Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
2024 - Page 92 of 112 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

Year: 2024

आजदेखि देशभरका सरकारी कार्यालय ५ बजेसम्म खुल्ने

आजदेखि देशभरका सरकारी कार्यालय ५ बजेसम्म खुल्ने

काठमाडौँ, १६ मङ्गलवार। मङ्गलवार देखी देशभरका सम्पूर्ण सरकारी कार्यालय अपराह्न ५ बजेसम्म खुल्ने भएका छन्। सरकारले २०७९ साल चैत २ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी माघ १६ गतेदेखि कार्यालय समय बिहान १० देखि अपराह्न ५ बजेसम्म हुने जनाएको थियो। सरकारले गत कात्तिक १६ गतेदेखि यही माघ १५ गतेसम्म बिहान १० देखि अपराह्न ४ बजेसम्म तोकेको थियो। वैशाख १ देखि कात्तिक १५ गतेसम्म र माघ १६ देखि चैत मसान्तसम्म कार्यालय समय साँझ ५ बजेसम्म सञ्चालन हुनेछन्। शुक्रवारका दिन बिहान १० देखि अपराह्न ३ बजेसम्म कार्यालय खुल्ला रहने गृह मन्त्रालयले जनाएको छ। सरकारले दिउँसो १:३० देखि २ बजेसम्म खाजा खाने समय…
Read More
एलन मस्कले गराए मानव मानव मस्तिष्कमा चिप प्रत्यारोपण

एलन मस्कले गराए मानव मानव मस्तिष्कमा चिप प्रत्यारोपण

न्युयोर्क, १६ माघ । पहिलो पटक मानव मस्तिष्कमा चीप हालिएको छ । एलन मस्कको न्यूरालिंकले पहिलो पटक गरे मानव मस्तिष्कमा ब्रेन चिप प्रत्यारोपण गरेको हो । संसारमा नै पहिलो पटक मस्कको कम्पनी ‘न्यूरालिङ्क’ले मानव मस्तिष्कमा चिप जडान गरेर नयाँ तहल्का मच्चाएको हो । जसका कारण टेस्ला र ट्विटरका मालिक एलन मस्क आफ्नो नयाँ कम्पनी न्यूरालिङ्कको साथ एक पटक फेरि चर्चामा आएका छन्।  उनको स्टार्टअप  ‘न्यूराेलिङ्क’ ले पहिलो मानव बिरामीमा मस्तिष्क प्रत्यारोपण गरेको हो । एलोन मस्कले मङ्गलवार यो जानकारी दिएका  हुन  । उनले भनेका छन ‘न्यूरालिंक स्टार्टअपले आफ्नो पहिलो मानव बिरामीमा मस्तिष्क प्रत्यारोपण गरेको छ। पहिलो पटक मानवमा न्यूरालिंकबाट गरिएको चिप प्रत्यारोपणले सफलता…
Read More
अजरबैजान पठाइदिन्छु भन्दै ३३ लाख ठगी​​​​​​​ गर्ने सिवाकोटी पक्राउ

अजरबैजान पठाइदिन्छु भन्दै ३३ लाख ठगी​​​​​​​ गर्ने सिवाकोटी पक्राउ

काठमाडौँ, १५ माघ । अजरबैजान पठाइदिन्छु भन्दै ३३ लाख ठगी गरेको आरोपमा मिराकल कन्सल्टेन्सीका सञ्चालक रामशरण सिवाकोटीलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले आज उनलाई पक्राउ गरेको हो। सञ्चालक सिवाकोटीले युनिसा आले मगरबाट १६ लाख ५० हजार र राजन प्रसाईंबाट १६ लाख ५२ हजार गरी ३३ लाख २ हजार ठगी गरेको प्रहरीले जनाएको छ। उनले मासिक २ लाख आम्दानी हुने भन्दै अजरबैजान पठाइदिने बताएका थिए। पैसा बुझेपछि भने उनी भारतको दिल्ली फरार भए। प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानबाट निजले फ्रान्स, स्पेन, युक्रेन जस्ता देशहरूमा पठाउने भनी धेरै व्यक्तिहरूसँग रकम लिएको खुलेको छ।
Read More
एकीकृत समाजवादीमा हट्यो ७० वर्षे उमेर हद

