09
Aug
सञ्जय मिश्रा रौतहट २५ साउन। रौतहटको ईशनाथ नगरपालिका स्थित हिन्दु समुदायले मनाउने झण्डीमा सुरक्षार्थ ५०० भन्दा बढी प्रहरी परिचालन गरिएको छ। ईशनाथ- ७ घिउरा गाउँ स्थित हनुमान मन्दिरमा पूजा अर्चना पश्चात् झण्डी निकाल्ने क्रममा हिन्दु मुस्लिम बिच साम्प्रदायिक सद्भाव न बिग्रियोस् भनेर विशेष सजगता अपनाइएको हो। रौतहटका सिडिओ हिरालाल रेग्मी, नेपाल प्रहरीका एसपि दिलीप घिमिरे सशस्त्र प्रहरीका एसपि विक्रम हुमागाईँ स्वयं नेतृत्व गरेर विशेष सुरक्षाको लागि ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ। प्रत्येक वर्ष साउन पञ्चमी अर्थात् नाग पञ्चमीको दिन ईशनाथ ७ घिउरा गाउँ स्थित हनुमान मन्दिरमा पूजा अर्चना गरी बाजागाजा सहित त्यहाँ बाट झण्डी लिएर हजारौँको…