28
Sep
काठमाडौँ । इजरायलले लेबनानमा हिजबुल्लाहको लक्ष्यमा हवाई आक्रमण जारी राखेको छ । इजरायलले शनिवार बिहान दक्षिणी बेरुतमा हिजबुल्लाहको स्थानमा हवाई आक्रमण गरेको थियो । इजरायली सेनाले एक विज्ञप्ति जारी गर्दै हिजबुल्लाहको मिसाइल इकाईका प्रमुख मोहम्मद अली इस्माइल आफ्नो आक्रमणमा मारिएको जनाएको छ । यसका साथै इजरायली आक्रमणमा मोहम्मद अली इस्माइलका सहायक हुसेन अहमद इस्माइल पनि मारिएका छन् । इजरायली सेनाले मोहम्मद इस्माइल इजरायलमा धेरै रकेट आक्रमणको पछाडि रहेको बताएको छ । यसअघि हिजबुल्लाहका मिसाइल र रकेट फोर्सका प्रमुख मोहम्मद काबिसी र अन्य धेरै शीर्ष कमान्डर पनि इजरायली आक्रमणमा मारिएका थिए । यसअघि इजरायलले शुक्रवार लेबनानमा ठुलो हवाई हमला गरेको थियो…
28
Sep
काठमाडौँ । नेपाल साफ यू-१७ च्याम्पियनसिपको सेमिफाइनलमा आज भारतको सामना गर्दै छ । थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा आज हुने खेल नेपाली समय अनुसार अपराह्न १: ४५ बजेदेखि हुनेछ । नेपाल समूह बी मा उपविजेता हुँदै सेमिफाइनलमा पुगेको हो भने भारत समूह ए मा समूह विजेता बनेर सेमिफाइनल खेल्दै छ । नेपाल समूह चरणमा पाकिस्तानसँग १-० गोल अन्तरले पराजित भएको थियो भने श्रीलङ्कालाई ४-० र भुटानलाई २-१ ले पराजित गरेको थियो । त्यसै गरी समूह ए मा भारतले बङ्गलादेशलाई १-० र मालदिभ्सलाई ३-० ले पराजित गर्दै समूह विजेता बनेको थियो । आजै दोस्रो सेमिफाइनल साँझ ५: ४५ बजेदेखि पाकिस्तान र बङ्गलादेशबिच हुँदै…
28
Sep
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।साथै भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव नेपालमा रहेको छ । हाल देशभर साधरणतया बदली देखि पूर्णतया बदली रहेको छ।देशभरका अधिकांश स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधरणतया बदली देखि पूर्णतया बदली रहने छ । कोसी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै स्थानहरूमा तथा सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ…
28
Sep
काठमाडौँ । अविरल वर्षाका कारण कुलेखानी जलाशय भरिएपछि शनिवार बिहान ५: ४० बजे ड्यामको ढोका खोलिएको छ । कुलेखानीको ड्याम ३१ वर्षपछि जलाशय भरिएर खोलिएको हो । यसअघि २०५० सालमा ढोका खोलिएको थियो । नेपाल विद्युत् प्राधिकरणको व्याकअपको रूपमा रहेको जलाशय शनिवार बिहान भरिएको थियो । जलाशयको भण्डारण गर्ने क्षमता एक हजार ५ सय ३० मिटर रहेको छ । अझ जलाशयमा क्षमता भन्दा बढी ३५ सेन्टिमिटर पानी सङ्कलन गरिएको थियो । गत वर्ष कुलेखानी जलाशयमा एक हजार ५२६ मिटर मात्र पानी सङ्कलन भएको थियो । कुलेखानी जलाशय भरिएको अवस्थामा पानी खपत गर्न कुलेखानीका तीन वटै विद्युत् गृह सञ्चालन गरिएको छ।…
27
Sep
काठमाडौँ । शुक्रवार बिहानै देखि परेको वर्षाका कारण मुग्लिङ-काठमाडौँ सडक खण्डमा एक दर्जन भन्दा बढी स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । यस सडक खण्डमा कोइराले, ८ किलो, नाग ढुङ्गा, सुरुङ मार्ग लगायतका लगायतका ठाउँमा खसेको पहिरोका कारण यातायात अवरुद्ध रहेको छ । प्रहरीले पहिरो पन्छाएर सडक सुचारु गर्ने प्रयास जारी रहेको बताएको छ । वर्षा नरोकिएकाले अत्यावश्यक बाहेक यात्रा नगर्न समेत प्रहरीले आग्रह गरेको छ ।
