Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
2024 - Page 107 of 112 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

Year: 2024

वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा, एक करोड २५ लाख गैर कानुनी आर्जन गरेको आरोप

वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा, एक करोड २५ लाख गैर कानुनी आर्जन गरेको आरोप

काठमाडौँ, २३ पुस । डिभिजन वन कार्यालय, मकवानपुरका वन अधिकृत दीर्घ नारायण कोइरालाविरुद्ध गैर कानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीमाथि एक करोड २५ लाख रुपैयाँ गैर कानुनी रूपमा आर्जन गरेको अभियोग लगेको हो। २०४६ साल जेठदेखि सार्वजनिक पदमा पुगेका उनले यो अवधिमा ८१ लाख ८६ हजार रुपैयाँ मात्रै आर्जन गरेको तर दुई करोड ७ लाख रुपैयाँको सम्पत्ति भेटिएको अख्तियारको दाबी छ। अख्तियारले सम्पत्ति लुकाएको आरोपमा उनकी श्रीमती गीता पौडेल कोइरालाविरुद्ध पनि मुद्दा दायर गरेको छ।
Read More
नेपालमा पनि भेटियो कोरोनाको नयाँ भेरिएन्ट

नेपालमा पनि भेटियो कोरोनाको नयाँ भेरिएन्ट

काठमाडौँ, २३ पुस । कोभिड–१९ सङ्क्रमणको नयाँ सब भेरियन्ट जेएन.१ नेपालमा पनि भेटिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले  सोमबार विज्ञप्ति जारी गर्दै नयाँ सब भेरियन्ट जेएन.१ नेपालमा पनि फेला परेको जनाएको हो। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार  देशका विभिन्न भागहरूबाट विभिन्न उमेर समूहका व्यक्तिहरूबाट सङ्कलित १६ वटा नमुनाहरूको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला गरिएको जिन सिक्युन्सिङमा ७ जनामा नयाँ सब भेरियन्ट जेएन.१ पाइएको छ। मन्त्रालयले  सङ्क्रमणलाई मध्यनजर गर्दै प्रवेश बिन्दुका सम्पूर्ण हेल्थ डेस्कहरू, स्वास्थ्य कार्यालयहरूलाई आवश्यक स्क्रीनिङ र निगरानी निरन्तर गर्न आग्रह गरेको छ। सङ्क्रमणको फैलावट रोकथाम गर्नका लागि  जनस्वास्थ्यको मापदण्डहरू (भिडभाडमा नजान, भौतिक दुरी कायम गर्न, मास्कको प्रयोग गर्न, र…
Read More
ब्राजिलको प्रशिक्षक बने डोरिभल जुनियर

ब्राजिलको प्रशिक्षक बने डोरिभल जुनियर

काठमाडौँ । ब्राजिलले पूर्व खेलाडी एवम् हाल साओ पाओलो क्लबका प्रशिक्षक डोरिभल जुनियरलाई राष्ट्रिय फुटबल टिमको प्रशिक्षक नियुक्त गरेको छ । ब्राजिलियन फुटबल फेडेरेसनले शुक्रवार मात्र अन्तरिम प्रशिक्षक फेर्नानडो डिनिजलाई बर्खास्त गरेको थियो ।   ६१ वर्षीय डोरिभल गत अप्रिल देखि साओ पाओलोको प्रशिक्षक रहेका छन् । उनलाई २०२६ को विश्वकप सम्मका लागि प्रशिक्षक नियुक्त गरिएको छ । सन् २००२ देखि प्रशिक्षकको भूमिकामा रहेका डोरिभल ब्राजिलमा अनुभवी प्रशिक्षक मानिन्छन् ।   ब्राजिलले यस अघि हाल रियल म्याड्रिडका प्रशिक्षक रहेका इटालीका कार्लोस एन्सेलोटीलाई भित्र्याउने प्रयास गरे पनि उनले रियल म्याड्रिडमै आफ्नो सम्झौता लम्बाएपछि सो प्रयास असफल भएको थियो ।
Read More
नेकपा एसले टुङ्गायो राष्ट्रियसभा उम्मेदवार, बागमतीमा रिजाल तथा कर्णालीमा मल्ल

नेकपा एसले टुङ्गायो राष्ट्रियसभा उम्मेदवार, बागमतीमा रिजाल तथा कर्णालीमा मल्ल

काठमाडौँ, २३ पुस । आसन्न राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा एकीकृत समाजवादीले दुई जना उम्मेदवार टुङ्गाएको छ ।   नेकपा माओवादी नेतृत्वको सत्तारूढ गठबन्धनको भागबन्डामा परेको २ सिटमा नेकपा एसले उम्मेदवारी टुङ्ग्याएको हो ।   नेकपा एसका उपाध्यक्ष राजेन्द्र पाण्डेका अनुसार बागमती प्रदेशमा दलित क्लस्टर र कर्णाली प्रदेशमा महिला क्लस्टरमा उम्मेदवारी टुङ्गो लगाएर आज नै उम्मेदवारी दिन लागिएको हो । जसअनुसार बागमतीमा घनश्याम रिजाल विश्वकर्मा तथा कर्णाली प्रदेशमा सावित्री मल्ललाई उम्मेदवार बनाउने निर्णय गरेको उनले जानकारी दिए ।   नेकपा एसको सचिवालय बैठकले अध्यक्ष माधवकुमार नेपालसहित तीन जनालाई उम्मेदवार टुङ्गाउने जिम्मेवारी दिएको थियो ।
Read More
भारत र मोदी बिरूद्द सामाजिक सञ्जालमा आपत्तिजनक पोस्ट गर्ने मालदिभ्सका तीन मन्त्री पदमुक्त