एकीकृत समाजवादीमा हट्यो ७० वर्षे उमेर हद

काठमाडौँ, १५ माघ । सत्तारुढ नेकपा एकीकृत समाजवादीले पार्टी नेताहरूको उमेर हद हटाएको छ। काठमाडौँमा आइतबार र सोमबार दुई दिन बसेको दोस्रो केन्द्रीय परिषद् बैठकले यसअघि रहेको ७० वर्षीय उमेर हदको प्रावधान हटाएको हो। यससँगै सम्मानित नेता झलनाथ खनालसहितलाई पार्टीको नेतृत्व लिन अब उमेर हदको तगारो हटेको छ। समाजवादीले यसअघि नै उमेर हद हटाउने गरी अघि बढाएको प्रस्तावलाई परिषद् बैठकले पारित गरेको हो। यस बैठकले केन्द्रदेखि तल्लो तहसम्मका कमिटीका पदाधिकारी र सदस्यहरू सबै प्रत्यक्ष निर्वाचित हुने व्यवस्थासहित विधान पनि संशोधन गरेको छ।  समाजवादीले अब केन्द्रीय कमिटी १९९ जनाको हुने निर्णय पनि गरेको छ। समाजवादीले केन्द्रीय पदाधिकारी १९ सदस्यीय हुने जनाएको…
Read More
उतै छुट्यो

उतै छुट्यो

* डा.कौशिला रिसाल अरबौँ पाइला हिँडेका गाउँका साना गोरेटाहरू साँघुरा गल्लीहरू गौँडा, गल्छेँडा र सिँढीहरू नबिर्सँदा नबिर्सँदै बिराना भए मेरो अतीत उतै छुट्यो  यादहरू सँगै छन् । सहर भन्नु रहर रहेछ दिनमा भोक बोकेर रातमा निद्रा पन्छाएर पैसाका लागि समर्पित  मन, मस्तिष्क बोकेर घिर्सिदै छन् दुई खुट्टा छोट्टाएर आयुको नापो मेरो अतीत उतै छुट्यो  यादहरू सँगै छन् । साँढे दुई दशक भएछ भाँचिएको सपना बोकेर शीतल जूनको निम्ति जिन्दगीको रहर हिँडेको  जीवनको मध्ये बिन्दुमा मध्यान्हको घामजस्तै उज्यालो बोकेर ल्याउन नसकेको पुसको चिसोले झैँ घाँटी समाउँछ बिहानीले झकझक्याउँछ साँझले मेरो अतीत उतै छुट्यो यादहरू सँगै छन् ।  मेरी आमाजस्तै एक्लो जीवन…
Read More
कर्णालीले औषधि उत्पादनमा विशेष पहल लिनुपर्छ : प्रधानमन्त्री

कर्णालीले औषधि उत्पादनमा विशेष पहल लिनुपर्छ : प्रधानमन्त्री

काठमाडौँ, १५ माघ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राकृतिक स्रोत र सम्पदाहरूको बहु आयामिक उपयोग गरेर कर्णालीले औषधि उत्पादनमा विशेष पहल लिनुपर्ने बताएका छन् ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभालाई सम्बोधन गर्दै उनले भने, “कर्णाली प्रदेश अथाह प्राकृतिक स्रोत र मुख्यतः जडीबुटी स्रोतमा महत्त्वपूर्ण छ । तसर्थ, प्राकृतिक स्रोत र सम्पदाहरूको बहु आयामिक उपयोगका साथै औषधि उत्पादनका क्षेत्रमा समेत पहल लिनुपर्दछ ।” उनले औषधि उत्पादनका लागि आवश्यक गृहकार्य गर्नसमेत प्रतिष्ठानलाई निर्देशन दिए । साधन स्रोतको अभावका बिचमा रहेर प्रतिष्ठानले राम्रो काम गर्दै आएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले आगामी दिनमा कर्णालीको अथाह सम्भावनालाई सदुपयोग गर्ने योजनामा सरकारले सघाउने उल्लेख गरे । उनले…
Read More
त्रिविले आजदेखि ट्रान्सक्रिप्टलगायत सेवा अनलाइनबाटै दिन सुरु

त्रिविले आजदेखि ट्रान्सक्रिप्टलगायत सेवा अनलाइनबाटै दिन सुरु

काठमाडौँ, १५ माघ । त्रिभुवन विश्वविद्यालयले आजदेखि ट्रान्सक्रिप्टलगायत सेवा अनलाइनबाटै दिने भएको छ । त्रिविको माघ २ गते बसेको केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकले आजदेखि ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, पुनर्योग, प्रतिलिपि, करेक्सनलगायत सेवा अनलाइनबाट दिने निर्णय गरेको थियो । 
Read More
पश्चिमी शक्तिसँग बढ्दो तनावका बिच इरानले गर्‍यो तीन वटा भूउपग्रह प्रक्षेपण