27
Sep
काठमाडौँ । बागलुङको ढोरपाटन नगरपालिकाका फरार मेयर देवकुमार नेपाली पक्राउ परेका छन् । सहकारी ठगी प्रकरणमा फरार रहेका मेयर नेपाली भारतको दिल्लीस्थित विमानस्थलबाट पक्राउ परेका हुन् । उनीमाथि इमेज सहकारीको बचत अपचलन गरेको आरोप छ । उनले यो सहकारीको एक अर्ब ८० करोड ठगी गरेर फरार भएका थिए । नेपालीले सहकारी बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिलाई हुलाकमार्फत पत्र पठाउँदै मुद्दा फिर्ता लिएर ऋण तिर्ने वातावरण नबाइदिन आग्रह गरेका थिए । उनी विरुद्ध सहकारी बचत रकम अपचलन अभियोगमा मुद्दा चलिसकेको छ । तर, महान्यायाधिवक्ताको कार्यालयले बैङ्किङ कसुर र सहकारी ऐनअन्तर्गतका मुद्दामा ऋण तिरेको खण्डमा मिलापत्र गर्न सकिने व्यवस्था…
27
Sep
* रबी पौडेल ,दक्षिण भारत पाण्डेचरी मानिसको आत्मा एउटै हुन्छ भन्थे तर फरक हुँदो रहेछ हेर ! तिमी अकासबाट उड्यौ म जमिनबाट गुडे तिमी एक्सिडेन्ट् भयौ म पनि एक्सिडेन्ट् भएँ तिमी अन्तर्राष्ट्रिय एयरपोर्टमा जलेर मर्याै म सिमलतालकाे लेदोले बगाउँदा त्रिशूली नदिमा डुबेर मरेँ तिमी दुई घण्टा नहुँदै भेटियौ म दुई हप्ता हुँदा पनि भेटिन सकिन् तिम्रो परिवारमा रुवाबासी छ मेरो परिवारमा पनि रुवाबासी छ तर , तिम्रो महँगो टिकट थियो त्यसैले तिमिलाई आत्मसम्मान मिल्याे आधा झन्डा झुकाइयो तर , म सस्तो टिकट लिएको थिएँ त्यसैले , सम्मान पाउन सकिन आँसु एउटै हुन्छ भन्थे तर ,,यहाँ आँसु पनि फरक फरक हुँदा…
27
Sep
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रवार र शनिवार राति ५६ जिल्लामा रात्रि बस चलाउन रोक लगाएको छ । विपद्का घटना बढ्न सक्ने भन्दै मनसुन पूर्व तयारी तथा प्रतिकार्य कमान्ड पोस्टले रातको समयमा असोज ११ र १२ गते रात्रिकालीन बस चलाउन नदिने निर्णय गरेको हो। बिहीबारदेखि आइतबारसम्म चार दिन भारी वर्षा एवं अति भारी मनसुनी वर्षा हुने मौसम विभागले जनाएको छ । प्राधिकरणले धान नकाट्ने, काटिसकेको भए तत्काल थन्काउने, तराई तथा मधेस क्षेत्रमा भुइँतालमा अन्नपात नराख्ने, पहिरो जोखिम भएका स्थानमा र नदी किनारा बस्तीमा उच्च सतर्कता अपनाउन र दाउरा निकाल्न तथा माछा मार्न नदी किनारामा नजाने सूचना…
27
Sep
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभालाई सम्बोधन गर्दै राष्ट्रसङ्घीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठुलो योगदानकर्ताका रूपमा नेपाल विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई थप वृद्धि गर्न तयार रहेको बताएका छन् । महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओलीले स्थानीय समय अनुसार बिहीबार साँझ ५:३० बजे महासभामा सम्बोधन गरेका हुन् । प्रधानमन्त्री ओलीले कसैलाई पनि पछाडि नपारी वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाको उन्नतिका लागि एकजुट हुन विश्व समुदायलाई आह्वान गरे । सशस्त्र द्वन्द्वपछि नेपालको शान्ति स्थापनाका प्रयासका आरोह अवरोहको व्याख्या गर्दै प्रधानमन्त्री ओलीले आफ्नो…