साथ अखिल नेपाल प्रगतिशील लेखक सङ्घ(अन्पा)ले रचना वाचन तथा समीक्षा कार्यक्रम सम्पन्न गरेको छ । असार ८ गतेका दिन भर्चुअल माध्यमबाट सो कार्यक्रम सम्पन्न भएको हो ।  अन्पाका अध्यक्ष समीर सिंहको अध्यक्षता, उपाध्यक्ष रामदेव पाण्डेको स्वागत मन्तव्यका साथ अगाडि  बढेको कार्यक्रमको सञ्चालन महासचिव भीष्म जोशीले गरेका थिए ।  कार्यक्रमको मुख्य समीक्षक प्रगतिशील लेखक तथा उपप्राध्यापक डा.हरिप्रसाद सिलवाल थिए भने सृष्टाहरुमा मीन राना, गुरुप्रसाद कुमाल बुलबुल, रामप्रसाद गैरे पाल्पाली, समष्टि बुढा, खगेन्द्रा विष्ट र सुभाष जि.सी थिए ।  प्रस्तुत रचनामाथि समीक्षा गर्दै डा.सिलवालले, ‘कविता आफैमा सिर्जना भएको…
Read More
क्यानडामा हुने ग्लोबल टी-२० मा नेपालका तिन क्रिकेटर खेल्ने 

क्यानडामा हुने ग्लोबल टी-२० मा नेपालका तिन क्रिकेटर खेल्ने 

काठमाडौँ । नेपालका तीन क्रिकेटरले क्यानडामा हुने ग्लोबल टी-२० प्रतियोगिता खेल्ने भएका छन् । जसमा कप्तान रोहित पौडेल, सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरीले  ग्लोबल टी- २० खेल्ने भएका हुन् । रोहितले टोरन्टो नेशनलबाट खेल्ने छन् भने सन्दीप र दीपेन्द्रले भ्यान्कोभर नाइटसबाट खेल्ने भएका हुन् । गत सिजनमा सन्दीप सुर्रे जागुअर्स र दिपेन्द्र मोन्टरियल टाइगर्सबाट खेलेका थिए । यस सिजनको ग्लोबल टी-२० जुलाई २५ देखि अगस्त ११ सम्म क्यानडाको ओन्टारियोमा हुँदै छ । यो ग्लोबल टी-२० को चौथो सिजन हो । यस अघि  २०१८ मा भ्यान्कोभर नाइट्स, २०१९ मा विनिपेग ह्वाक्स र २०२३ मा मोन्टरियल टाइगर्सले उपाधि जितेका थिए ।
Read More
अग्निजन्य हिंसा र दुर्घटना न्यूनीकरणको विषय सरकारले प्राथमिकतामा नराखेको गुनासो

अग्निजन्य हिंसा र दुर्घटना न्यूनीकरणको विषय सरकारले प्राथमिकतामा नराखेको गुनासो

असार ७, काठमाडौँ । सङ्घीय सांसदहरूले सरकारले अग्निजन्य हिंसा तथा दुर्घटना न्यूनीकरणको विषय प्राथमिकतामा राख्न नसकेको गुनासो गरेका छन् । अग्निजन्य घटना र यसबाट प्रभावितहरूको विषयलाई सरकारले नीति तथा कार्यक्रम र बजेट दुबैमा प्राथमिकता दिन नसकेको भन्दै सांसदहरूले आगामी दिनमा यसबारे गम्भीर हुनुपर्ने बताएका हुन् । आज अग्नि हिंसा पीडित (विभिएस) नेपालले काठमाडौँमा आयोजना गरेको अग्निजन्य हिंसा अन्त्यका लागि बनेका कानुन र त्यसको कार्यान्वयनको अवस्था विषयक नीतिगत छलफल कार्यक्रममा प्रतिनिधिसभा सदस्य ज्ञानु बस्नेत सुवेदीले एसिडका घटना प्राथमिकता र चर्चाको विषय बन्ने गरेको भए पनि आगोले पोल्ने, जल्ने तथा अन्य जलनका विषय कम मात्रै आवाज उठ्ने गरेको बताउनुभयो । साथै अग्निजन्य…
Read More
ब्राजिल पुगेर बालेनले भने- ठुला सहर केन्द्रित बसाइसराइलाई निरुत्साहित गर्नुपर्छ