भारत र मोदी बिरूद्द सामाजिक सञ्जालमा आपत्तिजनक पोस्ट गर्ने मालदिभ्सका तीन मन्त्री पदमुक्त

माले, २३ पुस । मालदिभ्स सरकारले आइतबार भारत र प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध सामाजिक सञ्जालमा आपत्तिजनक पोस्ट गर्ने तीन मन्त्रीलाई निलम्बन गरेको छ ।   निलम्बनमा परेका मन्त्रीहरूको नाम मरियम शिउना, मलशा सरिफ र महजुम माजिद रहेका छन् । सामाजिक सञ्जालमा सुरु भएको विवादका कारण भारतका मानिसहरूले मालदिभ्सको कडा आलोचना मात्र गरेनन्, आफ्नो भ्रमण पनि रद्द गरेका छन् ।   यसै क्रममा मालदिभ्स सरकारले एक विज्ञप्ति जारी गर्दै भनेको छ,  ‘विदेश मन्त्रालयले आज छिमेकी देश भारतको अपमान गर्ने सामाजिक सञ्जालमा केही पोस्टका सम्बन्धमा भारत सरकारको अडानबारे विज्ञप्ति जारी गरेको छ । सरकारी पदमा रहँदा सामाजिक सञ्जालमा यस्ता पोस्ट गर्नेलाई अब पदबाट…
Read More
राष्ट्रियसभा निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै

राष्ट्रियसभा निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै

काठमाडौँ, २३ पुस । राष्ट्रियसभा निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै छ ।   निर्वाचन आयोगले यसअघि सार्वजनिक गरेको निर्वाचन कार्य तालिका अनुसार आज उम्मेदवारी दर्ता हुन लागेको हो ।   कार्यालय समय अनुसार बिहान १० बजे देखी साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गरिसक्नु पर्ने निर्वाचन आयोगले जनाएको छ ।   फागुन २० गते रिक्त हुन गइरहेको २० जना राष्ट्रिय सभा सदस्यका लागि उक्त निर्वाचन हुन लागेको हो । सो दिन २० जना राष्ट्रियसभा सदस्यको पदावधि सकिने भएकाले १९ वटा पदका लागि सरकारले माघ ११ गते निर्वाचनको मिति घोषणा गरिसकेको छ । जसमध्ये एक १ रिक्त पद भने सरकारको सिफारिसमा…
Read More
यी हुन काँग्रेसका राष्ट्रियसभा उम्मेदवार, सिटौला देखी जीतजंगसम्म

यी हुन काँग्रेसका राष्ट्रियसभा उम्मेदवार, सिटौला देखी जीतजंगसम्म

काठमाडौँ, २३ पुस। नेपाली काँग्रेसले चरम आन्तरिक विवादका बिचमा राष्ट्रियसभाको उम्मेदवार चयन गरेको छ।   जसअनुसार नेपाली काँग्रेसले कृष्ण सिटौला देखि जीतजंग बस्नेतलाई समेटेर राष्ट्रियसभाको उम्मेदवार चयन गरेको हो । सत्तारूढ गठबन्धनमा भएको भागबन्डा अनुसार 10 सिट पाएको काँग्रेसले आज बिहान उम्मेदवार टुङ्गाएको हो ।   यस्ता छन् काँग्रेसको निर्णय:   केन्द्रीय कार्यसम्पादन समितिको बैठकको निर्णयहरू नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक पार्टी सभापति एवं पूर्व प्रधानमन्त्री श्री शेरबहादुर देउवाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा आज बस्यो । बैठकले देहाय बमोजिम निर्णय गरेको छ । (१) राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा १८…
Read More
राष्ट्रियसभा उम्मेदवार चयनमा गगन थापाको फरक मत

राष्ट्रियसभा उम्मेदवार चयनमा गगन थापाको फरक मत

काठमाडौँ, २३ पुस । हिजो बसेको नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिमा मुख्यतः सभापति शेरबहादुर देउवा र शेखर कोइराला समूह बिचमा लफडाबाजी नै परयो । त्यो लफडाबाजी यतिसम्म भयो कि कोइरालाले आफ्नो पक्षले ९ सिट मध्ये ४ सिट नपाए निर्णय प्रक्रियामा भाग नलिने भन्दै कोइराला बैठक नै छाडेर हिँडे । बैठक छाडेर हिँडेका कोइरालालाई मनाउनका लागि सभापति देउवालाई रातभर लाग्यो । र, बिहान झिसमिसेमा सत्तारूढ गठबन्धनको कोटामा पाएको १० सिटका लागि नाम टुङ्गियो र प्रेसलाई बिहान ६:२९ बजे मुख्यसचिव कृष्णप्रसाद पौडेलले इमेलमार्फत जानकारी गराए। तर, बिहान भएको निर्णयमा भने महामन्त्री गगन थापाले असन्तुष्टि जनाएका छन्। बहुमतको निर्णय मान्ने भन्दै उनले २…
Read More
विपिनको जन्मदिनमा उद्धारको माग गर्दै प्रदर्शन

विपिनको जन्मदिनमा उद्धारको माग गर्दै प्रदर्शन

काठमाडौँ, २२ पुस । इजरायल–हमास युद्धका क्रममा बेपत्ता कञ्चनपुरका विपिन जोशीको सकुशल उद्धारको माग गर्दै राजधानीमा प्रदर्शन गरिएको छ। आइतबार बेपत्ता जोशीका आफन्त तथा साथीभाइहरूले सकुशल उद्धारको माग गर्दै प्रदर्शन गरेका हुन्। ललितपुरको लगनखेलबाट सुरु गरिएको र्‍याली जावलखेल पुगेर कोण सभामा परिणत भएको थियो।
Read More