18
Jun
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले मस्यौदा गरेको ‘वहुबर्षे शिक्षा नीति’लाई सहभागितामूलक बनाउन असार ७ गते सुझाव सङ्कलन गर्ने कार्यक्रम आयोजना गर्ने भएको छ । राष्ट्रिय सभा गृहमा आयोजना हुने कार्यक्रममा सहभागी हुन अनलाइन फाराम भर्नु पर्नेछ । सहरी योजना आयोगका सदस्य इन्जिनियर शैलेन्द्र झाका अनुसार, समावेशिता र क्षेत्रगत प्रतिनिधित्व सुनिश्चित हुने गरी आवेदकहरूलाई एसएमएसमार्फत सहभागी हुन निमन्त्रणा गरिनेछ । नीति मस्यौदामाथि पृष्ठपोषण लिने क्रमको पहिलो चरणमा महानगरपालिकाका कार्यपालिका सदस्यहरू, विभागीय प्रमुखहरू, विद्यालय निरीक्षकहरू, विद्यालयका प्रधानाध्यापकहरू, स्रोत शिक्षकहरू, विद्यार्थी, शिक्षक (तहगत रूपमा) शिक्षा क्षेत्रका अगुवा, अभिभावकहरूसँग सुझाव लिइसकिएको छ । साना साना समूहमा गरिएका छलफल तथा कार्यशाला आयोजना गरेर पृष्ठपोषण लिइएको हो…