28
Aug
काठमाडौँ । आज साफ यू-२० च्याम्पियनसिपको फाइनल खेल हुँदै छ । फाइनल खेलमा नेपाल र बङ्गलादेश आमने सामने हुँदै छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने यो खेल अपराह्न २: ३० बजेदेखि हुने भएको छ ।लगातार भइरहेको वर्षाका कारण दशरथ रङ्गशाला खेल्न योग्य नभएपछि फाइनल खेल पनि एन्फा कम्प्लेक्समा नै हुने भएको एन्फाले जानकारी दिएको छ । नेपालले सेमिफाइनलमा भुटानलाई पेनाल्टी सुट आउटमा ४-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो । त्यस्तै बङ्गलादेशले भने सेमिफाइनलमा भारतलाई पेनाल्टी सुट आउटमा ४-३ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो । नेपाल र बंगालदेश यस प्रतियोगिताको एकै समूह ए मा रहेका थिए ।…