health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले आज पदाधिकारीको चयन निर्वाचनबाट गर्ने भएको छ ।
आइतबार र सोमबार बसेको केन्द्रीय कमिटी बैठकमा सहमति जुट्न नसकेपछि आज निर्वाचन गर्न लागिएको हो ।
गत असारमा सम्पन्न एकीकृत समाजवादीको १०औँ महाधिवेशनले पार्टी अध्यक्षमा माधव कुमार नेपाल, महासचिवमा घनश्याम भुसाल र सम्मानित नेतामा झलनाथ खनाललाई चयन गरेको थियो । बाँकी १८ जना पदाधिकारी टुङ्ग्याउन एकीकृत समाजवादीलाई सकस परेसँग निर्वाचनको प्रक्रिया रोजिएको हो ।
आज बिहान ७ बजे मनोनयन पत्र वितरण हुने, ७: ३० देखि ८: ३० सम्म मनोनयन दर्ता गरेपछि अन्य प्रक्रिया पूरा गरेर दिउँसो १२ बजेदेखि १ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने बताइएको छ । त्यस्तै २ बजेदेखि ५ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ भने आज बेलुका ६ बजेबाट नै मतगणना सुरु गरिने कार्य तालिका सार्वजनिक गरिएको छ ।
एकीकृत समाजवादीले महाधिवेशनबाट अध्यक्ष, सम्मानित नेता र महासचिव चयन गरेको छ भने ३४४ सदस्यीय केन्द्रीय कमिटी चयन गरिसकेको छ ।