पश्चिमी शक्तिसँग बढ्दो तनावका बिच इरानले गर्‍यो तीन वटा भूउपग्रह प्रक्षेपण

तेहरान, १५ माघ । इरानले रक्षा मन्त्रालय र सशस्त्र बल रसद मन्त्रालय द्वारा विकसित आफ्नो वाहक रकेट प्रयोग गरेर पहिलो पटक सफलतापूर्वक तीन उपग्रहहरू प्रक्षेपण गरेको छ । इरानको राज्य नियन्त्रित मिडियाका अनुसार तेहरानको ब्यालिस्टिक मिसाइल कार्यक्रमलाई बढवा दिने कोश ढुङ्गाको साबित भएको छ।  उपग्रहहरूलाई आइतबार न्यूनतम ४५० किलोमिटर (२८० माइल) को कक्षामा पठाइएको थियो। ३२ किलोग्राम (७१ पाउन्ड) तौलको एउटा उपग्रह र १० किलोभन्दा कम तौलका दुई वटा नानो उपग्रहहरू सिमोर्ग (फिनिक्स) स्याटलाइट क्यारियर रकेट प्रयोग गरेको हो । काहान–२ र हतेफ–१ नामका नानो उपग्रहहरू न्यारोब्यान्ड कम्युनिकेसन र जियोपोजिसनिङ टेक्नोलोजी परीक्षण गर्न प्रयोग गरिने सरकारी सञ्चारमाध्यमले जनाएका छन्। इरानी…
Read More
टिकटकले भेट्टायो १९ वर्ष पछि जुम्ल्याहा दिदीबहिनीलाई

टिकटकले भेट्टायो १९ वर्ष पछि जुम्ल्याहा दिदीबहिनीलाई

जर्जिया, १५ माघ । पूर्वी युरोपको जर्जियामा दुई जुम्ल्याहा बहिनीको यस्तै एउटा घटना बाहिर आएको छ, जो १९ वर्ष पछि भेटिएका छन् ।  यी दुई जुम्ल्याहा दिदीबहिनी जन्मकै बेला एक अर्काबाट अलग भएका थिए तर यति वर्षपछि सामाजिक सञ्जालमार्फत यी दुई जुम्ल्याहा दिदीबहिनीको भेटघाट भएको हो । वास्तवमा, एमी ख्विटिया र आनो सरतानिया जुम्ल्याहा दिदी बहिनी हुन् तर दुवै जन्मने क्रममा नै अलग भएका थिए । यति मात्र होइन, दुवै जना एक अर्काबाट केही माइल टाढा जर्जियामा बस्दै आएका थिए तर उनीहरूलाई यसबारे कुनै जानकारी थिएन । सामाजिक सञ्जाल प्लेटफर्ममा टिकटक भिडियो भाइरल भए पछि यी दुईको पुनर्मिलन भएको छ…
Read More
माल्दिभ्सको संसद्मा भिडन्त, एक जना सांसद घाइते

माल्दिभ्सको संसद्मा भिडन्त, एक जना सांसद घाइते

माले, १५ माघ । मालदिभ्सको संसद्मा भिडन्त भएको छ ।  राष्ट्रपति मोहम्मद मुइज्जुले बोलाएको विशेष अधिवेशनको कार्यवाही अवरुद्ध पार्ने क्रममा मालदिभ्सको संसद्मा झडप भएको हो ।  मालदिभ्सको संसद्मा सत्तारुढ गठबन्धन र विपक्षी सांसदहरूबिच झडप भएको मालदिभ्सका समाचार संस्थाहरूले जनाएका छन् । सन अनलाइनका अनुसार  राष्ट्रपति मुइज्जुको मन्त्रिपरिषद्को लागि मतदान हुनु अघि सो झडप भएको हो । समाचार अनुसार संसद्मा मतदान हुनु अघि पूर्व राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहको नेतृत्वमा रहेको माल्दिभियन डेमोक्रेटिक पार्टी  (एमडीपी) को विरोधमा पीपुल्स नेसनल काँग्रेस (पीएनसी) र प्रोग्रेसिभ पार्टी अफ मालदिभ्स (पीपीएम) का सरकार समर्थक सांसदहरू बाहिर आएका थिए ।  समाचार च्यानल अधाधुले घटनाको भिडियो जारी गरेको…
Read More