Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
ज्ञान घर, Author at Gyaan Ghar - Page 24 of 205

Gyaan Ghar

Advertisement

ज्ञान घर

2049 Posts
अमेरिकामा मुनाको हत्यामा संलग्न अभियुक्तको तस्बिर सार्वजनिक

अमेरिकामा मुनाको हत्यामा संलग्न अभियुक्तको तस्बिर सार्वजनिक

काठमाडौँ । अमेरिकामा हत्या भएकी नेपाली युवती मुना पाण्डेमाथि गोली चलाउनेको तस्बिर प्रहरीले सार्वजनिक गरेको छ । अमेरिकामा नेपाली पत्रकारहरूले सञ्चालन गरेको पोर्टल नेप्योर्कका अनुसार अभियुक्तको तस्बिर सार्वजनिक भए पनि पहिचान भने खुल्न सकेको छैन । सिसिटिभी फुटेजअनुसार मुना मृत भेटिएको स्थानमा अभियुक्त अगस्ट २४ को बेलुका ९ बजेर ४८ मिनेटमा देखिएको प्रहरीले जनाएको छ । अमेरिकाको टेक्सस राज्यको ह्युस्टनस्थित अपार्टमेन्टमा नेपाली विद्यार्थी मुना पाण्डेको गोली हानेर हत्या गरिएको थियो । नेपालमा भोजपुरकी पाण्डे सन् २०२१ मा अध्ययनका लागि अमेरिका पुगेकी थिइन् । २१ बर्सिया मुनाको हत्या किन भयो भन्ने बारे प्रहरी अहिले पनि अनुसन्धानमै रहेको छ ।
Read More
सरकारी अस्पतालमा सम्भव नभएका क्यान्सर नमुना परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गर्ने

सरकारी अस्पतालमा सम्भव नभएका क्यान्सर नमुना परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गर्ने

काठमाडौँ । देशका सरकारी क्यान्सर अस्पतालको ल्याब परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गर्ने भएको छ । सङ्घअन्तर्गतका भक्तपुर क्यान्सर अस्पताल र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा सम्भव नहुने ल्याब परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट गराउन मन्त्रालयमा दुवै पक्षबिच सम्झौता सम्पन्न भएको हो । सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरा बाँकेको क्यान्सर नमुना यसअघि नै प्रयोगशालाले परीक्षण थालिसकेको छ । बाँकी दुई अस्पतालको ल्याब परीक्षणका लागि प्रयोगशालाका निर्देशक डाक्टर रञ्जन भट्टले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलको उपस्थितिमा अस्पतालसँग सम्झौता गरेका हुन् । यस अघि ती अस्पतालहरूमा सम्भव नभएका परीक्षणका लागि बिरामी आफैँले निजी ल्याब तथा भारतसम्म धाउनुपर्ने अवस्था थियो । तर…
Read More
एआइजी ज्ञवालीसहित पाँच प्रहरी सर्वोच्च अदालतमा

एआइजी ज्ञवालीसहित पाँच प्रहरी सर्वोच्च अदालतमा

काठमाडौँ- उमेर हदका कारण अवकाशमा जान लागेका प्रहरी अधिकारीहरू सर्वोच्च अदालत पुगेका छन्। प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीसहित पाँच जनाले बुधवार सर्वोच्च अदालतमा निवेदन दिएका हुन्। निवेदन दिने अन्य प्रहरी अधिकृतहरूमा प्रहरी नायब महानिरीक्षक यज्ञविनोद पोखरेल, केदार ढकाल, राजेशनाथ बास्तोला र प्रहरी निरीक्षक नागेन्द्र ठाकुर छन्। प्रहरी अतिरिक्त महानिरीक्षक ज्ञवाली ५६ वर्षे उमेर हदका कारण भदौ २६ गते अवकाशमा जान लागेका थिए। अन्य अधिकृतहरू त्यसअघि नै अवकाशमा जान लागेका थिए। उनीहरूलाई प्रहरी किताब खानाले अवकाशको चिठी पठाइसकेको थियो। ‘उमेर हदका कारण हुने अवकाशको विषयसमेत सम्बोधन हुनुपर्‍यो भन्ने माग दाबी गरी हामीले सामूहिक रूपमा निवेदन दिएका हौँ,’ ज्ञवालीले भने, ‘यसबारे अदालतले बिहीबार…
Read More
खेलको क्रममा मैदानमा लडेका उरुग्वेका डिफेन्डरको निधन

