21
Jan
काठमाडौँ, माघ ७ गते । ‘सङ्गठन निर्माण गर्दै हिँड्दा कतिपय मानिसहरूको लागि बोलेको कुरा मात्र नसुन्ने अवस्था थियो । पार्टीका किताब र पत्रिका बेच्दै हिँड्दा बाइबलको प्रचार गर्न त आएको होइन ? भनेर आरोप पनि लगाइयो । यस प्रकारको अप्ठ्यारो अवस्थाहरूसँग सङ्घर्ष गर्दै एउटा क्रान्तिकारी गीति एल्बम निर्माण गर्ने सोच आयो ।’ ‘नरुनु आमा’ गीति एल्बमका रचयिता दीप गोलेको भनाइ हो यो । ‘पार्टी तथा आन्दोलनमा लागिरहँदा आमाले आफ्नो घर व्यवहारमा मात्र सीमित हुन गरेको अनुरोधलाई गीतको माध्यमबाट सचेत पार्न खोजिएको’ गीतकार दीप गोलेले विमोचन कार्यक्रममा अध्यक्ष मन्तव्यको अवसरमा बताउनुभयो– ‘यो एल्बमको माध्यमबाट मेरो आमाको साथै थुप्रै आमाहरुलाई क्रान्ति र…
21
Jan
काठमाडौँ, ७ माघ । जारी आइसिसी यू- १९ विश्वकप अन्तर्गत आज नेपालले आफ्नो पहिलो खेल खेल्दै छ । समूह डी मा रहेको नेपालले आज आफ्नो पहिलो खेलमा न्यूजील्याण्डसँग खेल्दै छ । यो खेल नेपाली समय अनुसार अपराह्न १. ४५ बजेदेखि सुरु हुँदै छ । दक्षिण अफ्रिकामा हुने यस विश्वकपमा नेपालसहित १६ देशले भाग लिँदै छन् । यस विश्वकपमा नेपाल समूह डी मा रहेको छ । यस समूहमा नेपालसँगै पाकिस्तान, अफगानिस्तान र न्युजिल्यान्ड रहेका छन् । नेपालले विश्वकपमा पहिलो खेल जनवरी २१ मा न्युजिल्यान्डसँग खेल्नेछ । यस्तै जनवरी २४ मा पाकिस्तानसँग र जनवरी २६ मा अफगानिस्तानसँग खेल्ने तालिका रहेको छ । विश्वकप खेल्ने नेपाली…
21
Jan
न्युयोर्क, ६ माघ । ब्ल्याक होलहरू विश्वभरका वैज्ञानिकहरूको लागि जिज्ञासाको सबैभन्दा ठुलो केन्द्र हो। अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले जेम्स वेब स्पेस टेलिस्कोप सन् २०२१ मा प्रक्षेपण गरेको थियो। १०,००० करोड रुपैयाँको यो वेधशाला वैज्ञानिकहरूका लागि ब्ल्याक होल पत्ता लगाउने प्रमुख माध्यम बनेको छ। अब खगोलविद्हरूको टोलीले अहिलेसम्म पत्ता लागेको सबैभन्दा टाढाको र सबैभन्दा पुरानो ब्ल्याक होल पत्ता लगाएको छ। यो जानकारी नेचर जर्नलमा प्रकाशित छ । यो ब्ल्याक होल धेरै पुरानो ग्यालेक्सी जिएन–जेड ११ मा अवलोकन गरिएको छ, जुन १३.४ बिलियन प्रकाश वर्ष टाढा छ। यो ब्ल्याक होल सूर्यभन्दा करिब ६० लाख गुणा ठुलो छ र यसले आफ्नो…
20
Jan
बेइजिङ, ७ माघ । चीनको एक स्कुलमा आगलागी हुँदा १३ विद्यार्थीको मृत्यु भएको छ । मध्य चीनको एक बोर्डिङ स्कुलको छात्रावासमा आगलागी हुँदा १३ विद्यार्थीको मृत्यु भएको हो । चिनियाँ सञ्चारमाध्यमका अनुसार हेनान प्रान्तको यान्सानपु गाउँको यिङकाई विद्यालयमा आगलागी हुँदा एक विद्यार्थी घाइते भएको छन् । घाइते हुनेमा प्राथमिक विद्यालय तेस्रो कक्षाका विद्यार्थी रहेको बताइएको छ । ती सबै नौ र १० वर्षका एउटै कक्षामा अध्ययनरत विद्यार्थी रहेको हेबेई डेलीले जनाएको छ । फायर फाइटरहरूले आगोलाई तुरुन्तै निभाउन सफल भएका छन्, जुन शुक्रवार राति ११ बजे सुरु भएको थियो । अधिकारीहरूले सो आगलागीको कारणको अनुसन्धान गरिरहेको…
20
Jan
नयाँदिल्ली, ६ माघ । आगामी २२ जनवरीमा अयोध्यामा राम मन्दिरको मूर्तिलाई अभिषेक गरिदैँछ, मुख्यतः संसार भरीका हिन्दु धर्मावलम्बी लामो समयदेखि यो दिनको प्रतीक्षामा रहेका छन् । यस्तो अवस्थामा यससँग सम्बन्धित एउटा समाचार आइरहेको छ कि भारतमा गर्भवती महिलाहरू यो दिन आफ्नो बच्चालाई जन्म दिन चाहन्छन् र यसका लागि उनीहरूले डाक्टरलाई विशेष अनुरोध पनि गरिरहेका छन् । देशका विभिन्न राज्यका डाक्टरहरूले भनेका छन् कि हामीलाई यस्ता धेरै अनुरोधहरू प्राप्त भएका छन्, जसमा महिलाहरूले जनवरी २२ मा सी सेक्सन मार्फत बच्चा जन्माउन चाहन्छन्। तर हामी यस प्रकारको डेलिभरीलाई उपयुक्त ठानिँदैन । ‘कतिपय व्यक्तिहरू छन्, जो एक विशेष समयमा मात्र बच्चा जन्माउन…
