20
Feb
काठमाडौँ । कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले अमेरिकी विकास सहायता (युएसएआइडी) को रकम धर्म प्रचारमा प्रयोग नगरेको प्रस्टीकरण दिएका छन् । आफूहरूमाथि सामाजिक सञ्जालमा लागेको आरोपबारे बिहीबार एक भिडियो सन्देशमार्फत त्यसको खण्डन गर्दै महाजोडीले अनर्गल प्रचार गरिएकोप्रति आपत्ति जनाएका छन् । ‘हिजोआज सामाजिक सञ्जालमा महाजोडीले युएसएआइडीको पैसा लिएर धर्म विरोधी काम र प्रचार गर्यो भनेर अनर्गल प्रचार गरिएको छ । हामीलाई आफ्नो हितैषीहरूबाट नै यस्तो आरोप सुन्नुपर्दा अत्यन्तै चित्त दुखेको छ,’ मदनकृष्णले भने, ‘हामीले राम्रो राम्रो मात्र छानेर काम गर्दै आइरहेका छौँ । जस्तो कि कुष्ठरोग सम्बन्धी, क्षयरोग खोपसम्बन्धी जनचेतना यी अधर्म कुरा हैनन् । यहाँहरूले हाम्रो टेलिफिल्म हेरेर…