खेलको क्रममा मैदानमा लडेका उरुग्वेका डिफेन्डरको निधन

काठमाडौँ । उरुग्वेका डिफेन्डर जुआन इज्क्विएर्डोको निधन भएको छ । २७ वर्षीय डिफेन्डर जुआन अगस्त २२ मा आफ्नो कोपा लिबेर्टाडोरेज अन्तर्गत क्लब नासिओनलको ब्राजिलियन क्लब साओ पाउलोविरुद्ध खेल्ने क्रममा मैदानमा लडेका थिए । खेलको ८४औँ मिनेटमा मैदानमा लडेका जुआनलाई तत्काल मैदान बाहिर लगेर एम्बुलेन्सबाट अस्पताल पुर्‍याइएको थियो । अस्पतालले जुआनको ब्रेन डेड भएका कारण मृत्यु भएको जानकारी दिएको छ । जुआनको निधन भएको खबरपछि उरुग्वेको फुटबल फेडेरेसनले यो खबर अत्यन्त दुखद भएको उल्लेख गरेको छ । एसोसिएसनले अहिले दक्षिण अमेरिकी फुटबल दुखमा रहेको उल्लेख गरेको छ ।
Read More
ब्राजिलमा १७६ नेपाली अलपत्र

ब्राजिलमा १७६ नेपाली अलपत्र

काठमाडौँ । ब्राजिलको साउपाउलोस्थित विमानस्थलमा १७६ नेपाली अलपत्र परेका छन् । ब्राजिलस्थित नेपाली दूतावासले विमानस्थलमा १७६ नेपाली सहित कुल ७०० जना अलपत्र परेको उल्लेख गरेको छ । ती मध्ये अधिकांश अवैध बाटोबाट अमेरिका जाने क्रममा त्यहाँ पुगेको बताइएको छ । ब्राजिलस्थित नेपाली दूतावासले विमानस्थलमा अलपत्र परेका मध्ये कसैसँग जायज कारण र कागजपत्र भए पुष्टि गरेर प्रवेश आज्ञा लिएर मात्रै ब्राजिल छाड्न आग्रह गरेको छ । मानव तस्करको प्रलोभनमा लाखौँ रकम बुझाएर अवैध बाटो हुँदै अमेरिका हिँडेका १७६ नेपालीसहित झन्डै सात सय आप्रवासी एक सातादेखि ब्राजिलको साओ पाउलो अन्तर्राष्ट्रिय विमानस्थलमा अलपत्र परेका हुन् । ब्राजिलस्थित नेपाली दूतावासले आज जारी गरेको एक…
Read More
साफ यू-२० च्याम्पियनसिपको फाइनलमा नेपाल र बङ्गलादेश भिड्दै

साफ यू-२० च्याम्पियनसिपको फाइनलमा नेपाल र बङ्गलादेश भिड्दै

काठमाडौँ । आज साफ यू-२० च्याम्पियनसिपको फाइनल खेल हुँदै छ ।  फाइनल खेलमा नेपाल र बङ्गलादेश आमने सामने हुँदै छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने यो खेल अपराह्न २: ३० बजेदेखि हुने भएको छ ।लगातार भइरहेको वर्षाका कारण दशरथ रङ्गशाला खेल्न योग्य नभएपछि फाइनल खेल पनि एन्फा कम्प्लेक्समा नै हुने भएको एन्फाले जानकारी दिएको छ । नेपालले सेमिफाइनलमा भुटानलाई पेनाल्टी सुट आउटमा ४-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो । त्यस्तै बङ्गलादेशले भने सेमिफाइनलमा भारतलाई पेनाल्टी सुट आउटमा ४-३ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो । नेपाल र बंगालदेश यस प्रतियोगिताको एकै समूह ए मा रहेका थिए ।…
Read More
म अब सत्ताको खेलमा लाग्दिन- प्रचण्ड

म अब सत्ताको खेलमा लाग्दिन- प्रचण्ड

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ताको खेलमा नलाग्ने उद्घोष गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले सत्ताको खेलभन्दा जनताको अधिकारका लागि अघि बढ्ने बताएका हुन् । ‘काँग्रेस–एमालेका साथीहरूलाई म यही रोस्टमबाट सम्बोधन गर्दछु, प्रचण्ड अब सत्ताको खेलमा लाग्नेछैन, तपाईँहरूकहाँ सत्तामा हिस्सेदारी माग्न आउनेछैन । माओवादी भनेको पार्टीभन्दा पनि आन्दोलन हो, सीमान्त वर्ग, वर्ण, लिङ्ग र क्षेत्रको आन्दोलन’, उनले भने, ‘म यही संसदबाटै स्वीकार गर्छु, यसबिचमा कमजोरीहरू भए । जनतासँग संवादका कमजोरी भए । व्यवहारका कमजोरी भए । वर्गीय पक्षधरताका कमजोरी भए । त्यही कमजोरीमा खेलेर अब तपाईँहरू सीमान्तहरूका प्राप्त…
Read More
रघुजी पन्तको प्रचण्डलाई आग्रह- प्रतिपक्षी दलको नेताको पद चाहिँदैन भने जनार्दनजीलाई दिनुस्