ब्राजिल पुगेर बालेनले भने- ठुला सहर केन्द्रित बसाइसराइलाई निरुत्साहित गर्नुपर्छ

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले सन २०५० सम्ममा विश्वका ८० प्रतिशत मानिस सहर बस्ने अनुमानले सहरी व्यवस्थापनमा चुनौती थपिँदै गएको बताएका छन् ।  ब्राजिलको साओ पाउलोमा हिजोबाट सुरु भएको मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिन गएका प्रमुख शाहले ‘मेयरल राउन्ड टेबल’ कार्यक्रमअन्तर्गत आवास र भूमि तथा महानगर कल्याण र जीवन स्तर सुधारसँग सम्बन्धित ‘मेट्रोपोलिस नीति बहस’ मा यस्तो धारणा राखेका हुन् ।  ‘हामीले देखेका, भोगेका र अनुमान गरेका समस्या समाधानका उपाय हामीसँगै छन् ।’ शाहले भने, ‘ठुला सहर केन्द्रित बसाइसराइलाई निरुत्साहित गर्नुपर्छ । सेटलाइट सहरहरूमा ठुला सहरमा भएका स्वास्थ्य, शिक्षा, रोजगारीसहितको सुविधा र अवसर दिनुपर्छ । यसले…
Read More
अमेरिकी सांसदहरूले हिमाचलमा दलाई लामालाई भेटेपछि भारतको भूमिकामा प्रश्न

अमेरिकी सांसदहरूले हिमाचलमा दलाई लामालाई भेटेपछि भारतको भूमिकामा प्रश्न

काठमाडौँ । अमेरिकी तल्लो सदन हाउस अफ रेप्रिजेनटेटिभको प्रतिनिधिमण्डलले बुधवार हिमाचल प्रदेशको धर्मशालामा तिब्बती धर्मगुरु दलाई लामासँग भेट गरेको छ । सो क्रममा प्रतिनिधिमण्डलले तिब्बतको स्वायत्तताको मुद्दा उठाउँदै तिब्बतीप्रति अमेरिकाको समर्थन अटल रहेको बताएपछि यो विषय अन्तर्राष्ट्रिय रूपमा नै चर्चामा रहेको छ । विदेशी प्रतिनिधिमण्डलले भारतीय भूमिबाट तिब्बतको मुद्दा उठाए पछि चीनले कडा प्रतिक्रिया दिएको छ । यसका बाबजुद भारतले तिब्बतलाई चीनको हिस्सा मान्छ र दलाई लामा र चीनबिच चलिरहेको तनावबारे टिप्पणी गर्नबाट बचिरहेको छ । यस विषयमा सामाजिक सञ्जालदेखि विदेश मामिलाका विज्ञहरूले प्रश्न उठाइरहेका छन् । उनीहरूले यसबाट भारतलाई के फाइदा हुन्छ ? भन्दै प्रश्न गरेका छन् भने उनीहरूले…
Read More
बलिबुड गायिका अल्का कसरी कान नसुन्ने भइन् ?

बलिबुड गायिका अल्का कसरी कान नसुन्ने भइन् ?

काठमाडौँ । बलिवुडकी चर्चित गायिका अल्का याग्निकले आफूले अचानक कान सुन्न छोडेको जानकारी दिएपछि अहिले यो विषय चर्चामा रहेको छ । सामाजिक सञ्जालमार्फत आफूले कान सुन्न छोडेको जानकारी दिँदै गायिका याग्निकले   भाइरस हमलाका कारण सुन्ने क्षमता गुमाएको बताएकी छन् । उनले लेखेकी छन्- 'केही साताअघि विमानबाट ओर्लँदै गर्दा अचानक मैले केही सुन्न नसक्ने महसुस गरे । यो घटनापछि धेरैलाई धैर्यता गर्नु पर्यो । आखिर, म मेरो मौनता तोड्न चाहन्छु र मेरा सबै साथीहरू र शुभचिन्तकहरूलाई बताउन चाहन्छु किन म लामो समयदेखि नसुन्ने भएकी छु । परीक्षण पछि डाक्टरले मलाई 'सेन्सरी न्युरल' अर्थात् श्रवण शक्तिमा कमी भएको पत्ता लगाएका छन् ।…
Read More
योगाभ्यासका लागि नेपाल सुन्दर भूमि हो- प्रधानमन्त्री

योगाभ्यासका लागि नेपाल सुन्दर भूमि हो- प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राकृतिक हिसाबले नेपाल संसारभरका मानिसका लागि योगाभ्यासको सुन्दर भूमि भएको बताएका छन् । विश्व योग दिवस २०२४ को अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले योगसम्बन्धी ज्ञान विज्ञानको अध्ययन गरिरहेका विश्वभरकै अध्येताहरूका लागि नेपाल मूल गन्तव्य बन्न सक्ने विश्वास व्यक्त गरे । योग शारीरिक अभ्यास मात्र नभई निश्चित नियम, विधि र प्रक्रियामा रही अपनाउने वैज्ञानिक जीवनशैली एवं जीवनपद्धति भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले स्वास्थ्यकर जीवनयापनका लागि व्यक्तिलाई शारीरिक, मानसिक र आध्यात्मिक रूपमा सबल बनाउन योगले सहयोग पुर्‍याइने बताए । “शरीरलाई स्वस्थ र फुर्तिलो बनाउने तथा मनलाई स्वच्छ र शान्त बनाउने सर्वोत्तम उपाय…
Read More