20
Jan
काठमाडौँ, ६ माघ । उमेरमा नै कपाल सेतो हुनु आजको समयमा यस्तो समस्या बनेको छ कि धेरै मानिसहरू यससँग लडिरहेका छन् । अझै सानै उमेरमा मानिसको कपाल सेतो हुने गर्छ र यो समस्या साना बालबालिकामा पनि देखिने गरेको छ । कहिलेकाहीँ रासायनिक उत्पादनहरू र शरीरमा केही पोषक तत्त्वहरूको कमीको कारणले कपालको समय अगावै सेतो हुन सक्छ। यो समस्याबाट बच्न कपालको हेरचाह गर्ने धेरै प्रकारका उत्पादनहरू बजारमा उपलब्ध भएता पनि त्यसको नतिजा कस्तो हुन्छ भन्ने पुष्टि भएको छैन। यस्तो अवस्थामा यो समस्याबाट छुटकारा पाउन प्राकृतिक उपाय अपनाउनु राम्रो हुन्छ । यदि तपाईँ तपाईँको सेतो कपाल केही दिनमा कालो र…
20
Jan
रुद्र सुवेदी नेपालगन्ज, ६ माघ । मुलुकमा सङ्घीयता कार्यान्वयन भएको आठ वर्ष भयो तर खेलकुदमा सङ्घीयता कार्यान्वयन नहुँदा करोडौँ खर्चेर निर्माण भएका साबिक मध्यपश्चिम खेलकुद विकास समिति अन्तरगत निर्माण भएको नेपालगन्ज रङ्गशालाका खेलकुदका संरचनाहरू संरक्षणको अभावमा खण्डहरमा परिणत भएका छन् । खेलकुदमा सङ्घीयता कार्यान्वयन नहुँदा करोडौँ खर्चेर निर्माण भएका सालिक मध्यपश्चिम खेलकुद विकास समिति अन्तरगत नेपालगन्ज रङ्गशालामा रहेका खेलकुदका संरचनाहरू संरक्षणको अभावमा खण्डहरमा परिणत भएका हुन् । सालिक मध्यपश्चिम खेलकुद विकास समिति नेपालगन्जका कार्यालय प्रमुख महेश चन्दले राष्ट्रिय खेलकुद परिषद् अन्तरगत रहेको नेपालगन्ज रङ्गशाला सङ्घीयता पछि स्थानीय तह, जिल्ला, प्रदेश कसको अन्तरगत रहने स्पष्ट नहुँदा संरक्षणको लागि आवश्यक बजेट नआएको…
20
Jan
टोकियो, ६ माघ । जापानको चन्द्रयान चन्द्रमामा सफलतापूर्वक अवतरण भएको छ । जुन सफलता पछि अमेरिका, रुस, चीन र भारतपछि जापान चन्द्रमामा अवतरण गर्ने पाँचौँ देश बनेको छ । जापानको अन्तरिक्ष एजेन्सीले आफ्नो स्मार्ट ल्यान्डर फर इन्भेस्टिगेटिङ मुन (स्लिम) ले चन्द्रमाको सतहमा सफ्ट ल्यान्डिङ गरेको जनाएको हो । जापान एरोस्पेस एक्सप्लोरेसन एजेन्सीले मुन स्पिनर नामक प्रोबलाई लक्ष्यको १०० मिटर (३२८ फिट) भित्र अवतरण गर्ने प्रयास गरेको छ। जापानको अन्तरिक्ष एजेन्सी स्लिमले आफ्नो सही लक्ष्य हासिल गरेको छ कि छैन भनेर प्रमाणित गर्न एक महिना लाग्ने बताएको छ। बिबिसीका अनुसार जापानको अन्तरिक्ष एजेन्सीले ‘मून स्नाइपर’ भनेर…
19
Jan
काठमाडौँ, ५ माघ । सुदूरपश्चिम प्रदेशमा सत्ता गठबन्धन दलका उम्मेदवार विजयी गराउन सत्ता गठबन्धन दल सुदूरपश्चिम प्रदेश सभा सदस्यहरूको राष्ट्रिय सभाका उम्मेदवारहरूसँग परिचयात्मक तथा चियापान कार्यक्रमको आयोजना गरिएको छ। राष्ट्रिय सभा सदस्यका उम्मेदवार विजयी गर्न गठित सुदूरपश्चिम प्रदेश समन्वय समितिका संयोजक मेघराज खडकाको संयोजकत्वमा आज नेपाली काँग्रेस सुदूरपश्चिम संसदीय दलको कार्यालयमा चियापान, भेटघाट तथा परिचयात्मक कार्यक्रम आयोजना गरिएको नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमिति सदस्य एवं प्रवक्तासमेत रहेका सुरत रावत डोटेली कान्छाले बताए। नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको कार्यालयमा सुदूरपश्चिम प्रदेश सभा सदस्यहरूलाई सत्ता गठबन्धन दलका तर्फबाट राष्ट्रिय सभा सदस्यमा साझा उम्मेदवार बनेका नेपाली काँग्रेसका बलदेव बोहरा, नेकपा माओवादी केन्द्रकी…