रघुजी पन्तको प्रचण्डलाई आग्रह- प्रतिपक्षी दलको नेताको पद चाहिँदैन भने जनार्दनजीलाई दिनुस्

काठमाडौँ । नेकपा एमालेका सांसद रघुजी पन्तले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ताबाट बाहिरिएपछि छटपटी देखाएको बताएका छन् । मङ्गलवार प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै सांसद पन्तले प्रधानमन्त्री पद गएपछि प्रचण्डले औडाहा र छटपटी देखाएको टिप्पणी गरेका हुन् । प्रचण्डले काङ्ग्रेस-एमालेलाई लेखा समितिको सभापति नदिएको भन्दै आक्रोश व्यक्त गर्दै चाहियो भने प्रतिपक्षी दलको नेताको पद पनि लैजान गरेको आग्रहको जवाफ दिँदै सांसद पन्तले त्यो पद माओवादी केन्द्रलाई दिएको भन्दै प्रचण्डलाई त्यो पद नचाहिने भए अर्को नेता जनार्दन शर्मालाई दिन सुझाव दिएका थिए । उनले भने- ‘संविधान त पढ्नुस् नेता ज्यु। प्रमुख पद तपाईँले खोजेर हामीले…
Read More
युरोपमा बृद्ध जनसङ्ख्या पढेपछि पेन्सन योजना फेर्दै सरकार

युरोपमा बृद्ध जनसङ्ख्या पढेपछि पेन्सन योजना फेर्दै सरकार

काठमाडौँ । युरोपका देशहरूले आफ्नो बुढ्यौली जनसङ्ख्याको लागि निवृत्तिभरणमा पहिले भन्दा बढी खर्च गर्नु परेको छ । यसैलाई मध्यनजर गर्दै कतिपय सरकारले अवकाशको उमेर बढाउन चाहेका छन् भने केही अन्य उपायहरू पनि विचार भइरहेको रिपोर्टमा उल्लेख छ । युरोपमा केही दशकयता वृद्ध वृद्धाको जनसङ्ख्या लगातार बढिरहेको छ । वर्तमान युरोप जनसङ्ख्याको पाँच भागको एक भाग ६५ वा माथिका छन् । यो अनुमान गरिएको छ कि २०५० सम्म, युरोपको एक तिहाइ जनसङ्ख्या ६५ वर्ष वा माथिको हुनेछ । विश्व स्वास्थ्य सङ्गठनले गत वर्ष चेतावनी दिँदै सन् २०२४ मा युरोपमा पहिलो पटक ६५ वर्षभन्दा माथिका मानिसको सङ्ख्या १५ वर्ष मुनिको जनसङ्ख्याभन्दा बढी…
Read More
एकीकृत समाजवादीले आज पदाधिकारी चयनका लागि निर्वाचन गर्दै

एकीकृत समाजवादीले आज पदाधिकारी चयनका लागि निर्वाचन गर्दै

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले आज पदाधिकारीको चयन  निर्वाचनबाट गर्ने भएको छ । आइतबार र सोमबार बसेको केन्द्रीय कमिटी बैठकमा सहमति जुट्न नसकेपछि आज निर्वाचन गर्न लागिएको हो । गत असारमा सम्पन्न एकीकृत समाजवादीको १०औँ महाधिवेशनले पार्टी अध्यक्षमा माधव कुमार नेपाल, महासचिवमा घनश्याम भुसाल र सम्मानित नेतामा झलनाथ खनाललाई चयन गरेको थियो । बाँकी १८ जना पदाधिकारी टुङ्ग्याउन एकीकृत समाजवादीलाई सकस परेसँग निर्वाचनको प्रक्रिया रोजिएको हो । आज बिहान ७ बजे मनोनयन पत्र वितरण हुने, ७: ३० देखि ८: ३० सम्म मनोनयन दर्ता गरेपछि अन्य प्रक्रिया पूरा गरेर दिउँसो १२ बजेदेखि १ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने बताइएको छ…
Read More